Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

हालै भएको बस दुर्घटना र चालकहरुको लापरबाहीका कारणले धेरै जसो दुर्घटना हुने गरेको पुलिसको रिपोर्टको प्रतिक्रिया स्वरुप ‘नागरिक’ दैनिकका कार्टुनिस्ट राजेश केसीले एक कार्टुन बनाएका थिए । बस चालकहरुको लापरबाहीका कारण यी बसहरुनै स्वर्ग जाने द्वार भएको आशयमा ‘स्वर्गद्वारी यातायात’ नामको बस देखाइएकोमा सोही नाम गरेको यातायात समितिले खेद प्रकट गरेको छ ।

राजेश केसीले फेसबुकमा पोस्ट गरे अनुसार उनीलाई तेस्तो नाम गरेको यातायात पनि होला भन्ने पनि थाहा नभएको बताएका छन् । हेर्नुहोस कार्टुन:

bus_accidents_cartoon

बस ब्याबसायी समितिको चिठीको प्रतिउत्तरमा राजेश केसीको प्रतिक्रिया (अंग्रेजीमा):

i_didnt_know_phalano

खेद प्रकट गरिएको चिठी यस प्रकार रहेको छ:

Continue reading »

Incoming search terms:

 

निमिष दूबेले ‘इकोनांमिक टाइम्स’ को लागि मे १७ मा लेखेको (नेपालीले जस्तै अन्य सोर्स बाट नचोरेको भए) एक लेख हुबहु उल्था गरेर नेपालको राष्ट्रिय दैनिक ‘नागरिक’ मा छापिएको फेला परेको छ ।  हिन्दी पत्रिकामा छापिएको एक महिना पछि नेपाली पत्रिकामा लेखको नाम र स्रोत समेत उल्लेख नगरी छापिएको देखे पछि ब्लगर दिलीप आचार्यले यो जानकारी फेसबुकमा दिएका थिए।  त्यस पछि के भयो तलको दिलीपजीको कमेन्टले प्रष्ट पार्छ।

dilip_acharya

यस्तै गरेर कपी पेस्ट गरेको आरोपमा कान्तिपुर बाट एक पत्रकार निष्कासित हुनु परेको धेरै समय नहुदै नाम उल्लेक नगरी अरुको लेख सार्ने काम गर्ने नागरिककर्मी माथि कारबाही होला त?

"काठमाडौं, जेठ ३२- " भनेर शुरु गरिएको समाचार जस्तो देखिने लेख हिन्दीबाट हुबहु सारिएको होला भन्ने अनुसन्धान गर्ने दिलीपजीमा साधुबाद !

nagarik_copy_economics_article_from_kathmandu

© 2012 नेपाली गफ A part of xNepali.com network