नगमा श्रेष्ठ वर्ल्ड मिस युनिभर्सिटि सुन्दरि प्रतियोगितामा चौथो भइन

वर्ल्ड मिस युनिभर्सिटी–२०१६ नेपालको प्रतिनिधि भएर सहभागि भएकि सुन्दरि नगमा श्रेष्ठ चौथो स्थानमा पुगेर थर्ड रनर्सअपको टाइटल जित्न सफल भएकि छिन् । नग्माले थर्ड रनर्सअपसहित मिस फिटनेसको एवार्ड पनि जितेकि छिन् । यहि २७ जनवरिमा चिनको राजधानि बेइजिङको बेइजिङ नेसनल स्टेडियममा सम्पन्न २७ औं संस्करणको वल्र्ड मिस युनिभर्सिटी २०१६ मा पेरुकि केलिन रिभेरा क्रलले मुख्य उपाधि जितेकी छिन। तेस्तै, पाकिस्तानकि एन्जेलिका रुब्लेभस्का फस्ट रनर्सअप भइन भने चिनकि हि ज्वान सेकेन्ड रनर्सअप घोषित भएकि छिन ।

भिडियो रिपोर्ट :

nagma shrestha in world miss university 2016

वर्ल्ड मिस युनिभर्सिटी सुन्दरि प्रतियोगिताको बारेमा

वल्र्ड मिस युनिभर्सिटी सन् १९८६ मा दक्षिण कोरियामा शुरु भएको सुन्दरि प्रतियोगिता हो । यस् प्रतियोगितामा यस् अघि आयुशा श्रेष्ठ, उषा रजक, आयुशा कार्की र प्रियंका पोखरेलले सहभागिता जनाएका थिए । ति मध्ये, आयुशा श्रेष्ठले ले त सन् २००३ मा वल्र्ड मिस युनिभर्सिटीको मुख्य उपाधि नै जितेर नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा जित्ने सुन्दरि हुन सफल भएकि थिइन ।

 Continue reading

नग्मा श्रेष्ठ वर्ल्ड मिस युनिभर्सिटि २०१६ मा भाग लिंदै

नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड मिस युनिभर्सिटि २०१६ मा नेपालि मोडल नग्मा श्रेष्ठले भाग लिइरहेकि छिन । नग्मा यहि पौष २७ गते (जनवरि ११, २०१६) मा २७औं वर्ल्ड मिस युनिभर्सिटिमा भाग लिन चाइना गएकि हुन । बिश्व भरका करिव ७० प्रतिश्पर्धिले भाग लिएको सो प्रतियोगिताको अन्तिम प्रतिश्पर्धा माघ १३ (जनवरि २७)मा हुँदै छ । सो प्रतियोगितालाइ सिसिटिभिले प्रत्यक्ष प्रशारण गर्ने पनि कार्यक्रम रहेको छ ।

भिडियो रिपोर्ट:

नग्मा श्रेष्ठ सन २०१२ को मिस नेपालकि पहिलो रनर अप भएर मिस अर्थ २०१२ मा नेपालको प्रतिनिधित्व गरेर भाग लिएकि सुन्दरि हुन । उनि मिस अर्थमा उत्क्रिष्ट ८ को सुचिमा ७औं नम्बरमा पुग्न पनि सफल भएर नेपालि प्रतिश्पर्धिहरुमा नयाँ रेकर्ड कायम गरेकि थिइन । सो अबसरमा उनले चित्रकलामा पनि दोश्रो भएर रजत पदक प्राप्त गर्न सफल भएकि थिइन ।

 Continue reading