Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

ग्राफिक डिजाइनर आनन्द महर्जनले नेपाली फिल्म ‘छड्के’को पोस्टर कम्पिटिसनमा उत्कृस्ट पोस्टर डिजाइन गरे पहिलो भएका छन् । नेपाली फिल्म जगतमा यो यस खालको नयाँ शुरुवातले बिदेशी सिनेमा बाट पोस्टर कन्सेप्ट र पुरै पोस्टर नै चोर्ने प्रवृतिमा कमी आउने आशा गर्न सकिन्छ ।

‘छड्के’मा नम्रता श्रेष्ठको मुख्य भूमिका हुने खबर त हामीले पहिले नै लेखेका थियौं । नम्रताको साथ साथै सो फिल्ममा अन्य कलाकार जस्तै सौगात मल्ल, दयाहाङ राई, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अर्पण थापा, रविन तामाङ आदिको पनि मुख्य भूमिका हुने बताइएको छ । ‘छड्के’लाइ निगम श्रेष्ठले निर्देशन गर्ने छन् ।

नेपाली फिल्मको पोस्टर चोरी र पोस्टर कम्पिटिसनको बिषयमा लिंकबाट पुगिने अंग्रेजी लेखमा बिस्तृत बिबरण दिइएको छ ।

Incoming search terms:

 

miss_u_logoयो शुक्रबार, २०६८ फाल्गुन ५, नेपाली रजतपटमा  तीन नेपाली सिनेमाहरु रिलिज भए । ती भिन्न भिन्न कथाबस्तुका सिनेमा मध्ये, दिलीप रायमाझीको "मिस यू" ले अलिक बढी नै प्रचार प्रसार पायो । नयाँ पुस्ताका फिल्म मेकरहरुले बनाएको र युबा पुस्तालाई नै भनेर बनाइएको यस फिल्ममा नम्रता श्रेष्ठ  दिलीप रायमाझी र बरुण राणाको  मुख्य भूमिका रहेको छ । निर्देशक शुरेश दर्पणले राम्रो फिल्म बनाए पनि बरुण राणा रोल फितलो भएको र फिल्ममा कौतुहलताको कमी भएको हुनाले फिल्म त्यति राम्रो नबनेको (लिंक, अंग्रेजी लेख) हाम्रा फिल्म समीक्षक रौनक निरौला बताउछन ।

नम्रता श्रेष्ठको कमब्याक फिल्मको रुपमा हेरिएको "मिस यू" का प्रमोशन कार्यक्रममा नै नम्रता नगईदिनाले ती कार्यक्रममा नम्रताको अभाब खड्किएको थियो । नम्रता "मिस यू"का कुनै पनि कार्यक्रममा नदेखिनुको कारण बारेमा दिलीप रायमाझीले झारा टार्ने हिसाबले यस्तो उत्तर दिए:

उहाँको व्यवस्ताका कारण पनि हुन सक्छ तर कतिपय इभेन्टमा हामीले नै बोलाएका छैनौं । चलचित्र सुटिङका क्रममा केही गलत बुझाइहरू हुन सक्छन तर त्यो कुरालाई लिएर बसिरहनु पनि हुँदैन । यो उहाँको कुरा हो ।

उनीहरु भित्रको भित्री कुरा त उनीहरुनै जानुन, तर कसैसंग रिस उठ्यो भनेर फिल्मका दर्शकहरुलाई कुनै पनि पक्षले हेलाँ गर्नव नहुने हो।

Miss_U_posters_6

हल्ला चले अनुसार नम्रता र दिलीप रायमाझी बीचमा खिचिएको बेडसिनको विषयमा नम्रतालाइ चित्त बुझेको थिएन । बिबादको कारण अर्कै एकजना केटीसँगको बेडसिनको दृश्यलाई नम्रताको दृश्यमा जोडिएको थियो, तर नम्रताले बिरोध गरे पछि फेरी उनकै बेडसिन राखिएको बताइएको छ ।

हल्ला साँचो हो भने, यसरी केटाकेटी खेलेको जस्तो एउटा सिनको लागि झगडा गरेर फिल्मको प्रमोसन नै नगर्नु कतिको जायज होला?

 

राम्रो अभिनय गर्न सक्ने भनेर ख्याती कमाएकी नेपाली नायिका नम्रता श्रेष्ठ केही समय सुस्ताए पनि अबका दिनहरुमा फेरी सक्रिय हुन् थालेको आभास हुन्छ । अहिले सम्म जम्मा दुइवटा मात्र चलचित्र रिलिज भएकोमा दुवै ‘सानो संसार’ र ‘मेरो एउटा साथी छ’ लाइ दर्शकले मन पराएका थिए ।  ‘मेरो एउटा साथी छ’ को रिलिजको को लगत्तै सार्बजनिक भएको उनको यौन भिडियो काण्ड पछि नम्रता केही समय त सार्बजनिक हुन नै चाहिनन । सो घटनाको करिब एक बर्ष पछि लागु पदार्थ दुर्व्यसनी एकता महतको बारेमा भन्ने फिल्ममा खेल्ने कुरा चले पनि सो फिल्मको हल्ला हल्लामा मात्रै सिमित रह्यो र त्यसको एक बर्ष पछि उनले अर्को चलचित्र, "मिस यु" साइन गरिन ।

namrata Shrestha

एक पटकमा एउटा भन्दा बढी फिल्म नखेल्ने र स्क्रिप्ट मन नपारी फिल्म साइन नै नगर्ने नम्रताले दुइ बर्ष  अघाडी नै खेल्ने भनेको फिल्म "मिस यु" यहि भ्यालेन्टाइनको समय पारेर रिलिज हुदै छ । यस बीचमा उनले एउटा अंग्रेजी नाटक ‘ओलियना’ पनि खेलेकी थिईन जसमा उनको काम प्रशंसनीय नै रहेको बताएइएको थियो।

चलचित्र ‘मिस यु’ को रिलिजको संघारमा जति धेरै मिडियामा समाचार बन्यो त्यति नै फिल्मको सित्तैमा प्रचार हुने र साथै नयाँ काम पनि शुरु गर्ने समय भएको हुनाले पनि नम्रताको बारेमा आजकाल बढी सुनिन थालेको हुन् सक्छ। यसै बीच नम्रताले अभिनय गर्ने चौथो सिनेमा ‘छड्के’ हुने खबर आएको छ। यही चैतबाट सुटिङ हुने लगभग पक्का भएको यस फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्ने छन् ।

एक्सन कथाबस्तुमा बन्न लागेको ‘छड्के’ को तयारीको लागि नम्रताले मार्सल आर्टको तालिम पनि लिने भएकी छिन । ‘छड्के’ मा नम्रताका साथ साथै अहिले चर्चामा रहेको चलचित्र ‘लुट’का कलाकार सौगात मल्ल र दयाह्याङ राई पनि खेल्ने भएका छन् ।

Incoming search terms:

 

namrata_shrestha_2अघिल्लो हप्ता सुन्दर नायिका नम्रता श्रेष्ठसंग सक्षात्कार् हुने सुनौलो अवसर पाएँ | त्यो अवसर त्रिविको शैक्षिक नाटकको दर्शक बन्ने क्रममा मिलेको थियो | "ओलिएना" नामको उक्त नाटकका कलाकारहरु उनी लगायत अनुप बराल,दिया मास्के इत्यादी थिए | सेलिब्रेटीहरु भन्नाले हामी जस्तै तर अलि बढी प्रतिभाशाली र त्यसको प्रदर्शन पहुँच भएका व्यक्तिहरु हुन् भन्ने सोच्दा सोच्दै एउटा साधारण दर्शक मन उनीहरुको उपस्थितिमा त्यसै त्यसै आकर्षित अनि अचम्भित बन्दो रहेछ | अझ नम्रता त मेरो नजरकी नेपाली सिने जगतकै अत्यन्त सुन्दर नायिका, उनी प्रति म हुरुक्कै हुनु स्वाभाविक नै हो |

म्युजिक भिडियोको सुरुवाती दिनहरुमै मलाई उनी सारै राम्री लाग्ने, उनले अभिनय गरेको फिल्म "सानो संसार" र "मेरो एउटा साथी छ " हेरे पश्चात त झनै उनको सुन्दरता, अभिनय, नृत्य कौशलताले  मेरो मनै लोभ्यायो | उनको जीवनमा आएको तीता आरोह अबरोहलाई जुन आत्मविश्वास र साहसका पार गरिन् त्यसपछि म अझ एउटी नारीको हैसियतमा उनको कदर गर्ने नै भएँ |

oleanna_namrata

त्यस दिन अचानक दर्शकदीर्घाको एउटा कुनामा (त्यही मेरो टिकट परेको रहेछ|) उनलाई देख्दा म अवाक् भएकी थिएँ | खुसीको सिमा नै रहेन | पर्दामा देखिए भन्दा अलिक बढी नै राम्री पनि लागिन् मलाई उनी | मलाई उनीसंग भलाकुसारी गर्ने मन भो तर, उनको दायाँ बायाँ हेर्ने र त्यहाँको माहौल बुझ्ने तत्परता कम देखे पछी म केहि हच्किए | यधपी, कलाकार हुन् हामीले उनीहरुको काम नहेरिदिए, इज्जत र माया नदिए कसरी उनीहरुको हौसला बढ्छ त भन्ने सोचाइले मैले सुटुक्क उनीसंग अटोग्राफको लागी अनुरोध गरें | आखिर कलाकार र उनको फ्यानबीच संचार गर्ने अरु बाटो नै के पो छ र ?

तर बिडम्बना, मेरो यो प्रयास असफल भयो |

अब यस्तो परिस्थितिमा कस्तो महशुस हुन्छ हामी आफै बिचार गरौ त ! साच्चैं भन्नु पर्दा मलाई आत्मग्लानी भयो | व्यर्थै अटोग्राफ मागी टोपलेछु भन्ने पश्चाताप पनि | खैर, जे होस् उनी नाटककै रिहर्शलको क्रममा भएकीले होला भन्ने अनुमान गरी चित्त बुझाएँ | यधपी, मलाई आज पनि उनी त्यत्तिकै सुन्दर लाग्छिन | अनि उनको फिल्म,म्युजिक भिडियो पनि म उत्तिकै मग्न भएर हेर्नेछु |

namrata_shrestha_bell

अँ,यो घटना पछी भने नेपाली सेलिब्रेटीहरुको मानसिकता बारे मलाई आफ्नो दिमागले भ्याएसम्म सोच्न मन लाग्यो | म कुनै रंग पत्रकार त हैन जसको ठुला स्टारहरुसंग राम्रो सम्बन्ध होस् | म त एक सामान्य दर्शक र एक आमनागरिक हूँ जो नेपाली कलाजगत अन्य जत्तिकै माथि उठोस् भन्ने चाहन्छ, जसले कहिलेकाही सुटिंगस्पट र त्यस्तै कार्यक्रम देखि बाहेक स्टारहरुलाई काँचको पर्दामा मात्र देखेको छ | तैपनि कलाजगतको पक्षहरुप्रति बढी नै चासो राख्ने हुनाले यस्ता कुराहरु सोच्न अभिप्रेरित हुन मन लाग्यो अनि लाग्यो कतै यस्तै साना तिना कुराहरुले नै  हाम्रा सेलिब्रेटीको क्रेजलाई घटाई रहेका छैनन् ?

Continue reading »

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network