निशा पछि अब नन्दिता पनि अमेरिका उड्ने

नोट – यो लेखमा  ‘सजिलो नेपालि’ प्रयोगको लागि सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।

अभिनेत्रि निशा अधिकारि सुटुक्क अमेरिकातर्फ लागेको खबर बाहिरिने बित्तिकै अर्कि अभिनेत्रि, नन्दिता केसि पनि अमेरिका जाने भएकि छिन् । हालै अमेरिकाको भिषा लागे पछि नन्दिता दुइ महिनाको लागि भनेर अमेरिका जाने भएकि हुन । नन्दितालाइ अमेरिकाले दिएको मल्टिपल भिसा उनले दोश्रो प्रयासमा प्राप्त गरेको बताइएको छ।

भिडियो समाचार:

nandita kC

जुनको अन्तिममा अमेरिकामा पुगेर त्यहाँ आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन लागेकि नन्दिताको अमेरिका बसाइ दुइ महिना मात्र हुन्छ कि सो भन्दा बढि हुन्छ भन्न सजिलो छैन । किनकि, सपनाको देश पनि भनिने अमेरिका जान नेपाली कलाकारका मरिहत्य नै गर्दछन । अमेरिका जानु भनेको अभिनय करिअरकै सवैभन्दा ठूलो कार्य जस्तो ठान्ने नेपालि कलाकारहरु धेरै छन । धेरै कलाकारहरु अमेरिका पुगे पछि त्यहिको ग्रिन कार्डको लागि निबेदन दिएर बस्ने गरेका धेरै उदाहरणहरु छन्।  Continue reading

नेपाली अभिनेत्री नन्दिता केसीको परिचय

नन्दिता केसीका फिल्महरू यहाँ हेर्न सकिन्छ

नेपाली अभिनेत्री नन्दिता केसीको असली नाम शोभा के.सी. हो । इन्द्रेणी चलचित्रबाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएकी नन्दिताले फिल्म क्षेत्र्मा प्रबेश गर्नुअघि नै आफ्नो नाम शोभाबाट नन्दिता राखेकी थिइन् । फिल्म लाइनमा प्रवेश गर्न लाग्दा शोभा नामले आधुनिकता नदिएपछि उन्ले नाम परिवर्तन गरेर नन्दिता राखेकी हुन् । अभिनेत्री हुनु भन्दा पहिले उनी नर्स हुने सोचमा थिइन । नायिका नभएर नर्स भएको भए नन्दिताको नाम शोभा नै हुनेथियो । अर्घाखाँचीबाट उच्च शिक्षाका लागि काठमाडौं आएकी नन्दिताको पहिलो म्युजिक भिडियो ‘सान्नानी’ थियो भने पहिलो टेली चलचित्र ‘दर्शन जिन्दगीको’ थियो ।

नन्दिताको जीवनी र उनका राम्रा र नराम्रा बानीहरुको बारेमा भिडियो रिपोर्ट:

नन्दिताले सानै उमेरदेखि नै राम्रो डान्स गर्ने भए पनि उनलाई फिल्ममा अभिनय नै गर्ने सोच भने थिएन । १२ सम्मको अध्ययन पूरा गरेपछि स्टाफ नर्स बन्ने प्लान गरेकी नन्दितालाई बुटवलमा बनेको एउटा लोकल भिडियो फिल्म “यो कस्तो माया”मा काम गर्ने अफर आयो । त्यो फिल्ममा काम गरे पछि उनि काठमाडौं गएर, नृत्य सिक्न शुरु गरिन । नृत्य सिक्दै गर्दा नै उनले चलचित्र इन्द्रेणीमा नायिकाका रूपमा काम गर्ने अवसर प्राप्त गरिन । पहिलो फिल्मको सफलता संगै नन्दिताले एउटी राम्री अभिनेत्रीको रुपमा नेपाली फिल्म क्षेत्रमा जम्न सफल भइन ।

 Continue reading

शुष्मा कार्कीको कामूक आइटम डान्स (प्रतिबन्धित)

यौनजन्य फिल्मको बाढी आइरहेको बेलामा ‘जिन्दगानी दर्पणछायाँ’ मा आइटम डान्सर सुष्मा कार्कीको कामुक नृत्यलाइ राष्ट्रिय संचारमाध्यमहरुले बाढीनै कामुक भएको भनेर प्रतिवन्ध लगाएका थिए ।  नेपाल टेलिभिजनले अश्लिल भन्दै प्रसारणमा रोक लगाएको भए पनि यस भिडियोलाइ अनलाइनमा हेर्न सकिन्छ । गायिका पुष्पा पौडेलको स्वर रहेको ‘यति यति पानी गंगै रानी….’बोलको गीतमा गरेको उत्तेजक नृत्य यस लेखको अन्त्यमा पनि हेर्न सकिन्छ  । चलचित्र ‘लूट’को आइटम डान्सबाट स्थापित शुष्माको आइटम डान्सर छबी यस फिल्मको डान्सबाट अझ मजबुत हुने लक्षण देखिन्छ ।

sushma_item_dance_jindagani_Darpan_chhaya

‘जिन्दगानी’ र ‘दर्पणछायाँ’ नाम गरेका दुई सुपरहिट फिल्मको नाम मिलाएर निर्माता रोहित पुरीले चलचित्र ‘जिन्दगानी दर्पणछायाँ’ बनाएका छन् । तर निर्माता रोहितले भने ‘जिन्दगानी दर्पणछायाँ’ भिन्न प्रकृतिको भएको बताएका छन् ।  यही जेठ २६ गते काठमाडौंभित्र रिलिज गरेर त्यस पछि असार ८ गते मोफसलका हलमा रिलिज गर्ने तयारी गरिएको यो सिनेमाको बारेमा पत्रकारलाई जानकारी दिने उद्देश्यले गरिएको प्रत्रकार सम्मेलनमा फिल्मी कलाकारहरु भने उपस्थित थिएनन ।

दिलीप रायमाझी र नन्दिता केसीको मुख्य भूमिका रहेको यस फिल्म मनिष पन्थको लेखन र निर्देशन रहेको छ ।निर्देशक मनिषका अनुसार फिल्ममा अश्लिल दृश्य नराखिएकोले सपरिवार हेर्न मिल्ने बनेको छ । नारायणहिटी संग्रालयमा छायांकन गरिएको पहिलो फिल्म भनेर प्रचार पनि गरिएको यस फिल्मको एक गीत सो एतिहासिक स्थान मा छायांकन गरिएको हो । आजकल कामुकताको राम्रो ब्यापार भएर होला यस फिल्मको एक पोस्टरमा फिल्मकी नायिका नन्दितालाइ भन्दा पनि आइटम डान्सर शुष्मालाइ बाढी महत्वका साथ प्रस्तुत गरिएको छ ।

jindagani_Darpan_chhaya_poster

शुष्माको आइटम डान्सको भिडियो तल प्रस्तुत छ:

भुवन केसीलाई भ्यालेन्टाइनको वास्ता लाग्दैन रे

bhuwan_KC"बिचरा" नै भन्नु पर्ला भुवन केसीलाई त । दोश्रो बिवाहको अन्त्य गरेर तेश्रो बिबाह गर्ने तयारी गर्दै गरेका भुवनले भ्यालेन्टाइन डेको वास्ता लाग्दैन भन्नु र लोक कथामा ब्वासोले ‘अंगुर अमिलो छ’ भन्नु उस्तै होइन र?

नयाँ पत्रिका दैनिकसंग कुरा गर्दै भुवन केसीले आफुलाई प्रेम दिवसको त्यति वास्ता नलाग्ने कुरा बताएका हुन । "युवावस्थामा त मनाइएन, अब के मनाउनु," भन्दै बुढेसकाल लागेको संकेत गर्दै भुवनले ‘भ्यालेन्टाइन्स डे’ को उपहारका रूपमा आफ्नो फिल्म "साथी म तिम्रो" चाहिँ प्रस्तुत गर्ने बताए:

यसपटक म सबै कुरा छाडेर यही १९ गते रिलिज हुने ‘साथी म तिम्रो’ को प्रमोसनमा लागेको छु । मायाप्रेम, घरपरिवार सब छाडेर यो फिल्म हिट बनाइछाड्ने मेरो अठोट छ । मेरो फिल्मले नेपाली फिल्मको अहिलेको बादल हटाउँछ भन्ने आशा छ । ‘पब्लिसिटी’ गर्नैपर्‍यो, धेरैभन्दा धेरै हलमा प्रदर्शन गर्नैपर्‍यो । फेरि म ‘भ्यालेन्टाइन्स डे’ जस्ता विदेशी संस्कृतिको पक्षमा पनि छैन । युवावस्थामा त मनाइएन, अब के मनाउनु ? तैपनि दर्शकलाई भने ‘भ्यालेन्टाइन्स डे’ को उपहारका रूपमा मेरो फिल्म प्रस्तुत गर्न चाहन्छु ।

अन्य कलाकारले प्रेम दिवसको बारेमा के भने त:

नायिका रेखा थापाका लागि हरेक दिन भ्यालेन्टाइन्स डे जस्तै हो रे। “मलाई माया गर्ने लाखौँ दर्शक छन्, उनीहरूको माया नै मेरा लागि गिफ्ट हो” भन्दै रेखाले “हरेक दिनलाई प्रेममय बनाउनुपर्छ” भनेर सुझाब दिईन । तेस्तै, नायिका रेजिना उप्रेतीलाइ ब्वाइफ्रेण्ड नभए पनि भ्यालेन्टाइन्स डे मनपर्छ रे ।

नायिका नन्दिता केसी चाहिँ भ्यालेन्टाइन्स डे “बिहेपछि मात्रै मनाउँला” भनेर बसेकी छिन र आफ्नो भ्यालेन्टाइन्सका बारेमा अहिलेसम्म सोचेकी छैनन रे ।