करिष्माले प्रदिप गिरिलाइ डा. प्रदिप भट्टराइ भने पछि .. (भिडियो सहित)

घोषणा गर्न रंगशालमा आयोजित कार्यक्रममा पार्टिकि केन्द्रिय सदस्य समेत रहेकि अभिनेत्रि करिष्मा मानन्धरलाइ कार्यक्रमको संचालनको जिम्मा दिइएको थियो ।

करिश्माले उद्घोषणको क्रममा गरेका गल्तिका कारण उनि हाँसोको पात्र पनि बनेकि थिइन ।

करिश्माले उपस्थित पाहुनाहरुको नाम गलत उच्चारण गर्दा माफि समेत माग्नु परेको थियो । सदाबहार नायिकाको उपमा पाएकि करिष्माले कसरि उदघोष गरिन त — प्रस्तुत छ उनको उदघोषणका उदाहरणहरु ।

https://www.youtube.com/watch?v=3bFeJhACNwg

galti karishma manandhar pradeep giri

प्रम केपि ओलि, शेरबहादुर देउवा र कृष्णबहादुर महराले के भने नयाँ शक्ति नेपाललाइ ?

जेठ ३० गते आइतबार दशरथ रंगशालामा पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराइले आफ्नै संयोजकत्वमा एक नयाँ पार्टि “नयाँ शक्ति नेपाल” घोषणा गरे।

नेकपा माओबादि भन्दा फरक स्वरुप दिन खोजिएको पार्टिको घोषणा समारोहमा प्रधानमन्त्रि एवम नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि ले पनि सम्बोधन गरेका थिए । तेस्तै, नेपालि काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादि केन्द्रका नेता कृष्णबहादुर महरा ले पनि नयाँ पार्टिलाइ शुभकामना दिएका थिए । अन्य उपस्थित हरुमा राप्रपा नेपालका सुशिल श्रेष्ठ, राप्रपाका सुनिलबहादुर थापा, संघिय समाजवादि फोरम नेपालका राजेन्द्र श्रेष्ठ, भारतिय नेता डिपि त्रिपाठि, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षित आदि थिए ।
 Continue reading

नयाँ शक्तिको उदय बावुराम भट्टराइको नयाँ पार्टि

पुर्व प्रधानमन्त्रि बावुराम भट्टराइले संयोजन गरेको नयाँ पार्टिको अहिले घोषणा हुँदै छ दशरथ रङ्गशालामा । नयाँ पार्टि नयाँ शक्ति नेपालको उद्घाटन अघि राजधानीका चार स्थानबाट पदयात्रा गरिएको थियो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=tKEePKBn3B4
 Continue reading

बाबुराम बुढेसकालमा पोइला गए, देशद्रोह गरे रे, प्रचण्डले भनेको

बाबुराम भट्टराइले एकिकृत माओवादि पार्टि छोडेको रिस प्रचण्डले विभिन्न उपमाहरु दिएर पोखेका छन यहि सोमवार भएको पार्टिको काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलामा । प्रचण्डको सम्बोधनमा समावेस केहि मुद्दाहरु निम्न छन् :

  • बाबुराम भट्टराइले गठन गर्न लागेको नयाँ शक्ति पार्टिमा करिश्मालाइ समावेश गरेको कुरालाइ उनले प्रचण्डले करिश्मालाइ मनपराउने भनेर हल्ला चलाएको पुरानो कुरासंग जोडेर चर्चा गरे
  • उनले “यत्रो पढेको मान्छेको बुद्धि अहिले आएर के भएको होला?” भनेर प्रश्न पनि गरे
  • बाबुरामले कम्युनिष्ट सिद्धान्तलाइ छोडेकोमा दुख ब्यक्त गरे
  • उनले भने “कम्युनिस्टहरुलाई यसरी एकताबद्ध गर्दै जानुपर्छ कि बाबुरामलाई पनि ‘ओहो, गल्ती भएछ’ भन्ने लागोस्।”

 Continue reading

नयाँ शक्ति नामको फिल्म बनेमा कस्तो बन्ला? (प्यारोडि ट्रेलर सहित)

पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराइले नेकपा एमाओबादि पार्टि छोडेर नयाँ पार्टि खोल्ने तयारि गरिरहेका छन्।  यसैको प्रारुपको रुपमा उनले आइतबार ३५ सदस्यिय केन्द्रिय परिषद सार्बजनिक गरे । उनको नयाँ पार्टि र राजनितिको बारेमा मलाइ कुनै जानकारि वा चासो छैन तर राजनितिको कुनै अनुभव नभएका अभिनेता र अभिनेत्रिलाइ केन्द्रिय परिषदमा राखेर सस्तो प्रचार मात्र गर्न लागेका हुन कि भन्ने लागेर उनको प्रचारमा सहयोगि होस भनेर यो प्यारोडि तयार गरेको छु।

हेर्नुहोस प्यारोडि ट्रेलर

“नयाँ शक्ति” नामको फिल्म बाबुराम भट्टराइले प्रस्तुत गरेमा कस्तो बन्ला भन्ने ट्रेलरले देखाएको छ । पोस्टर सायद यस्तो होला :

naya shakti poster

मैले यस नयाँ फिलिममा हिरो मा बाबुराम भट्टाराइ, हिरोइनमा करिश्मा मानन्धर, साइड हिरोमा सरोज खनाल र भिलेनमा अशोक शर्मा लाइ प्रस्तावित गरे पनि  साथिहरुले ट्विटरमा अझ राम्रो प्रस्ताव गर्नु भएको छ ।

 Continue reading