बलिउड अभिनेत्रि सन्नि लियोनि यहि शनिवार बेलुका आफ्ना पति डेनियल वेभरका साथ काठमाडौं आएर एक क्यासिनोमा नृत्य गरेकि थिइन भने अन्य औपचारिक कार्यक्रमा उपस्थित भएको खबर छैन । काठमाडौं स्थित क्यासिनो मजोङमा उनले बलिउडका आइटम गितमा बोल्ड डान्स प्रस्तुत गरेकि थिइन (सो कार्यक्रमका फोटोहरु अंग्रेजि ब्लगमा) ।
उनि ब्रान्ड एम्बेसडर रहेको जिङ्क भोड्काले सन्नीलाई काठमाडौं ल्याएको थियो । यस अघि अनुमान गरेको जस्तो सन्निले भोडकाको प्रचार प्रसार नगरि भारत फर्केकि छिन् ।
भिडियो रिपोर्ट:
श्रोतहरुका अनुसार भारतिया नाकाबन्दि र त्यसको प्रभावका कारण पनि सन्निले पुर्वनिर्धारित कार्यक्रमहरुमा कटौति गर्नु परेको थियो । यस अघि सन्निले एक फेसन सो मा भाग लिने र जिंग भोडकाको औपचारिक लंच गर्ने कार्यक्रम पनि थियो । दशैं तिहार देखि नै भारतिय नाकाबन्दि का कारण तेल, औषधि र खाना पकाउने ग्यास को आयात बन्द गरेको बेलमा भारतकि अभिनेत्रिले रक्सि को लंच गर्नु हास्यास्पद र प्रत्युत्पादक हुने आशंकाले पनि ति कार्यक्रम हरु क्यान्सिल गरिएको हुन सक्ने सम्भावना देखिन्छ । पुर्वनिर्धारित कार्यक्रमहरुमा कटौति गरेर होला, उनको नेपाल भ्रमण छोटो र खल्लो भएको उनका फ्यानहरुले प्रतिक्रिया दिएका छन् |