भदौमा फिल्मको बाढि

बैशाख १२को भुकम्पका कारण रोकिएको नेपालि चलचित्रहरुको रिलिज आषाढ दोश्रो हप्तासम्म पनि खुल्न सकेको छैन। केहि पुराना फिल्महरु रिलिज गरिए पनि ति चलचित्रले दर्शक नपाएर छोटो समयमा नै हलबाट उतार्नु परेको थियो भने नयाँ फिल्महरु चाँहि अहिलेसम्म रिलिज गरिएका छैनन्। श्रावणमा पनि अहिले सम्म  श्रावण २२ मा प्रदर्शन हुने ‘सपना तिमो मेरो’ को मात्रै रिलिज निश्चित गरिएको अबस्था छ । तेसैले, अहिले सम्म प्रदर्शन गर्न नपाएर रोकिएका चलचित्रहरु भाद्र महिनामा भने जुध्ने सम्भावना देखिएको छ।

अडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=ITX8f0ivwGk

अहिलेसम्मको रिलिज क्यालेण्डर अनुसार, भाद्र महिनाका नयाँ फिल्म निम्न छन्:

भाद्र ४ गते – ‘होस्टेल रिटन्र्स’ रिलिज हुँदै छ । यस अघि वैशाख २५ गतेको रिलिज मिति परिबर्तन गरेर भाद्र ४ मा रिलिज गर्ने निर्णय गरिएको  हो । ‘सायद’ र ‘होस्टेल’ जस्ता सफल फिल्म निर्माण गरेको इतिहास भएका सुनिल रावलले बनाएको यो फिल्म पनि सफल हुने सम्भावना बोकेको फिल्ममा गनिन्छ ।

hostel returns release news

 Continue reading

छाडा फिल्म बिरुद्ध धम्की

शिब शेना नेपालको नामबाट अनिल बस्नेतले बिगत केही समय देखि नेपाली चलचित्रमा देखिदै आएको यौन बिषयमा केन्द्रित फिल्महरु बन्ने गरेकोमा बिरोध गरेका छन् ।

उनका अनुसार नेपाली फिल्म बनाउनेहरुले नेपाली मौलिकता बिर्सेर छाडा फिल्म निर्माणमा तिब्रता ल्याएको आरोप लगाउदै त्यस्ता खाले छाडा प्रवृतिका चलचित्रहरु निर्माण नगरिदिनु हुन अनुरोध गरिएको छ । विज्ञप्तिको अन्त्यमा, तेस्तो अनुरोधको बिपरित कुनै पनि छाडा खाले फिल्म निर्माण वा प्रदर्शन गरिएमा “शिब शेना नेपालले जस्तो सुकै कदम चाल्न” पनि पछि नपर्ने  पनि बताईएको छ । साथै उनीहरुको तेस्तो कदमबाट हुने क्षतीको जिम्बेवार पनि निर्माता स्वयं हुने पनि बताइएको सो बिज्ञप्ति बाट नेपाली फिल्म क्षेत्र ।

ठेगाना, फोन र वेबसाइट समेत राखिएको लेटर प्याडमा टाइप गरेर कानुन आफ्नो हातमा लिने आशयको यस्तो खालको चिठीको बिरुद्ध नेपालको कानुन अनुसार प्रहरीले कारबाही गर्छ गर्दैन प्रतिक्षाको बिषय भएको छ ।

shiva_sena_nepal_chhada_film

नेपाली फिल्मका अचम्मका नाम

नाम राख्न नजान्ने ले बनाएको फिल्म चलेन रे|

लौ परेन फसाद ?

कुन फिल्म कुन हो छुट्याउनै नसकेपछि कसरी फिल्म चल्ला त ?

त्यसमाथि चोरेको नाममा बनेको फिल्म भित्र पनि चोरिएको सामग्री हुदैन भनेर कसरी मान्ने ?

कस्ता कस्ता नामका फिल्म बन्दा रहेछन त नेपाल मा – यहाँ हेर्नुहोस् (हाम्रो ब्लगमा अंग्रेजी लेख) |

आइ एम सरि – सरि भन्न नपर्ने फिल्म ?

‘आइ एम सरि’को पूर्ण समिक्षा (अंग्रेजीमा)

हाम्रा फिल्म समिक्षक रौनकले आज (शुक्रबार) रिलिज भएको नेपाली फिल्म "आइ एम सरि" को कथा बस्तु र प्रेजेन्टेसन हेर्दा यो फिल्म सफल फिल्ममा गनिन सक्ने बताएका छन् । राम्रै भनेर समिक्षा आए त ‘काठमाण्डु’ हिरो आकाशले जस्तो ‘शत्रु लाग्यो‘ भनेर भन्न किन पर्थ्यो र ?

"आइ एम सरि" फिल्ममा आर्यान सिक्देलको अभिनय त्यति राम्रो नभएको बताइएको छ भने केकी अधिकारी लगाएत अन्य कलाकारलाई यसका निर्देशक दिनेश रावतले राम्रै संग अभिनय गर्न लगाएका छन् रे ।  हरि महतले निर्माण गरेको यस सिनेमामा भएको डेढकरोड लगानीको प्रतिफल कस्तो होला भनेर कौतुहल त छदैछ त्यस् माथि यसका कलाकार, निर्देशक आदिको फिल्मी भबिष्य पनि यसै फिल्म ले निर्धारण गर्ने पक्का छ ।

i_am_sorry_poster_2

"आइ एम सरि" टिम लाई हाम्रो शुभकामना ।

नेपाली फिल्म क्षेत्रमा व्यप्त सम्बन्ध बिच्छेद

broken_heartबिबाह सम्बन्धमा समस्या देखिनु नेपाली कलाकारहरुमा महामारीकै रुपम फैलिएको छ भन्ने कुरा यो खोजमुलक लेखले प्रष्ट पार्दछ ।

त्यसरी बैबाहिक जीवनमा समस्या परेका कलाकार हरुमा:  नायिकाहरु गौरी मल्ल, सुस्मिता केसी, मौसमी मल्ल, पूजा चन्द, सिर्जना बस्नेत, पूजा लामा, सञ्चिता लुईटेल, सिम्पल खनाल, सोनु थारू, सिरु विष्ट,  जल शाह, सुस्मिता कार्की, प्रिया रिजाल, सोनिया मल्ल,  रञ्जना शर्मा, सौजन्य सुब्बा, किर्ती भट्टराइ, अन्जु पन्त, सिमा पनेरु, मनिषा कोइराला आदि पर्दछन । अन्य कलाकारहरुमा भुवन केसी,  शिब श्रेष्ठ, निखिल उप्रेती, आकाश शाह, बाबुराम ढकाल, प्रशन्न पौडेल, रबि डंगोल आदिको पनि  बैबाहिक जीवनमा समस्या देखिएका छन्।

 Continue reading