आफै चल्ने कारले अमेरिकाको नेभादा राज्यमा ड्राइभर लाइसेन्स पायो

ड्राइभरनै नचाहिने आफै चल्ने कारलाइ अमेरिकाको नेभादा राज्यमा कार चलाउने अनुमति दिइएको छ। यसरी मान्छेलाई नभएर कारलाई चालक अनुमतिपत्र दिइएको यो पहिलो घटना हो ।

google-self-driving-car

गुगलले डिजाइन गरेको आफै चल्ने गाडी भिडियो क्यामेरा, लेजर र राडार सेन्सरहरुको सहायताले चल्ने गर्छ ।  यस कारको लागि भनेर गुगलले बिशेष टिमले सबै सडक चिन्ह राखेर नक्सा बनाएका हुन्छन जसको आधारमा यो कार चल्ने गर्छ । 

परिक्षणको लागि भनेर बनाईएको एउटा कारले क्यालिफोर्निया राज्यमा कुनै पनि दुर्घटना नगरी एक लाख चालिस हजार माइल (२ लाख २५ हजार किमी) को दुरी पार गरिसकेको छ ।

स्टेनफोर्ड युनिभर्सिटीका प्रोफेसर र गुगलका उपाअध्यक्ष सेबेस्टीयन थ्रुनले डिजाइन गरेको यो कारलाइ लाइसेन्स दिनु अगाडी नेभाडाका यातायात बिभागका प्रमुख ब्रुस ब्रेस्लो आफै पछिल्लो सिटमा बसेर यात्रा गरेर परिक्षण गरेका थिए ।  "म पछाडी बसेर ल्यापटपमा कारले के के देखिरहेको छ भनेर हेरिरहेको थिएं । " ब्रेस्लो भन्छन, "करीब पाँच सेकेन्ड पछि मेरा सबै शंका निबारण भए।" 

ब्रेस्लोको बिचारमा आफै चल्ने गाडीले मानिस ड्राइभरले भन्दा राम्रो संग देख्छ ।