स्यान्डी आँधीले अमेरिकी जनजीबन अस्तव्यस्त बनायो

हिजो राती ८ बजे स्थानीय समयमा न्यूजर्सीको तटीय क्षेत्र हुँदै अमेरिकामा प्रवेश गरेको स्यान्डी नाम राखिएको सामुद्रीक आँधीले पूर्बी तटीय सहरहरुमा जनजीवन ठप्प बनाएको छ ।प्रतिघण्टा १ सय २९ किलोमिटरको गतिमा आएको आँधीका कारण कम्तीमा १२ जनाको मृतुहुनुका साथै ठूलो मात्रामा धनको क्षती भएको छ । मुसलधारे वर्षा, तिव्र गतिको हुरी, बाढी र हिमपातका कारण जनजीबन अस्तव्यस्त बनाएको आँधीको समाप्ती संगै न्युयोर्कमा देखिएको सप्तरंगी इन्द्रेणीका फोटाहरू मानिसहरुले अनलाइनमा बाँड्न थालेका छन ।

rainbow_after_huricane

करीब ५ करोड मानिस प्रभावित भएको अनुमान गरिएको यस आँधीले न्यूजर्सी, न्यूयोर्क, मेरील्याण्ड, पेन्सिल्भानिया र कनेक्टिकट लगायतका राज्यमा मानिसहरुको ज्यान लिएको छ भने लाखौँको संख्यामा बिस्थापित भएका छन् । अमेरिका पुग्नु अघिनै क्यारेबिन क्षेत्रमा कम्तीमा ६९ जनाको ज्यान लिइसकेको यस ज्यानमारा आँधी सकिए पछि क्षतीग्रस्त संरचनाको पुनर्निर्माण शुरु भएको छ ।

यस आँधीका कारण १४ हजार भन्दा बढी उडान रोकिएका थिए भने सोमबार दिनभर कुनै पनि सार्बजनिक सबारी साधन चलेका थिएनन । बिद्युत अबरोधका कारण न्यूजर्सीमा १५ लाख र न्यूयोर्कमा २ लाख ५० हजार मानिस अँध्यारोमा बस्न बाध्य भएका थिए ।

damaged_houseआँधीले भत्काएको एक घर

समाचारवाचक प्रवीण गिरी प्रति श्रद्धाञ्जली

बरिष्ठ सञ्चारकर्मी तथा समाचारवाचक प्रवीण गिरीको आज आइतबार बिहान निधन भएको छ । टेलिभिजनका क्षेत्रमा ठूलो योगदान पुर्‍याउने हुने प्रविण गिरीको राजधानीस्थित ओम अस्पतालमा प्राण त्याग गर्नु भएको हो । नेपाल टेलिभिजनमा समाचार वाचकको रुपमा अफ्नो छुट्टै पहिचान बनाउन सफल प्रबिण गिरी लोकप्रिय समाचार वाचकको रुपमा चिनिन्छन।

prabin_giri

यस नेपाली वेबसाइट परिवार वहाँको दिवंगत आत्माले चीर शान्ति पाओस् भन्ने कामनाका साथै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौँ ।

नेपाल आयल निगमको गेटमा बम विस्फोट, तीनको मृत्यु

राजधानीको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा एउटा बम विस्फोट हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको खबर आएको छ । केही समय पछि वीर अस्पतालमा उपचार गराइरहेका पाँच जना घाइते मध्येका एक जनाको पनि उपचारको क्रममा मृय्तु भएको अपुस्ट समाचार आएको छ ।

अस्पतालमै उपचार गराईरहेका थप २ जनाको स्थिति पनि गम्भिर अवस्थामा रहेको बताइएको छ ।

प्रहरीले घटनाका वारेमा अनुसन्धान गरिरहेको तर घटना कसले र किन घटाएको हो भन्नेवारे केहि भन्न नसकिने जनाएको छ । (तलको फोटो साभार – हिमालय टेलिभिजन)

bomb_in_Kathmandu

अपडेट – "संयुक्त जातीय मोर्चा" नाम गरेको एक संगठनले यस घटनाको जिम्मा लिएको खबर आएको छ ।

अपडेट २ -  बम बिष्फोट गराउने मध्येका एक जनलाई पक्राउ गरिएको समाचार आएको छ ।

bomb_blast_kathmandu_police

गत साताका पोस्टहरु

highlightsहामी यो अंग्रेजी नयाँ बर्ष बाट नियमित रुपमा साता भरि गरिएका पोस्ट हरुको सारांश यहाँ पोस्ट गर्न शुरु गर्ने सोचमा छौँ.

गत साता १८ पोस्ट भएका रहेछन जसको बिस्तृत विवरण निम्नानुसार छ:

मङ्सिर २५ (डिसेम्बर ११)

  • समानुपातिक शिक्षा – बिद्यार्थीको सिप कला र क्षमताको को वास्ता नगर्ने बर्तमान शिक्षा प्रणालीको खिल्ली उदाउने एक कार्टुन (नेपाली)
  • Good governance club honours journo Thapa – कान्तिपुर पत्रकार हरिबहादुर थापालाइ सम्मान (भाषा – अंग्रेजी)
  • LPG Gas Cylinder – don’t panic, It’s not Expiry Date – जन चेतना जगाउन ग्यास सिलिन्डरको मिती सम्बन्धी एक जानकारी (भाषा – अंग्रेजी)

मङ्सिर २६ (डिसेम्बर १२)

  • अब फेरी हाम्रो भेट होला त पुष्पा ? (ब्लगर रिताको जीबनमा घटेको दुखद घटना को बारेमा लेख)
  • Bollywood Dhoom in Kathmandu – बलिवुड कलाकारहरुको काठमान्डुमा भएको कार्यक्रम बारेमा (भाषा – अंग्रेजी)
  • 4 Wild elephants roamed in Birtamod city – बिर्तामोड बजारमा जंगली हात्तीको प्रबेश (फोटो, भाषा – अंग्रेजी)
  • Anybody who give information on King Birendra’s property to get reward दिबंगत राजा बिरेन्द्रको सम्पत्तिको बारेमा जानकारी दिनेलाई पुरस्कार दिने सरकारी घोषणा (भाषा – अंग्रेजी)
  • Nepali Movie – Nagad Narayan नेपाली फिल्म नगद नारायण को सम्पूर्ण भाग (भाषा – नेपाली)

मङ्सिर २७ (डिसेम्बर १३)

  • Nepali Movie – Dasdhunga नेपाली फिल्म दासढुंगाको सम्पूर्ण भाग(भाषा – नेपाली)
  • Price Hike – unnatural alliance between three media houses (भाषा – अंग्रेजी/नेपाली)

मङ्सिर २८ (डिसेम्बर १४)

मङ्सिर २९ (डिसेम्बर १५)

  • Nepali Movie – Paradeshi Kancha नेपाली फिल्म परदेशी कान्छा को सम्पूर्ण भाग (भाषा – नेपाली)

पौष १ (डिसेम्बर १६)

  • Crow picks plastic एउटा कागले बोकेको वाई वाई चाउचाउको प्लास्टिकको खोल को फोटो र ब्लगरको बिचार (फोटो, भाषा – अंग्रेजी)

पौष २ (डिसेम्बर १७)

  • Bandha returns? चितवन बन्दको फोटो सहित विचार (फोटो, भाषा – अंग्रेजी)

पौष ३ (डिसेम्बर १८)

  • 2 Slaps – Inhuman punishment; is the society going backward? बालाजु को विष्णुमती पुलमा देखिएको एक साइन बोर्डको बारेमा (भाषा – अंग्रेजी)
  • Meeting of NC with PM ended inconclusive calling support for Nepal Bandh on Monday नेपाली कांग्रेस ले गरेको नेपाल बन्दको बारेमा समाचार (भाषा – अंग्रेजी)