८ नेपालि अभिनेत्रिका सफल हुन नसकेका प्रेम संबन्धहरु

सेलिब्रेटीहरुको प्रेमको चर्चा अलि बढि नै हुने गर्छ तर त्यसमा पनि अभिनेत्रीहरुको प्रेमको चर्चा भने अन्य सेलिब्रेटीको पनि बढि नै हुने गर्छ । तेस्तै बाहिर देखिंदा त उनिहरुका लागि लव अफेयर अनि ब्रेकअप पनि सामान्य नै भएको जस्तो देखिन्छ । आज म केहि नेपालि अभिनेत्रीहरुका असफल प्रेमका बारेमा चर्चा गर्दैछु । जसमध्ये कोहिले विवाह गरिसकेका छन् भने केहि प्रेम सम्बन्धमा छन् ।

भिडियो रिपोर्ट तयार हुँदै छ :

निशा अधिकारी

अन्य अभिनेत्रीहरु भन्दा फरक सोच र फरक काम गरेर आफुलाई चिनाउन रुचाउने अभिनेत्रि निशा अधिकारि बिश्वको उच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो अभिनेत्रि हुन । हालै अफ्रिकाको उच्च शिखर कालिमान्जरोको आरोहण गरेर फर्केकि निशाले आफ्नो कपाल खौरेर पनि सबैलाइ अचम्मित पारेकि छिन ।

 Continue reading

निशा पछि अब नन्दिता पनि अमेरिका उड्ने

नोट – यो लेखमा  ‘सजिलो नेपालि’ प्रयोगको लागि सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।

अभिनेत्रि निशा अधिकारि सुटुक्क अमेरिकातर्फ लागेको खबर बाहिरिने बित्तिकै अर्कि अभिनेत्रि, नन्दिता केसि पनि अमेरिका जाने भएकि छिन् । हालै अमेरिकाको भिषा लागे पछि नन्दिता दुइ महिनाको लागि भनेर अमेरिका जाने भएकि हुन । नन्दितालाइ अमेरिकाले दिएको मल्टिपल भिसा उनले दोश्रो प्रयासमा प्राप्त गरेको बताइएको छ।

भिडियो समाचार:

nandita kC

जुनको अन्तिममा अमेरिकामा पुगेर त्यहाँ आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन लागेकि नन्दिताको अमेरिका बसाइ दुइ महिना मात्र हुन्छ कि सो भन्दा बढि हुन्छ भन्न सजिलो छैन । किनकि, सपनाको देश पनि भनिने अमेरिका जान नेपाली कलाकारका मरिहत्य नै गर्दछन । अमेरिका जानु भनेको अभिनय करिअरकै सवैभन्दा ठूलो कार्य जस्तो ठान्ने नेपालि कलाकारहरु धेरै छन । धेरै कलाकारहरु अमेरिका पुगे पछि त्यहिको ग्रिन कार्डको लागि निबेदन दिएर बस्ने गरेका धेरै उदाहरणहरु छन्।  Continue reading

निशा शरद टुक्रियो सम्बन्ध ? निशा अमेरिका उडिन्

(यो बारेमा मैले अंग्रेजिमा पनि लेखेको छु। यो एक “नेपालि” प्रयोग हो, यस अनलाइन खबरबाट साभार लेखमा सबै दिर्घलाइ ह्रस्वमा परिबर्तन गरिएको छ।)

नेपालि कलाकारलाइ अमेरिका अहिले भविष्य बनाउने बाटो बनेको छ । कलाकारिता गर्दा गर्दै अमेरिका पुग्ने र उत्तै बाटो खोज्नेहरुको संख्या कम छैन । यहि भिडमा नायिका निशा अधिकारि पनि अमेरिका उडेको खबर छ । जुन १३ अर्थात शनिबार उनले लेखेको स्टाटसमा उनि अबुधाबिमा ट्रान्जिटमा रहेको उल्लेख छ ।

nisha and sharad

फेसबुकमा कुनै पनि तस्बिर सार्वजनिक नगरि निशा अमेरिका पुगेकि हुन् । निशाले सामान्य भन्दा सामान्य गतिविधिलाइ पनि फेसबुकमा राख्ने गरेकि थिइन् ।

उनको मोबाइलमा पनि सम्पर्क हुन सकेको छैन । निशा अमेरिका उडेपछि विभिन्न खालका प्रश्नहरु पनि उब्जिएका छन् । निशा कति महिना अमेरिका बस्छिन् भन्ने खुलेको छैन । तर, ३ महिना अमेरिका बसेर त्यता नै बस्ने चाजोपाजो उनले मिलाउने सुर कसेको श्रोतले बतायो ।

प्रेमि शरद भेष्वाकरसँग पनि निशाको सम्बन्ध टुटेको चर्चा चलचित्र बजारमा चल्न थालेको छ । निशा र शरदले संयुक्त रुपमा संचालनमा ल्याएको फेसबुक पेज पनि अहिले डियाक्टिभ भएको छ । सम्बन्ध टुट्नुको बलियो आधार यसैलाइ मानिएको छ । यस बिषयमा निशाले केहि पनि बोलेकि छैनन् ।

 Continue reading

सन्नी लियोनीसंग निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर

नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर बीचको सम्बन्ध अझै प्रगाढ बन्दै गएको पुस्टि गर्न निशाले यो तलको तस्बिर फेसबुकको वालमा पोस्ट गरेर सार्बजनिक गरेकी छिन । तलको तस्बिरमा सन्नीका पति डेनियल वेभर संग  शरद र सन्नी संग निशा मुस्कुराई रहेका देखिन्छन ।

sunny-leone-with-nisha-adhikari- sharad

नयाँ बर्षको उपलक्षमा नेपाल आएकी बलिउड अभिनेत्री र पार्न स्टार सन्नी लियोनीले हायात होटलमा नाचेर नेपाली दर्शकलाई भरपुर मनोरन्जन दिईन। सो कार्यक्रममा निशा उद्घोषक थिइन् ।

 Continue reading

धुवाँको पोस्टरमा निशा अधिकारीको पुरानो फोटो

दुईवर्षअघि एक म्यागजिनमा प्रकाशित गर्न खिचिएको एक फोटो गत मंगलबार फस्टलुक सार्वजनिक गरिएको एक फिल्मको पोस्टरमा देखिएपछि त्यस फोटोका फोटोग्राफर कमल श्रेष्ठले यसरी प्रतिक्रिया दिए :

चलचित्र "धुवाँ" ले फोटोग्राफर संग कुनै अनुमति नै नलीइ निशा अधिकारीको फोटो आफ्नो चलचित्रको कमर्सियल पोस्टर डिजाइन तयार गरि फस्ट लुक बाहिर ल्याएको छ , निशा अधिकारी को सो फोटो मैले चलचित्र "धुवाँ" को लागि नभई अर्कै पर्पोज को लागि शूट गरेको थियो ..

फिल्मका लेखक अनुप सापकोटाले सो पोस्टर आफुले बनाएको स्विकार गर्दै उनले यस्लाई आफ्नो "व्यक्तिगत प्रयोजनको लागि" भनेर बनाएका बताएका छन । तर, पोस्टरको डिजाइन र यसलाई बनाउँन लाग्ने मेहनत हेर्दा सापकोटाको कुरा पत्यारलाग्दो भने लाग्दैन ।

dhuwa_poster_and_original_photo

anup_sapkota_response

रामप्रसाद रिजालको निर्माणमा बनेको ‘धुवाँ’लाइ लक्ष्मण रिजालले निर्देशन गरेका छन् भने यस फिल्ममा आर्यन सिग्देल र निशा अधिकारीको मुख्य भूमिका रहेको छ। यस अघि, यस फिल्ममा आर्यानलाई ८ लाख १ हजार ५ रुपैयाँमा साईन गराएको कुरा पनि धेरैले पत्याएका थिएनन । यो पोस्टर बिबाद पनि नेपाली चलचित्र बजारमा प्रचार प्रसारको लागि गरिने प्रोपोगाण्डाको अर्को रुप हुन सक्ने सम्भाबनालाइ पनि नकार्न सकिदैन ।

निशा अधिकारीको दुर्ब्यबहार र पत्रकार हुनुको घमण्ड

  • निशा अधिकारीले पत्रकारको क्यामेरा खोसिन
  • झुक्किएर पनि नछुनु निशालाई
  • मिस नेपाल २०१० मा फस्टरनर अप वनेकी साहाना वज्रचार्यले पत्रकार भट्टराईको क्यामेरा खोसिन् ।
  • पत्रकारले निशालाइ माफीमाग्न बाध्य पारे

nisha_adhikari_journalist_debate_fingerयस्ता धेरै समाचार सुन्दा मलाइ पनि निशाले साच्चै बदमासी गरेकी रहिछिन भन्ने लागेको थियो । पत्रकारले फोटो खिच्न नपाउने भन्ने त छैन नि ।

तर, जब सो घटनाको भिडियो हेर्ने मौका मिल्यो यो त सबै पत्रकार हुनुको अंहकार बाहेक केही पनि रहेनछ भन्ने छर्लंग भएको छ । त्यो भन्दा पनि पत्रकारहरु आफूजस्तै पत्रकारको बिषयमा कति सम्म धृतरास्ट्र हुन सक्छन भन्ने पनि यो एउटा उदाहरण हो ।

यो घटना सम्बन्धी भिडियो सहितको समाचार उद्घोषण गर्ने पत्रकारले समेत आफैले देखाइरहेको भिडियोमा देखिएको कुरालाइ भन्दा पनि पत्रकारको सपोर्ट गर्नु पर्छ भन्ने अन्ध भक्ति देखाउदै छन् ।

मैले बुझेको घटना यस प्रकार छ :

  • निशाले लगाएको छोटो स्कर्ट भित्र नियाल्ने शुरमा हाम्रा पत्रकार बन्धु फोटो खिच्दै थिए ।
  • तर उनी संग एउटा राम्रो क्यामेरा पनि नभएकोले टाढाबाट राम्रो फोटो खिच्न नमिलेको ले नजिकै गएर फोटो खिच्न थाले ।
  • जो सुकै लाइ पनि आफ्नो अगाडी आएर चियाउन थालेको देख्दा रिस उठ्छ – निशालाई पनि रिस उठ्यो ।
  • उनी उठेर पत्रकार भएको ठाउमा गएर  डिस्टर्ब नगर्न भनिन (रिसाउन आबश्यक थिएन) ।
  • संगै बसेकी सहानालाई पनि रिस उठेछ क्यामेरा नै खोस्न पुगिन ।
  • पछि निशाले माफी मागे पछि औलो दिदा डुडुलो निल्ने भन्या जस्तो … सहानाले पनि माफी माग्नु पर्यो भनेर अर्घेल्याई गर्नु कुनै आबश्यक थिएन (सहानाले पनि माफी मागी दिएको भए केहि बिग्रिने थिएन) ।

पत्रकार अनुप भट्टराइले के गर्नु पर्थ्यो त ?

  • पत्रकारले फोटो खिच्न पाउछन – तर फोटो खिच्दा कसैलाई डिस्टर्ब गर्न पाइदैन ।  लामो जुम भएको क्यामेरा लिएर टाढा बसेर जति फोटो खिचे पनि कसैले केहि भन्ने थिएन।
  • पत्रकार पेशाले ठूलो भए पनि अहंकार देखाउनु कुनै आबस्यकता थिएन। निशालाइ माफी  माग्न लागाउदैमा कुनै पुरुषार्थ गरेको मानिदैन । उनले माफी मागेकोमा धन्यबाद दिनु पर्नेमा उल्टो अर्कीलाई  माफी माग्न लगाई देउ भन्दै बिन्ती गर्न जानु आबस्यकता थिएन  ।  भन्न मन लागेको भए सहाना नभनेर किन निशाको हात समाउन जानु पर्थ्यो?

nisha_controversy_causec_by

यो भन्दा पहिले "साथी म तिम्रो" को म्युजिक रिलिज कार्यक्रममा रेखा थापाले गरेको ब्यबहार लाइ जायज मान्न नसकिए जस्तै घटना यस घटनामा हाम्रा पत्रकार मित्रले गरको ब्यबहारलाइ पनि जायज मान्न सकिदैन । निशा र सहानाले सार्बजनिक स्थानमा गर्नु पर्ने ब्यबहारको बारेमा प्रशिक्षण लिन आबश्यक भए जस्तै हाम्रा पत्रकारले पनि घटनालाई निस्पक्ष भएर हेर्न सक्ने हुनु त्यतिकै जरुरि देखिन्छ ।

तपाईलाई कस्तो लाग्छ, अनुप भट्टराइले युट्युबमा राखेको भिडियो हेरेर आफै मुल्यांकन गर्नु होला (नोट: निस्पक्ष रुपमा सोच्न चाहानुहुन्छ भने यो भिडियोमा भएको उद्घोषणलाइ बेवास्ता गर्नु नै उपयोगी होला) :