करिश्माको फागु फागुन ७मा, फर्स्ट लुक सार्बजनिक

अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको तेस्रो फिल्म ‘फागु’ यहि फागुन ७ गते बाट दर्शकमाझ आउने भएको छ । यसअघि ‘ढुकढुकी’ र ‘बाबुसाहेब’ निर्माण गरेकी करिश्माले यहि शुक्रबार राजधानीमा एक् प्रेसमिट गरी आफ्नो फिल्मको फस्ट लुक, प्रोमो र गीत सार्वजनिक गरेकी छिन् । (रिपोर्ट अंग्रेजिमा)

भिडियो रिपोर्ट

यस अघिको निर्माण फिल्म “बाबुसाहेब” असफल भए पछि फिल्म क्षेत्र नै छोडेर अमेरिका पुगेकि करिश्मा लामो समयको अमेरिका बसाइ पछि नेपाल फर्केकि हुन । करिव डेढ दशक पछि फिल्म निर्माण मा फर्केकि करिश्माले यो नयाँ फिल्ममा भने आफुले अभिनय नगरि निर्मात्रि मात्र भएकि छिन ।

 Continue reading