‘प्ले गर्ल’ शुटिंग सकियो – टुपिसको हल्ला मात्रै

२७ दिनको शुटिंग सकेर "प्ले गर्ल" प्याकअप भएको छ । एउटा प्रोमोशनल गित खिच्ने काम बाँकी भए पनि अरु सवै  शुटिंग सकिएको "प्ले गर्ल" मा टुपिस खोल्ने बिबाद सस्तो प्रचार मात्र भएको पुष्टि भएको छ  ।  निर्देशक विजयबिक्रम बस्नेतले टु पिस खोल्न भन्ने र नायिकाले खोल्न नमान्ने नाटक मात्रै भएको शंका पहिले देखीनै गरिएको थियो किनकी, नेपाली फिल्म तेस्तो सिन राखिएमा सेन्सरबोर्डले पास नगर्ने निश्चितप्राय: नै हुन्छ ।

playgirl_team

निर्देशक विजय विक्रम बस्नेतका अनुसार ईलाममा शुटिंग सुरु गरिएको सो फिल्म धरान सर्लाही हुदै अन्तिम सिन काठमाण्डौंको दरबारमार्गमा खिचिएको  थियो । महिला प्रधान यो फिल्ममा पेशला कटुवाल मुख्य भूमिकामा छिन भने यधुसन कुँवर र कस्तुरी खरेल को पनि लिड रोल रहेको छ  ।  फिल्मको सबै पोस्ट प्रोडक्सन काम समाप्त गरि यही श्रावण महिनामा प्रदर्शन गर्ने हिसाबले काम भइ रहेको बताइएको छ ।

peshla_katwal_actress_shooting

‘प्ले गर्ल’ की नायिकाले टु पिस खोल्न नमाने पछि …

फिल्मको नामै ‘प्ले गर्ल’ राखिएको एक फिल्मकी नायिका पेश्ला कटुवालले टु पिस लगाएर स्विमिङ गर्ने सिन खिच्दै गर्दा निर्देशक विजयबिक्रम बस्नेतले टु पिस पनि खोल्न भने पछि नायिका र निर्देशक बीच भनाभन बनेको खबर छ । शुरुमा स्क्रिप्ट हेर्दा तेस्तो सिनको बारेमा आफुलाई जानकारी नै नभएको बताउने नायिका कटुवालको कुरा काट्दै निर्देशकले पहिले नै तेस्तो सिन दिनु पर्ने बताएको दाबी गर्छन ।

pesla_katuwal

नायिका र निर्देशकबीच बिबाद मिल्ने छाँटकाँट नदेखिए पछि त्यो दिनको शुटिंग स्थगित गरिएको थियो ।अहिले एउटा गीतको छायांकन भइ रहेको सो फिल्ममा स्वीमिंग पुलको नाङ्गो सिन भने अहिलेलाइ थाँती राखिएको बताइएको छ । "महिलाहरुमा आउने यौन मनोविज्ञानलाई प्रस्तुत गरिएको" भनिएको सो फिल्ममा थुप्रै सेक्सका सिनहरु राखिएको बताइएको छ ।

आजकल बिबाद पनि प्रचारको एक साधन मानिने गरिएको सन्धर्भमा कुन चाहिँ कुरा सत्य हो र कुन चाँही बिबाद को लागि बानाईएका बिबाद हुन भनेर छुट्याउन नै गाह्रो हुने गरेको छ । पेश्ला र निर्देशकको बीचको यो बिबाद पनि सस्तो प्रचारको लागि खेलिएको नाटक हुने सम्भाबना धेरै छ । नायक केवल भुजेल नायिका पेश्ला कटुवाल, यधुसुधन कुँवर, कस्तुरी खरेल आदि सबै जसो नयाँ कलाकार लिएर बनाइएको ‘प्ले गर्ल’ले नेपाली फिल्म बजारमा सेक्स थिम को राम्रो ब्यापार हुने गरेको तथ्य बाट फाइदा लिने प्रयास गर्ने छ । यस अघि "तिमि देखी तिमी सम्म" नाम रहेको फिल्मलाइ निर्देशक विजय विक्रम बस्नेतले नाम परिवर्तन गरेर "प्ले गर्ल" नामांकरण गरेका हुन् । "प्ले गर्ल" बनेकी पेश्लाले यस अघि "दुलही रानी"मा साईड रोल गरेकी थिइन । ‘कथाले मागेमा बेड सिन पनि दिन तयार भएको’ बताउदै आएकी पेश्लाको यो स्क्यान्डल फिल्मको प्रचार मात्र हो कि साच्चैको झगडा हो त्यो त समयले अबस्यनै बताउने छ ।

Incoming search terms:

  • नेपाली केटीको नाङ्गो फोटो
  • नेपाली सेक्स स्टोरी