Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

blogsब्लगर रबिन्द्र रिजाल ले नेपाली ब्लग र ब्लगरहरुको नामलाई बिम्बको रुपमा प्रयोग गरी तयार  गर्नु भएको हो । क्लिक गर्न मिल्ने सबै शब्द वा वाक्यांशले सोही ब्लग चिर्ने द्वारको काम गर्छन  ।

त्यो दिन म घामपानीका कुरा खोतल्दै थिएँ,
अतृप्त मनशाले,
बादलमा झटारो हानेर सौर रसाएझैँ,
सुशेलीले हिमाल खोपेर मुहान फुटाई,
उर्लेको खहरे जस्तै,
म र मेरा भावना हरू छताछुल्ल भएका थिए।
त्यतै कतै प्रकृतिको आँगन माझ
मन पोखिएको कुनो निर
आफ्ना विचार र अभिव्यक्तिको साझा चौतारीलाई,
एउटा वृत्त – सम्वृद्द
आकार दिन खोज्दै थिएँ ।
कलियुगका कुरालाई,
कनिकुथीको साहित्यले झड्कार्दै,
शब्दका तरंगहरू फिजाउन खोज्दै थिएँ,
मेरो प्यारो संसारमा,
आँखा अगाडि डाँडापारीका दौँतरीहरू परेड खेल्दै थिए,
एक चोटी पढ्नै पर्ने, लेख्नै पर्ने
कुनै कथालु खसखसले उक्साईरहेको थियो, फेरी सोचेँ
साहित्य जीवनको निम्ति हो,
रहस्यमय विज्ञान देखि अद्भुत समाज सम्म हो,
तै पनि छैमलेको बबुरो
पाँचथरे साईँलो का अभिव्यक्ति सँग बहकिँदा,
जोतारे शब्दहरू शब्द रहेका थिएनन्,
कुनै घायलका तरही मुसायरा जस्तै,
मेरा यात्राका सुस्केराहरू,
डायरीको पाना बाट जुर्मुराउँदै उठेर,
प्रतिबिम्बित हुँदै,
पानीफोटोमा टिल्पिलाउँदै थिए, मानौँ –
कृष्णपक्षको चाँदनीले समुन्द्रमा छलाङ् मारेको छ।
यस्तो समय र परिवेशमा,
म जस्तो भाते चोरलाई
साईबर चौतरीका गफगाफ,
प्रदिप, अर्चना, सुशिल, अञ्जली,
प्रवेस वा कुनै नेपाली केटीका अजब गजबका कुरा,
नेपाली ब्लगरxnepali का गन्थन पढ्दैमा,
दुर्जेय चेतना प्राप्त भो भनेर,
भो न-कुरा गरम्,
किनकी म बुझ्छु,
घर आँगन छोडेर,
बाईरोडको बाटोमा निस्केपछि
आँफु सडकका अभिलेखको पात्र भईन्छ,
आफ्नै भनेका कति कुरा आफ्नै हुँदैनन्,
र यो?
यो त फगत् युटोपिया को खोजिमा हिँडेको यात्राको,
एउटा अन्त्यहिन सुरुवात हो।

साभार : रविन्द्र रिजाल (http://www.rabindrarijal.com/2011/06/d-nepali-blogs-poem.html)

Incoming search terms:

 

meera_acharya_haribamsha_acharya_wifeअरूहरुलाई सधैं हँसाउने हरिवंश आचार्यले गत वर्ष आफ्नी पत्नी गुमाए पछिको शोक र दुखलाइ लुकाउने ठूलो प्रयास गरिरहे पनि बेला बेलामा उनको आंखामा आंशु रसाएको देखिन्छ ।

आज स्व. मिरा आचार्यको वार्षिक तिथीमा हरिवंशले कान्तिपुर दैनिकमा निम्न कबिता प्रकाशित गरेका छन् । यो कविता पढ्दा जो कोहीको पनि मुटु छुन्छ ।

मिरा आचार्यको आत्माको चीर शान्तिको कामना र हरिवंश आचार्यलाई पत्नी वियोगलाई विर्सीएर अघि बढ्ने शक्ति मिलोस् भन्ने एक्सनेपाली टिमको कामनाका साथ उनको कबिता प्रस्तुत छ:

तिमीलाई सम्झँदा

तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे।
कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।
हेरेर घडी, खुवाउँथे ओखती।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।

चक्कु चल्थ्यो तिमीमा, मलाई दुख्थ्यो कति।
म दुखेको देखेर, निल्थ्यौ पीडा जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
बिरामीले कुरूवालाई, माया गर्थयौ कति।।

घाउ तिम्रो दुख्थयो, मेरो पोल्थयो छाती।
तिमी कोल्टे फर्केर, पोख्थ्यौ आँसु जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
मेरो हात समाइ, चुम्थ्यौ कति कति।।

तिमी बिरामी पथ्यौ, म कुरूवा हुन्थेँ।
तिमी निदाएपछि, म कति रून्थे।।
मीठो मानी निल्थ्यौ, त्यो तीतो ओखती।
त्यो दिन सम्झँदा, प्यारो लाग्छ अति।।

Incoming search terms:

 

फेसबुक पागल

जरुर साथी म पागल !
कैले ३ बुक, कैले फेसबुक
उस्तै थियो दशैँ, यस्तै तिहार
यस्तै छ मेरो हाल ।

म भित्ताहरुमा शुभकामना लेख्छु !
दृश्यहरुलाई ट्याग गर्दछु !
ग्रुपहरुमा संबाद गर्छु ।
कहिले काहिँ च्याट गर्छु
संसारभरिका साथीसँग बोल्छु ।
अनि

अनि बन्द गर्छु र टोलाउछु
फेरी फर्कन्छु एक्लै
बाचाल यो जिन्दगीमा,
खोल्छु फेसबुक र टहलिंन्छु
यस्तै छ साथी मेरो हाल
जरुर साथी म पागल :P

नोट : लक्ष्मीपूजा र महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०३ औं जन्म जयन्तीको दिन साथी प्रमोद न्येउपाने ले आफ्नो फेसबुकको वालमा पोस्ट गरेको यो कबिता देबकोटाको चर्चित कविता "पागल"को आधुनिकीकरण भने पनि फरक नपर्ला । प्रमोदका चोटिला लेख रचना भो-नकुरोगरम मा पढ्न सकिन्छ । लक्ष्मी प्रसाद देवकोटाको ओरिजिनल पागल कविता पढ्न नपाएकाको लागि भनेर तल पोस्ट गरिएको छ:

laxmi_Prasad_devkota

Continue reading »

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network