खोला तार्नुको मज्जा, प्रकटको रोमान्टिक गजल

प्रकट त्यस्ता साहित्यिक सर्जक हुन जस्ले केहि धारिला आरोप खेप्दै आएका छन् – औधि रसिक, शृंगारिकताको नाममा उनि अश्लिल गजलका पस्कन्छन भनेर । हुन पनि उनि रतिरागयुक्त गजल लेख्नेमा अग्रपंतिमा आउँछन। उनका गजलका सेरहरू काउकुति लगाउने खालका भएको उनका पारखिहरुको भनाइ छ। तेस्तै अर्को गजल छ :

भिडियोमा :

यो गजल कसरि लेखियो भन्ने प्रश्नको उत्तरमा प्रकट भन्छन, “विवाह भएपछिको पहिलो दशैमा टिकाकै दिन ससुरालिमा पनि टिका लगाउन जानुपर्ने चलन छ । २०३५ सालमा मेरो विवाह भएको हो । ससुरालालि जान कास्किबाट मादि नदि तरेर लमजुङ पुग्नु पर्दथ्यो । मादि नदिमा त्यो बेलामा पुल थिएन । एक जना महिला नदि वारि बसिरहेकि रहिछन् । उनले खोला तार्दिन अनुरोध गरिन् । पहिले श्रिमतिलाई तारे त्यसपछि उनलाई खोला तारिदिए । उनि कहाँकि को थिइन मतलब भएन् । हामि छुट्टियौ, गयौं । त्यो सन्दर्भ त्यत्तिकै सकियो । त्यसको धेरै वर्षपछि ससुरालि गएँ । त्यसबेला मादि नदिमा पुल बनिसकेको रहेछ । पुल तर्दै गर्दा कुनै समय एक महिलालाई खोला तारिदिएको याद आयो । भोलिपल्ट पोखरामा आएर यो गजल लेखेको हुँ । ‘छोयो के मा पाखुराले…’ भन्ने चाहिँ विम्ब हो । यो माहौल तताउँने गजल छ र मलाई मिठो पनि लाग्छ । ”

गजलको बोल शब्दमा :
 Continue reading

सगरमाथाको गहिराइ – नवराज पराजुलि

यो कविता कान्तिपुरको “कोशेलि”मा फाल्गुन २९, २०७१ मा प्रकाशित भएको थियो । बिदेश जाने एक युवाको मन चोरेर लेखिएको यो कविता अहिले एकदमै चर्चित रहेको छ। प्रस्तुत छ, नवराज आँफैले वाचन गरेको यो कविता :

पुरा कविता:
सगरमाथाको गहिराइ

यो संसारको कुनै महान् चित्रकारलाइ
यो विश्व नै पोत्न पुग्ने रङ चाहिए
मेरो देशका गुराँससंग सापटी माग्नु
म त गुराँसको देशको मान्छे

तर
यो कुरा पछि गरौंला कि
मैले खाने चामलको रङ किन्न
म आँफुचाहिं अरब आएको छु।

यो संसारको कुनै महान् परोपकारिलाइ
यो विश्व भरिकै फोहोर पखाल्न पुग्ने पानि चाहिए
मेरो देशका नदिहरुसँग सापटि माग्नु
म त नदिहरुको देशको मान्छे
 Continue reading

Incoming search terms:

  • नेपालि सेकशि भिडिओ

प्रकट पंगेनिका रोमान्टिक गजलहरु (फेरि अपडेट)

अब प्रकट पंगेनिका गजलहरु सबै एक पेजमा संग्रहगरेको छु ।

यो पोष्ट मैले भ्यालेन्टाइन् डेमा शुरु गरेको थिएँ, पोखराका गजलकार प्रकटा पंगेनि “शिव”का गजलहरु शेयर गरेर । समय समयमा अपडेट गर्दै गर्दै उनका ५-६ ओटा गजल संग्रह भएका रहेछन ।

अंगहरु दंग परुन

प्रस्तुत छ अर्को रोमान्टिक गजल:

तप्प तप्प जलबिन्दु

अब, प्रकट पंगेनिको सबै भन्दा चर्चित गजल
 Continue reading

सिन्धुलि काठमाण्डुको नजिक छ (अमला अधिकारि, गजल)

अमला अधिकारिका गजलहरु प्रस्तुत गर्ने क्रममा, यो दोश्रो प्रस्तुति:

अमलाले यो गजल उनको दोश्रो गजल संग्रह बजारमा ल्याउँने कार्यक्रममा वाचन गरेकि हुन ।

छन त सिन्धुलि काठमाण्डुको नजिक छ
जस्तो कि बुहारि जेठाजुको नजिक छ

भोकै सुतेर पनि खेलौना किनिदिनु पर्छ
छोरो धनि बच्चाहरुको नजिक छ

घाटबाट मलामि यस्तो पढेर फर्कियो
जिन्दगि सब भन्दा मृत्युको नजिक छ

भोक चिनेकै छैन, भातलाइ पत्याएकै छैन
उ अझै आमा बाबुको नजिक छ

मिठो र मसिनो भन्दा टाढा छ मुर्तिकार
मुर्ति भने भेटि र लड्डुको नजिक छ ।

अमला अधिकारिको गजल, भगवान माथि गतिलो भर राखेकि छिन

गजलकार अमला अधिकारिको एक गजल प्रस्तुत छ । भिडियोमा स्वर गजलकार अमला अधिकारिको नै हो । अमलाले यो गजल आफ्नो दोश्रो गजल संग्रह सार्वजनिक गर्ने कार्यक्रममा सुनाएकि हुन ।

https://www.youtube.com/watch?v=ZbBpIT10q4M

गजलको पुर्ण पाठ

भगवान माथि गतिलो भर राखेकि छिन
अनि, मुलबाटोमा दुबै नजर राखेकि छिन

बेपत्ता बहिनिको हुलिया हेर्न आउ
आमाले संदुकमा घाँघर राखेकि छिन

अलिकति किताव, अलिकति युग पढाउन
हजुर आमाले नाति सहर राखेकि छिन

रातो माटोमा नंगले कोपरेर उनले
भित्तामा परदेशिको नंबर राखेकि छिन

दिल चोर्नेहरु पनि बाल्मिकि बन्लान भनेर
अमलाले प्रेमिको नाम रत्नाकर राखेकि छ

सुदेश सत्यालको छन्द कबिता – दैबि बिपत्ति

सुदेश सत्याल कै आवाजमा :

https://www.youtube.com/watch?v=kPl0gBwCo1Q

कविताको पुर्ण पाठ यस प्रकार छ :

दैबि बिपत्ति

खै के सम्झिनु दैब निष्ठुर भै, हाँसो लुटेको दिन
छाति चर्र चिरा परि कन फुट्यो, कोशि फुटेको दिन
आमा ति पुरिइन गएर पहिरो, बच्चा रुँदै थ्यो पर
बिल्लिबाँठ बनाउँदै समय यो हाँसि रहेको तर

क्या आभाषबिहिन जिबन भयो, को संग पोख्ने पिर
बस्ने ठाँउ यहि रहेछ कि कसो, आकासको मुन्तिर
हाम्रो जिबन हुन्छ सार्थक कहाँ, बाँचेर मात्र फगत
केहि हुन्न कराउँदा पनि यहाँ, बहिरो छ सारा जगत

खै रोक्ने कसरि रहेछ र झरि, दर्केर आए पछि
केहि बिद्वंश हुने भयो किन भने, पानि रिसाए पछि
ब्यर्थै आउँछ यो असार महिना, लाग्दैछ अहिले किन
चाहे सक्दछ यो झरि परिरहे, पृथ्बि बगाइ दिन

खै केहि गरिएन औषधि मुलो छामेर नाडिहरु
लाने भो सब थोक निर्मम भइ, आएर बाढिहरु
रोप्नै पर्छ हिरा कतै तिर लगि, माटो हराए पनि
पैताला चुमिराख्दछन शिखरनै, बाटो हराए पनि ।
 Continue reading

के थियो उ? (भिडियो साहित्य, कविता)

आज अर्को कविताको पालो । सोफियाले लेखेर शान्ति (नुमा) ले वाचन गरेको “काबुलको कात्रो” को सफलता संगै अर्को कवितालाइ भिडियो स्वरुपमा प्रस्तुत गर्ने जमर्को गरेको छु । यो कविताकि रचयिता बनिता खनाल हुन। बनिता आँफैले वाचन गरेको कविता पहिला सुनौं त्यस पछि यहाँ भएका कुराहरुको चर्चा गर्ने छु :

यो कविता कबिता युट्युब च्यानलमा प्रकाशित भएपछि थुप्रै प्रतिकृयाहरु प्राप्त भए । यसको प्रतिक्रिया स्वरुप ट्विटर साथि हुडिलभर @hooDielover पठाउनु भएको कबिता मलाइ मार्मिक लागेको छ । उहाँले पठाएको कबितालाइ परिमार्जन गरेर र भिडियोको प्रकाशित तयारि हुँदै गर्दा उहाँले लेखेको “म बालबिबाह हुन हुन्न भन्ने आवाज उठाउने नारि हुँ तर आफ्ना कुण्ठा पोख्न बालबिबाहको नाम दिनेको पनि बिरोध गर्दछु” भनाइ संगै प्रस्तुत छ हुडिलभरको कबिता “को थियो ऊ ?” को छोटो अंश

को थियो ऊ ?

ढोलक, सहनाइ र दमाहाको त्यो आवाज
अनि त्यो भिडको कोलाहालले अत्तालिएकि मलाइ
चुकुल लगाएर बन्द कोठामा
कसिलो अँगालोले दियो साथ र भरोसा
बिहेको बोझिलो श्रृङगार र सजावटबाट मुक्ति दिंदै
उसले ओठ पान गर्दा मैले समर्पित भावमा आँखा बन्द गरेकि थिएं ।

उसले निर्वस्त्र पार्यो, बाघले झैं झम्टियो, भुतले झै तर्सायो
झम्टेर माया बर्षायो, तर्साएर मल्हम लगायो, मायाको सागर खन्यायो
डरलाग्दो टाकुरा पुर्यायो, सम्हालेर तल ओर्र्हाल्यो
एक अर्काको सन्तुष्टिमा उत्तेजित, उद्देलित आंखाहरुलाइ
मध्यरातमा सानो मधुरो टुकीको उज्यालोले डोर्याएर, बोलाएर
तन्नाको रक्ताम्य टाटो देखायो
उसका मायालु आखाँले सबै पिडा पखाल्यो, मल्हम लगायो
बिस्तारै डोर्याएर सपनिको राज्य डुलायो

ओ महामानव
तिमि भुत प्रेत र बाघ भन्दा अलग छौ
तिमि देवता भन्दा निकै माथि छौ, मेरो सन्तुष्टिमा रमाउन सक्ने कला
वाह ! क्या कलाकार छौ, वाह ! तिम्रो कलाकारिता
यहि कलाले त म तिमिलाइ सारा संसार भन्दा अलग देख्छु
सृष्टिकै अनुपम उपहार हौ तिमि
जिवन समर्पण तिमिमा
सिर्फ तिमिमा ।
 Continue reading

काबुलको कात्रो (मर्मस्पर्सि कविता)

नुमाको आवाजमा सोफियाको लेखनमा अफगानिस्तानको राजधानि काबुलमा भएको एक आत्मघाति आक्रमणमा ज्यान गुमाउने १३ जनाको सम्झनामा रचिएको एक मर्मस्पर्सि कविता को वाचन । सो घटनामा १२ जना नेपालिको ज्यान तुरुन्तै गएको थियो भने एक जना घाइतेको भारतमा उपचार हुँदा हुँदै ज्यान गएको थियो । क्यानेडियन दुतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत ति अभगि नेपालिहरुको सम्झनामा यो कविता प्रस्तुत छ :

कविता :

काबुलको कात्रो (कविता)

साहिलिको साहिला, लाहुरजाने भन्छ
सनुसको सम्पत्ति, खनखन्ति गन्छ
घरखेत साहुलाइ, धितो राखि भन्छ
साइलिलाइ बाला, लगाइदिन मन छ

खोलावारि साहिला, साहिलि बसिन पुलमा
बिदा भइ घर, पुग्यो साहिला काबुलमा
अनगिन्ति सपना, बगाइ पसिना
हरायो साइलो आज, शहरको हुलमा

अनायासै उसलाइ, लिन आयो काल
खबर आयो गाउंमा, साइलिको बेहाल
उडि आयो जहाज, काठको बाकस लिइ
रच्यो हेर कस्तो, भगबानले जाल

चिहानले बोलायो, गरिबको सासलाइ
ब्रम्हनालमा लडाइयो, सेताम्मे लासलाइ
घनघोर बर्षा, कात्रो भिजिगयो
हाल्दैथे जलअझै, मेटाउन प्यासलाइ

डुबाइ गोडा बागमति, बग्यो तिरैतिर
४ बर्षे छोरा, लौन कस्तो पिर
भरे दाउरा टम्मै, चिहानै ढाक्यो
सुताइदिए लाशलाइ, त्यहि दाउरानिर

अटेन दागबत्ति, छोराको हातमा
श्रिमति रोइन, जान्छु भनि साथमा
सल्काइदिए आगो, दाउराको कुनिहुमा
झलमल्ल उज्यालो भो, चकमन्न रातमा

पलमै जलिगयो, शरिर भो खरानि
हिजोको आफ्नो, आज भो बिरानि
आंशुका धारा, भेलसरि बगे
भिजाइ दिनरात, ओछ्यानको शिरानि
 Continue reading

मनु मञ्जिलको कविता – दुश्मन

आजको भिडियो कविता बाचन, कवि मनु मन्जिलको आवाजमा । नेपालि साहित्यिक क्षेत्रका सेलिब्रेटि मध्येका एक मनु मन्जिलको लेख “कवितामा लाटा शब्दहरुको पिरामिड” यस अघि मैले शेयर गरेको थिएं ।

आजको कविता मनु मन्जिलले हालै पोखरामा सम्पन्न भएको साहित्यिक भेलामा वाचन गरेको कविता । सो वाचनको  रेकर्ड गर्ने मित्र रविन मानन्धरले भिडियो भिडियो प्रस्तुत गर्न लायक नभएको भन्दै मंजिलाको एक फोटोलाइ नै बोल्न लगाइ दिएछन – एनिमेसनको प्रयोग गरेर । कविता त बेजोड छँदै छ, एनिमेसन पनि रमाइलो लागेको हुनाले यहाँ शेयर गर्दै छु । कविताको बोल, भिडियो सुन्दै ट्रान्सक्राइब गरेको हुनाले प्रकाशित रुप भन्दा फरक होला ।

https://www.youtube.com/watch?v=JuXOdXXCd7I

 Continue reading

क्रान्ति, बाबु त्रिपाठिको कविता

कवि बाबु त्रिपाठिले रचना गरेको क्रान्ति शिर्षकको कविता मान्छे मार्ने, तोडफोड गर्ने तथाकथित क्रान्तिको बिरुद्धको आवाज हो । यो कविता उनले सन २०१४ मा वाचन गरेका थिए, सुन्नुहोस उनकै स्वरमा:

https://www.youtube.com/watch?v=CbUccI7Hjac

पढन चहानेको लागि:

क्रान्ति

कसैको मन नदुखाइकन
कसैकोओ झुपडि नजलाइकन
कसैलाइ टुहुरा नबनाइकन
क्रान्ति गर्नु पो क्रान्ति

 Continue reading