गुण्डा नाइके पक्राउ, कति दिनमा छुटलान, अन्दाज गर्नुहोस

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी निकट मानिने गुन्डा नाइके विश्वक्रान्ति सिंहलाइ ललितपुर प्रहरिले पक्राउ गरेको छ। सिंहलाइ एउटा सट गन, राइफल र १५७ राउन्ड गोलिसहित पक्राउ गरिएको हो। हेटौंडा घर भएका सिंह ले प्रहरिलाइ घुस दिन मध्यस्कर्ताको भुमिका खेलेको भन्दै अख्तियारले पक्राउ गरेको भए पनि उनलाइ त्यसको केहि समय पछि नै छोडिएको थियो। प्रहरिका अनुसार सिंह यस अघि धेरै पटक हातहतियार सहित जेल परिसकेका थिए ।

भिडियो रिपोर्ट

यसअघि प्रहरीको मुठभेडमा गुण्डा नाइकेहरु चरि भनिने दिनेश अधिकारि र घैंटे भनिने कुमार श्रेष्ठ प्रहरि मारिएका थिए। देशका प्रमुख दुइ पार्टिको संरक्षण प्राप्त चरि (नेकपा एमाले) र घैंटे (नेपालि कांग्रेस) पक्राउ पर्ने बित्तिकै नेताहरुको दवावमा छुट्थे ।

 Continue reading

सुन्दरि पक्राउ, राजेश हमाल देखि छविओझासम्मलाइ ठगेको हुन सक्ने सम्भावना

भगवति केसि नाम गरेकि एक सुन्दरि युवतिलाइ हालै प्रहरिले पक्राउ गरेको खबर आएको छ । अनलाइनखवरमा प्रकाशित एक समाचार अनुसार उनले डाक्टर भएको दावि गरेको र डिआइजिको छोऱि भएको झुठो बोलेर बिभिन्न मानिसलाइ ठगेको आरोप लगाइएको छ । हेर्दा सुन्दर देखिने यि युवतिले आफ्नो रुप र बिभिन्न झुठा परिचय बनाएर पुरुषहरुलाइ ठग्ने गरेको प्रहरिले बताएको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=0AwjrRQW7f0

प्रहरिले केसिसंग ठगिका प्रयोग भएका ९ वटा मोबाइल नम्बर, र बिभिन्न फेसबुक खाताहरु पनि फेला पारेको छ । उनले बिभिन्न समयमा कहिले डा. सुहाना केसि कहिले अदिति अनि कहिले दृष्टि केसिको नामले परिचय दिने गरेको पनि प्रहरिले जनाएको छ ।

 Continue reading

टिकापुरमा ८ को मृत्यु, सेना परिचालन

थारुहरुको बेग्लै थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका कैलालिका थरुहट समर्थक प्रदर्शनकारि र प्रहरि बिच झडप हुदा सोमवार दिउँसो प्रहरी बरिष्ठ उपरिक्षक सहित नेपाल प्रहरीका पाँच जना, सशस्त्रका दुइ जना र एक बालक सहित ८ जनाको मृत्यु भएको समाचार छ । यस अघि बढि शंख्यामा हताहत भएको खबर आए अरु मृतकको बिबरण प्राप्त अन्भाए पछि सच्याएर ८ जनाको मृत्युको खबर आएको हो। आन्दोलनकारिहरु तर्फ भएका हताहत र क्षतिको कुनै बिवरण प्राप्त हुन सकेको छैन।

सो घटना सोमबार दिउसो अढाइ बजे तिर कैलालिको पुर्वि भेगमा पर्ने टिकापुर नगरपालिका-२  मनुवा गाउं नजिकै भएको थियो।

सो घटनामा परि मृत्यु हुने  हुनेहरुमा:

  • सेति अंचल प्रहरि प्रमुख एसएसपि लक्ष्मण न्यौपाने
  • प्रहरी निरिक्षक बलराम विष्ट
  • प्रहरी निरिक्षक केशव बोहरा
  • प्रहरी हवल्दार लक्ष्मण खडका
  • प्रहरी जवान लोकेन्द्र चन्द
  • सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद
  • सशस्त्र प्रहरी जवान रामविहारी चौधरी
  • २ बर्षिय बालक टेकबहादुर साउद (सशस्त्र प्रहरी हवल्दारका छोरा)

 Continue reading

एसिड प्रहारको अनुसन्धानमा प्रहरी नै कुहिरोको काग

फागुन १० गते राजधानीको बसन्तपुरमा ट्युसन पढ्न गएकी किशोरीमाथि भएको एसिड प्रहारको घटनाबारे जानकारी दिन भन्दै शुक्रबार दिउँसो पत्रकारहरूलाई भेला पारिएको थियो । एसिड हान्ने व्यक्तिलाई सार्बजनिक गरिने आशा गरेका पत्रकारहरूलाई “प्रहरीले काम गरिरहेको छ” भन्ने सन्देश दिन मात्र पत्रकार सम्मेलन गरिएको बताएर आफैलाई हलुका बनाएको छ ।

sangita pulami

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा एआइजी विज्ञानराज शर्माले दिएको घटनाको अनुसन्धानमा बिबरण अनुसार प्रहरी नै कुहिरोको काग बनेको भान हुन्छ । उनका अनुसार एसिड घटनाको अनुसन्धान गर्नको लागि भनेर एसपी मीरा चौधरीको संयोजकत्वमा एक पाँच सदस्यीय समिति गठन गरेर अनुसन्धान अघाडी बढाएको थियो । यसलाई प्रहरी प्रधान कार्यालय, राष्ट्रिय अनुसन्धान ब्युरो र स्थानीय प्रहरी इकाइले पनि साथ दिइरहेको बताइन्छ । तर यी सबै अनुसन्धानले घटनामा संलग्न व्यक्तिलाई पहिचान गर्न नसकेको बताइको छ।

 Continue reading

पुलिसले पो बन्द गरेछन – खोइ प्रजातन्त्र ?

हिजो आजको ललितपुर बन्दमा बन्द सफल गर्नुमा ललितपुर बासी बन्दकर्ताको भन्दा पनि प्रहरीको बाढी भूमिका रहेको देखिएको छ । प्रत्येक नाकामा तैनाथ दङ्गा प्रहरीले सर्बसाधारणलाइ रोकेर बन्द भएको क्षेत्रमा जान दिइ रहेका थिएनन ।  हुनु पर्ने त सबारी चलाउन चाहाने सबैलाई सुरक्षा दिदै सबारी सुचारु गर्नु पर्नेमा थापाथली लागाएतका नाकामा सर्बसाधारणलाइ छेक्दैमा सुरक्षा हुन्छ त ?

bandakarta_police

यसरी सुरक्षा हुने भएको भए एउटा स्कुटर किन जल्यो ? निम्न फोटोमा जस्तै मानिसहरु किन कुटी रहेका छन् ?

 Continue reading