Explore xNepali - xN Home | Movies & Fun | Nepali Blog | Photo Blog | Tech. Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

आफ्नै पार्टी लगाएत सबै तिरबाट विरोध हुन थाले पछि ए.नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल का छोरा प्रकाश दाहाललेले सगरमाथा चढ्न भनेर नेपाल सरकारबाट लिएको लिएको  रु. २ करोड फिर्ता गर्ने घोषणा गरेका छन्। फेसबुकमा पोस्ट गरेको मेसेज अनुसार "आरोही दलको पत्रकार सम्मेलन २ बजे पार्टी कार्यालयमा" हुने छ ।

press_meet_prakash_dahal

नागरिकन्युजका अनुसार प्रकाशले, ‘सरकारले दिएको २ करोड फिर्ता गर्ने निर्णय गरेको छु र यस विषयमा २ बजे पेरिस डाँडामा पत्रकार सम्मेलन गरी आफ्ना कुरा राख्नेछु।’  भनेका छन् ।

शान्ति र संविधानका लागि सगरमाथा चढ्न लागेको भनेर नेपाल सरकारसँग रु ३ करोड रुपैयाँ माग गरेकोमा सरकारले रु २ करोड मात्रै दिने निर्णय गरेको थियो । शुरुमा सो रकम कम भएको भनेर प्रत्रिक्रिया दिएअक प्रकाश अन्त्यमा सर्बत्र निन्दा हुन थाले पछि पछि हटेन बाध्य भएका हुन ।

माओबादी टिमको सगरमाथा आरोहणको घटनाक्रम:

prakash_preparing_everest ascent

पत्रकार सम्मेलन अपडेट

प्रकाश दाहालले पत्रकार सम्मेलनमा आफ्नो बाबु-छोरालाई नै सगरमाथा आरोहन संग जोडेर बदनाम गराउन खोजिएको बताएका छन्। ब्यापक बिरोध भए पछि सरकारी सहयोग नलिने घोषणा गर्न आयोजित सो समारोहमा सगरमाथा यात्राका संयोजक केसीले जनता संग एक एक रुपैयाँ जम्मा गरेर भए पनि सगरमाथा आरोहण नरोकिने बताएका थिए ।

Incoming search terms:

 

माओवादी अध्यक्षले राजनीतिक तनाव कम गर्न भनेर हिजो हिमालहरुको बीच उडाइने ‘माउन्टेन फ्लाइट’ को सयर गर्नुभएको छ । आफ्नो परिवार र उनी निकट नेता र उनका परिवारको साथमा गरिएको यो खबर पत्रिकाहरुमा छापिएका थिए ।

prachand_mountain_flight

प्रचण्डका साथ हिमाल सयरमा निस्कने नेताहरुमा कृष्णबहादुर महरा, जनादर्शन शर्मा प्रभाकर, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगर र तीनैजना नेताका परिवार थिए । साथै प्रचण्डका भतिजा समीर दाहाल र पुत्र प्रकाश पनि सोमबार बिहान ६ बजेर १५ मिनेटदेखि ७ बजेसम्मको माउन्टेन फ्लाइटमा संगै थिए । पहिले पहिले राजनीतिक तनाव भएको बेलामा धुलिखेल रिसोर्ट जाने गरेका प्रचण्ड अब तनाब कम गर्ने नयाँ नयाँ उपय हरु पत्ता लगाउन थालेको भान हुन्छ ।

प्रचण्डलाइ तनाव हुनु र माउन्टेन फ्लाइटमा जानु कुनै बिरोध गर्नु पर्ने बिषय त होइन तर, मानिसहरुले उनको प्रचण्ड तनावलाई हिमाली हावाले शितलता प्रदान गर्नको लागि जम्बो टिम नै किन जानु परेको होला भन्ने जिज्ञासा गरिरहेका छन् ।

यो सयरले एक हिसाबले माउन्टेन फ्लाइट र यती यरलाइन्सको बिज्ञापन पनि गरिरहेको बुझ्न सकिन्छ । (फोटो क्रेडिट – प्रकाश दाहाल)

Incoming search terms:

 

माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन २०५२ फागुन १ को सम्झनामा मनाइने जनयुद्ध दिबसको उपलक्षमा काठमाण्डौंको खुल्ला मन्चमा भएको एक सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका छन् ।

उक्त सम्बोधनमा प्रचण्डले भने:

सर्वोच्च अदालतले ६ महिनामा संविधान लेख भन्यो। हामीलाई त्यो अदालतको मतलव छैन। हामी जनताको अदालतले भनेको मान्छौं।

prachanda_speaking_in_khullamanch

मोहन वैद्यलेले  भने, "माओवादी त अलिअलि बिग्रेकै हो। अलिअलि बिग्रियौं, पूरा बिग्रन दिन्नौं।" भन्दै, माओवादी पार्टी फुट्ला भनेर आशा गर्नेहरुलाई पार्टी नफुटने बताए ।

अर्का नेता बर्षमान पुनले पार्टी एकताका लागि पद त्याग्नु परे पनि तयार भएको बताए । (फोटो क्रेडिट – प्रकाश दहाल)

Incoming search terms:

 

प्रचण्ड हालै बसोबास गरिरहेको र मासिक एक लाख तीन हजार भाडा तिरिरहेको घरको घरमुली को हो भन्नेमा अन्योल हुनु आफैमा अचम्मको कुरो छ । प्रचण्डले एक पेज लामो बक्तब्य निकाल्न लगाएर यो बिषयलाई झन रहस्यमय बनाएका थिए  । गिरीजाप्रसाद कोइरालाले समेत "नयाँ र फराकिलो घर खोज्न अनुरोध" गरेको उल्लेख गरिएको सो बक्तब्यमा घरधनी र सो घरमा भएको सुविधाको बारेमा केही पनि उल्लेख गरिएको छैन ।

हालै नागरिक दैनिकले "पार्टी उपाध्यक्ष मोहन वैद्य निकट एक केन्द्रीय सदस्य"को हवाला दिदै सो घरकी घर धनी शिशु आर्याल प्रचण्ड निकट व्यापारी अजय सुमार्गीकी श्रीमती अस्मिताकी दिदी भएको पत्ता लागेको बताएको छ।  रिपोर्ट अनुसार, अहिले अमेरिका बसिरहेकी शिशु आर्याल वा उनको परिवारको त्यति महंगो घर किन्न सक्ने हैसियत पनि नभएको बताइएको छ ।

आफूहरू सामान्य घरमा बस्ने अनि १ लाख ३ हजार रुपैयाँ भाडामा लगाउन कसैले पनि करोडौं लगानी गर्दैन

केही महिना अघिमात्र शिशु अर्यालको नाममा पास गरिएको सो भबनको बास्तबिक घरधनी प्रचण्डनै भए पनि देखाउनको लागि मात्र  शिशु अर्याल नाममा पास गरिएको हल्ला छ । प्रचण्डले मासिक एक लाख तीन हजार भाडा तिर्ने कुरा गरे पनि सो भाडाको आय श्रोत नखुलाउनु आफैमा बिबादास्पद छ ।

prachanda_house_lazimpat

मालपोत कार्यालय को रेकर्ड अनुसार ५ करोड २० लाख रुपैयाँमा पास गरिएको भए पनि स्थानीय मानिसहरु चल्तीको भाउअनुसार सो घरको मूल्य  १५ करोड सम्म पर्न सक्ने अनुमान गर्छन ।

साधारण ब्यापारिक हिसाब 

ब्यपारी नभए पनि पैसा ब्यांकमा राख्यो भने ब्याज आउछ भन्ने त सबैलाई थाहा हुन्छ। मलाइ प्रचण्डले काठमांडू बीचको तीनरोपनी जग्गामा बनेको घरलाई रु. १,०३,००० तिरेर बसेको भन्ने कुरा आफैमा हास्यास्पद लागेको थियो  । तेसैले, त्यो घरधनीले घर किन्ने पैसा ब्यांकमा राखेको भए कति आम्दानी हुने थियो भन्ने हिसाब गर्न मनलाग्यो:

मालपोत कार्यालय को रेकर्ड न्यूनतम् र तिरिएको भन्दा धेरै नै कम हो भन्ने थाहा पाउदा पाउदै पनि यदी घरको मूल्य ५ करोड २० लाख नै भएको भए पनि:

शिशु अर्यालले सो रकम (रु. ५,२०,००,०००) नेपालका कुनै पनि ब्यांकमा (नेपाल ब्यांक वा एभरेष्ट ब्यांक, वा कुमारी ब्यांक वा लुम्बिनी ब्यांक ) मा फिक्स डिपोजिटमा राखेको भए उनले पाउने ब्याज मात्र १०%को दरले रु ५२,००,००० हुने थियो । त्यस हिसाबले, उनले मासिक रु. ४ लाख ३३ हजार चानचुन कमाइ गर्ने थिइन ।

प्रचण्डलाई भाडामा दिनुले एक बर्षको घाटा – रु. ३९ लाख ६४ हजार।

नेपाल इन्भेस्टमेन्ट ब्यांकमा राखेको भए उनले अझ बढी ब्याजदर (प्राइम रेट १०.५%) पाउने थिइन भने बाणिज्य ब्यांक र  बंगलादेश ब्यांकमा अझै बढी ११% पाउने थिइन ।

११% ब्याज आउने ब्यांकमा राखेको भए उनलाई भएको बार्षिक घाटा – रु  ४४ लाख ८४ हजार

उनका ब्यापारी साथीका नातेदारले झन्डै ४५लाख घाटामा प्रचण्डलाई घर भाडामा दिन किन त्यो घर किने त?

स्थानीय मानिसहरुले भनेको चल्तीको भाउलाइ साँचो मान्ने हो भने त शिशु अर्यालको बार्षिक घाटा मात्रै डेढ करोड भन्दा बढी हुन्छ । (१५ करोडको ११%का दरले ब्याज मात्रै मासिक १३ लाख ५० हजार हुन आउछ)

प्रश्न उठ्छ:

  • बास्तबिक घरधनी को हो ? (प्रचण्डको बक्तब्यमा यस बारेमा केही उल्लेख छैन)
  • घरमुलीले ४५ लाख देखि डेढ करोड सम्म घाटा खाएर प्रचण्डलाई किन भाडामा राखिन ? (ब्यांकमा नराखेर लगानी गरेमा अझै बढी प्रतिफल आउन सक्छ)
  • मासिक १ लाख ३ हजार भाडा तिर्ने र साथसाथै सोही अनुरुपको जीवनयापन गर्नको लागि चाहिने रकमको लागि प्रचण्डको आय श्रोत के हो?
  • नेताले जनता प्रति उत्तरदायी भएर पहिले नै बक्तब्य निकाल्नु पर्नेमा देशी तथा बिदेशी मिडियामा हल्ला खाल्ला भए पछि मात्र बक्तब्य निकाल्नु गैर जिम्मेबारीपन भएन ?

Incoming search terms:

 

स्वीमिङपुलको कुरा पनि भएको थियो र?

इन्डियन एक्सप्रेसले लेखे अनुसार "टेबल टेनिस हल" चाहिं छ रे!  (फेरी रे कै कुरा – किनकी लामो प्रेस बिज्ञप्तिमा जति हल्ला भएको भए पनि टेबल टेनिसहलको कुरा उल्लेख छैन )

prachanda_residence_lazimpat

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलै भए पनि आफ्ना निजी सचिवमार्फत् प्रेस विज्ञप्ति जारी गर्न आबश्यक  ठान्नु सकारात्मक कुरा नै मान्न सकिन्छ । माघ २१ गते शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा "सम्पूर्ण करसहितमासिक १ लाख ३ हजारको भाडादरमा" लिइएको बताइए पनि पार्किंङको सुविधा बाहेक अन्यके कस्तो सुबिधा छ र सो घरको धनीको बारेमा केही पनि बताइएको छैन ।

प्रचण्डको नयाँ निवासको बारेमा लेखिएका कुरा हरुलाई "गोयवल्स शैलीको प्रचार" भनेर  "सत्य तथ्य नवुझी अन्दाज र नियतको आधारमा त्यस्ता भ्रमपूर्ण समाचार प्रचार–प्रसार" नगर्न अनुरोध गरिएको यस विज्ञप्ति भित्र कति तथ्य लुकेका छन् पाठकहरुलाइ नै छोडी दिउं । प्रेस विज्ञप्तिको पूर्ण पाठ :

 

मितिः २०६८/१०/२१
प्रेस विज्ञप्ति

महान् जनयुद्ध, जनआन्दोलन र शान्ति—प्रक्रियाको नेतृत्व गर्दै आउनुभएका एकीकृत नेकपा(माओवादी)का अध्यक्ष क.प्रचण्डको निजी निवास नयाँबजारबाट लाजिम्पाट सरेपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरुमा सर्वसाधारणलाई भ्रम पर्ने गरी आएका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

सर्वप्रथम हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति प्रक्रियामा आएदेखि नै काठमाडौंका विभिन्न र पछिल्लो समयमा नयाँबजारस्थित एक घरमा भाडामा बस्दै आउनुभएको कुरा सबैलाई जानकारी भइसकेको विषय हो । उक्त घर सुरक्षा संवेदनशीलताका दृष्टिले उपयुक्त नभएको, विदेशी कुटनीतिक नियोग र विशिष्ट अतिथिहरु आउँदा समेत सडकमै गाडी पार्कीङ गरी हिंडेर जानुपर्ने तथा जनतालाई पर्ने असुविधाले गर्दा तत्काल अन्यत्र राम्रो स्थान र घरमा सर्न विभिन्न पक्ष, र शुभचिन्तकहरुबाट बारम्बार सुझाव आइरहेको थियो । यस सम्बन्धी तात्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरीजाप्रसाद कोइरालाले सुरक्षा संवेदनशीलताका कारण नयाँ र फराकिलो घर खोज्न अनुरोध गरेको कुरा स्मरणीय छ। त्यसपछि करिब दुई वर्ष निरन्तर त्यस्तो घरको खोजी भईरहेको अवस्थामा पार्टी, शुभचिन्तक र सचिवालय समेतको पहलमा लाजिम्पाटमा घर भेटिएपछि उक्त घर उपयुक्त हुने ठानी सरिएको कुरा पनि जानकारी गराउन चाहन्छौं ।

अहिले उक्त घर किनेको तथा निवासमा संभ्रान्तवर्गले उपयोग गर्ने विभिन्न सुविधा र स्वीमिङपुलसमेत भएको भनी प्रचारित विषय गम्भीर भएको हामीले ठानेका छौं । सम्पूर्ण करसहितमासिक १ लाख ३ हजारको भाडादरमा लिइएको हालको निवासमा तुलनात्मक रुपमा सुरक्षा, पार्किंङको सुविधाभएको स्पष्ट पार्न चाहन्छौं । तर संभ्रान्तको जस्तो स्वीमीङ पुललगायतका सुविधा भएको भनी गरिएको गोयवल्स शैलीको प्रचारमा गम्भीर षड्यन्त्रको गन्ध हामीले पाइरहेका छौं । यसलाई क.प्रचण्डलाई कुनै न कुनै रुपमा असुरक्षित राख्ने तथा आम कार्यकर्ता र जनपंक्तिमा भ्रम श्रृजना गर्ने षड्यन्त्रको कडीको रुपमा हामीले लिएका छौं ।

श्रद्धेय अध्यक्ष र परिवारको बारेमा जसरी प्रचार गरिएको छ त्यो निराधार, कपोलकल्पीत र पुर्वाग्रहपूर्ण छ । क. प्रचण्ड निरन्तर जनताकै बीचमा रहेर क्रान्तिको नेतृत्व गर्नुभएको र अहिले पनि जनताकै निम्ति संघर्षरत रहनुभएको तथ्य स्पष्ट पार्न चाहन्छौं । तसर्थ त्यस्ता कुप्रचारबाट भ्रमित नहुन आम पार्टी कार्यकर्ता र सर्वसाधारणमा अपील गर्दछौं । साथै सत्य तथ्य नवुझी अन्दाज र नियतको आधारमा त्यस्ता भ्रमपूर्ण समाचार प्रचार–प्रसार र प्रकाशन नगरिदिनुहुन र सत्य तथ्यलाई उजागर गर्न सहयोग पुर्‍याउन पनि सम्पूर्ण मिडियाकर्मी साथीहरुमा अनुरोध गर्दछौं ।

नेपाल अहिले इतिहासको अत्यन्तै संगीनपूर्ण संक्रमणमा भएको बेला गरिने यस्ता प्रचारहरु अत्यन्तै संवेदनशील हुने भएकाले यस संवेदनशीलतालाई ख्याल गर्न पनि हामी सबैमा अनुरोध गर्दछौं ।

समिर दाहाल
निजी सचिव
अध्यक्ष, एनेकपा (माओवादी)
लाजिम्पाट, काठमाडौं।

Incoming search terms:

 

प्रचण्ड नयाँ घरमा सरेको कुराले ठूलै प्रचार प्रसार पायो । यो त्यति हल्ला गर्नु पर्ने बिषय त पक्कै होइन तर, नयाँ घरको बारेमा किनेको वा भाडामा लिएको भन्ने कुरा जनतालाई पारदर्शि रुपमा नबताउनुले बिभिन्न शंकाको बिजारोपण गरेको हो ।

prachanda_new_house1

प्रचण्ड जस्तो ठूलो नेताले राम्रो लुगा लगाउनु पर्छ,  राम्रो ठाउँमा बस्नु पर्छ, र उनी सुरक्षित हुनु पनि उत्तिकै आबश्यक छ । त्यसकारण उनले झुपडीमा बस्नु पर्छ भनेर कसैले भन्छ भने तेस्तो मान्छेलाई अज्ञानी भन्नु पर्छ । तर जनता प्रति उत्तरदायी नेताले जनतालाई अँध्यारोमा राख्न पनि हुदैन । यस हिसाबले, नयाँ घरको बारेमा हुने गरेका यी हल्ला, अड्कलबाजी आदिको जिम्मेबार व्यक्ति पनि प्रचण्डलाइ नै मान्न सकिन्छ ।

भारतीय पत्रिकाहरुमा यो बारेमा समाचार आए पनि अहिले अन्य बिदेशी मिडियामा पनि प्रचन्डको सो बिशाल घरको बारेमा चर्चा परिचर्चा चल्न थालेको छ । बेलायती पत्रिकाले स्वीमिंग पुल र ब्याडमिन्टन कोर्ट भएको अत्याधुनिक बंगलामा सरे पछि उनकै पार्टीका साथीहरु बीचमा नै प्रचण्डमाथि विश्वासको संकट आएको बताएको छ ।

तेस्तै, इन्डियन एक्सप्रेसले १५०० बर्गमिटर क्षेत्रफ़लमा फैलिएको प्रचण्डको घर पूर्ब राजा ज्ञानेन्द्रको निबास बाट आधा किलोमिटरको दुरीमा रहेको भन्दै, उनलाई नेपालको नयाँ राजा बन्न खोजेको सम्मको आरोप लगाएको छ।

यो कुराले प्रचण्डको छविलाई बिगार्न नदिन सक्दो चाँडो पारदर्शि रुपमा सबै बिबरण जनताहरुलाई थाहा दिनु नै उनी लगाएत नेकपा माओवादी पार्टीको हितमा हुन्छ ।

हामीले यो बिषयमा पहिले पनि चर्चा गरेका थियौं (अंग्रेजी लेखहरु) :

 

पौष २९ (जनवरी 14, 2012)

पौष ३० (जनवरी 15, 2012)

  • Nepali Movie – Carrang Gang – नेपाली फिल्म क्यारेंग ग्यांग – स्टारकास्ट नभएको यस द्वन्दात्मक यस फिल्म को अपार सफलता पछि यसको दोश्रो भाग पनि बनेको थियो.  दोश्रो भागमा निखिल उप्रेती लगाएतका नाम चलेका कलाकारले अभिनय गरेका थिए.
  • Earthquake Safety Day – 16 January – भूकम्पीय जोखिम र यसको समाधानको बारेमा जन चेतना जगाउने उद्देश्यले यो दिनमा बिभिन्न कार्यक्रमहरु गरेर मनाइन्छ – सोही बारेमा छोटो बिबरण.

माघ १ (जनवरी 16, 2012)

माघ २ (जनवरी 17, 2012)

  • Maghe Shakranti different moods and modes of celebrations माघे सक्रान्ती पर्बको उपलक्षमा भएका कार्यक्रमको झलक – पार्टी, गोरु जुधाई र खाना हरुको फोटो.

माघ ३ (जनवरी 18, 2012)

माघ ४ (जनवरी 19, 2012)

  • Loot – A Nepali movie review – नेपाली फिल्म ‘लुट’ को समीक्षा. यस फिल्म बर्षकै उत्कृस्ट फिल्म हुने सम्भाबना प्रबल रहेको छ.
  • Youth organizations announce phase-wise protest programmes against fuel price hike – नेपालमा पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिको बिरोधमा युवा संगठनहरुको आन्दोलन.

माघ ५ (जनवरी 20, 2012)

  • Prachanda’s new house / Everest Bank building / owned or leased ? – नेकपा मावोबादिका अध्यक्ष पुष्पकमल दाहाल भब्य नयाँ निवासमा. कान्तिपुर फोटो बिबाद र प्रचण्डपुत्र प्रकाशको स्पस्टीकरण.

माघ ६ (जनवरी 21, 2012)

  • Nepal Army Officer injured while defusing bomb – बम निस्क्रिय पार्ने क्रममा नेपाली सैनिक जवान घाइते भएको सम्बन्धी समाचार.

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network