Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

नेपालका पत्रकार बिश्वास गर्न लायक छैनन भने पनि नेताको त झन के कुरा ! एनआरएन डा. उपेन्द्र महतोको लगानीमा प्रचण्डपुत्र प्रकाश दाहाल उपचारको लागि सुटुक्क रसिया पुगेको समाचार पढेको एकै छिनमा प्रकाशको निम्न फेसबुक पोस्ट पढ्न पाइयो ।

prakash_dahal_fb_post

लौ न कसलाइ पो पत्याउने ?

Continue reading »

Incoming search terms:

 

साथीभाई र कार्यकर्ताको नाडी छाम्न फेसबुकको प्रयोग गरिरहेका प्रचण्डपुत्र आखिरमा ‘रुपान्तरण’ हुने निस्कर्षमा पुगेका छन् । केही समय अघि आफ्नो बाबु भेट्न पाउनु पर्ने माग बाट शुरु भएको यस प्रयोगको निस्कर्ष उनले यसरी ब्यक्त गरेका छन्:

रुपान्तरण हुनुको विकल्पनै छैन. आउने छु फर्केर.. साथीहरुको सहयोग सल्लाह सुझाबको प्रतिक्ष्यामा!!

तेस्तै:

प्रिय मित्रहरुले मेरोबारे लिनु भएको चिन्ता र दिनु भएको सल्लाह सुझाबकोलागि बिशेष धन्यबाद! तपाईहरुको सल्लाह सुझाब अनुसारनै अघि बढ्ने छु र चाडै राजनीतिमै जोडिने छु! तपाईहरुको सल्लाह सुझाबको प्रतिक्ष्यामा रहने छु..

"पार्टीमा झन् सशक्तरूपमा" लाग्ने र "अनाबस्यक अफवाहबाट टाढै बस्दानै फाइदा हुने" निर्णयमा पुगेका प्रकाशले साथीहरुको सल्लाह सुझाबको कारण रुपान्तरण हुने निर्णय गरेका हुन ।

prakash_dahal_desperate moments

रुपान्तरण हुनेलाई स्वागत गर्नुको पनि बिकल्प छैन होला नि !

 

एक अनलाइ पत्रिका अनलाइखबरका अनुसार प्रचण्डपुत्र प्रकाश अहिले भारतीय राजधानी नयाँ दिल्ली स्थित एक सपिङ कम्पलेक्सको काउन्टरमा काम गर्न शुरु गरेका छन् रे । फेसबुक मार्फत आफ्ना साथीहरु संग कुरा गर्दै आफ्नो घरमा कुनै सम्पर्क नगरेको बताउने प्रकाशले, ‘बुबालाई अप्ठेरो होला भनेर मैले फोन पनि गरेको छैन’ भनेको बताइन्छ ।

prakash Dahal_facebook

बुबा, आमा, घरपरिवार र साथीभाइबाट टाढा बस्दाको तनाव कम गर्न किताबहरु पढ्ने गरेको बताउने प्रकाशले दार्शनिक र विश्व प्रसिद्ध व्यक्तिहरुको बारेमा लेखिएका पुस्तक पढ्ने गर्छन रे। आफ्नी नयाँ श्रीमती बिनाको बारेमा भने उनले केही नबताएको बताइन्छ ।

आफ्नी श्रीमती र छोरा छोडेर अर्काकी श्रीमती, बीना मगर, लाइ लिएर गत असार २०देखि बेपत्ता भएका प्रकाशले तेसपछि बेला बेलामा फेसबुक एक्टिभ र डिएक्टीभ गरिरहन्छन। हालै आफ्नो बाबुलाइ भेट्न पाउनु पर्ने माग गर्दै गरेको पोस्टको जवाफमा बिभिन्न नकारात्मक प्रतिक्रिया आउन थाले पछि केही समयमा नै मेटेका थिए ।

Incoming search terms:

 

सगरमाथा आरोहण गर्दाको सहयात्री बीना मगरसंग लिएर बेपत्ता भएका प्रचण्ड पुत्र प्रकाशले आफुले आफ्नो बाबुलाइ भेट्न पाउनु पर्ने माग गरेका छन् । आफ्नी दोश्री श्रीमती र छोरा छोडेर आर्काकी श्रीमतीलिएर भागेका प्रकाशलाइ आफ्नै पार्टीले निस्काशन गरेको थियो ।

आफ्नो छोरा छोरीले जे जस्तो गरेनी बाबु आमाको अगी सधै सानो नै हुन्छन. एउटा छोरा छोरीले बाबु आमालाई भेट्न नपाउने यो कस्तो दुनिया! कस्तो बिडम्बना ! राजनीति भन्ने बितिकै परिवार भन्ने हुदैन र? माया भन्ने चिज हुन्न?? यो संस्कार कसले बनायो?

prakash_dahal_fb_statement

“यथार्थ कुरो चाँही के हो? ” भनेर सोधिएका कमेन्टको उत्तरमा प्रकाश दाहालले, “अरुको परिवार माथि खेलेर सम्पति कमाउने सुरमा हो?” भनेर प्रतिप्रश्न गरेका छन् ।  साथै उनले यो बिषयमा बोल्न इन्कार गर्दै यो घटना उनको निजी जीवन भएको बताएका छन् । प्रकाश थप्छन, “सबैको आफ्नो जीवन आफ्नै हिसाबले हेर्ने, मिलाउने र समय परे आफैले हेर्ने अधिकार छ”।

प्रकाशले सम्पूर्ण नेपाली हरुलाई आरोप लगाउदै भनेका छन् : “नेपाली अरुको परिवार अरुको निजी जीवनमा खेलेर हास्ने र तेसबाट फाइदा उठाउन जानेका छन्।”

prakash_dahal_fb_statement_2

प्रकाशका बाबु प्रचण्ड अध्यक्ष रहेको पार्टी नेकपा माओबादीले यस अघि बहु-बिबाह गरेको आरोपमा बिभिन्न मानिसहरुलाई अपहरण र हत्या गर्ने गरेको थियो । अहिले कार्यकर्ताहरु प्रकाशलाई पनि कारबाही गर्नु पर्छ भन्न थालेका छन् । तर, आफ्नो व्यक्तिगत जीवन भएको तर्क कतिले मान्ने हुन हेर्न बाँकी छ ।

यस बिषयमा आफ्नो बिचार कमेन्टमा व्यक्त गर्न अनुरोध गरिन्छ !

अपडेट - प्रकाशले अहिले सो कमेन्ट आफ्नो फेसबुकबाट हटाइसकेका छन् । हटाईनु अघि सम्म कुनै पनि कमेन्ट सकारात्मक थिएनन र सायद तेसैले उनले सो पोस्ट मेटाएका होलान।

Incoming search terms:

 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले एक बिज्ञप्ति निकाली प्रचण्ड पुत्र प्रकाश दाहाल संगै बेपत्ता भएकी बिना मगरलाई अखिल क्रान्तिकारीबाट निलम्बन गरेका छन् । बिज्ञप्तिका अनुसार बीना मगर ०६९ असार २० गते देखि संगठनको सम्पर्कमा आएकी छैनन । बिज्ञप्तिमा बीना असार २१ गते देखी घरमा नआएकी, २३ गते देखी टेलिफोन सम्पर्कमा समेत नरहेकी, प्रकाश दहाल -बिना मगरको प्रेम चक्करको बारेमा बिभिन्न समाचार आउदा पनि कुनै प्रतिक्रिया नदिएकी, र प्रकाशलाइ पार्टीले कारबाही समेत गरेको हुनाले गंम्भीर "सांस्कृतीक विचलनको प्रश्न तथा आशंका पैदा भएको" बताएका छन् ।

अखिल क्रान्तिकारीले संगठनको तर्फवाट आन्तरीक छानविन गर्ने निर्णय गरेको पनि विज्ञाप्तिमा बताइएको छ।

तत्कालको लागि विना मगरलाई संगठनको केन्द्रीय सचिवालय सदस्य र क्रान्तिकारी स्ववियु काउन्सील, नेपालको संयोजकबाट समेत निलम्वन गरिएको छ ।

bina_magar_annisu(revolutionary) flag_on_everest

बीनाले प्रकाशलाइ भगाएकी हुन कि ?

माओवादी पार्टीले प्रकाशले गल्ती गरेको भनेर कारबाही गर्यो तर पार्टी सदस्य बीनाले गल्ती गरेको अहिले सम्म मानेको छैन । भात्रृ संगठन अखिल क्रान्तिकारीले पार्टीकै कारबाहीलाइ आधार बनाएर बीनालाइ कारबाही गरेको छ । जति पनि समाचार र सोसल मिडियामा गफ हुन्छन सबैले प्रकाशले नै भगाएको मान्दछन । पुरुष प्रधान समाजमा पुरुषले नै भगाएको भनेर अनुमान लगाउन सजिलो छ । बिनालाइ पनि कम आक्न सकिन्न।  विद्यार्थी नेत्री भएर प्रभाब छाड्न सक्ने र सागरमाथ आरोहण गर्ने सहासी युवतीले कुनै युवकलाई भगाउनु कुनै ठूलो कुरा त नहोला ।

प्रकाश आफ्नो बाबु प्रचन्डको प्रभाब र इच्क्षा  हुदा हुदै पनि आफ्नो छुट्टै पहिचान बनाउन नसकेको कुरा कसैबाट लुकेको छैन भने बीना भने आफ्नै लागन र मेहनेतले त्यो तहको नेत्री हुन सकेकी युबती हुन। तेसैले, बिनाले पो प्रकाशलाई भागाएकी हुन कि ?

bina_magar_scandal

 

पाँच दिन देखि सगरमाथा आरोहण गर्दाको सहयात्री युवतीलाइ लिएर बेपत्ता भएका भनिएका प्रचण्डपुत्र प्रकाश दाहाललाइ नेकपा माओवादी पार्टीले अनुशासनको उल्लंघन भएको भन्दै निलम्बन गरेको छ ।

prakash_dahal_with_son

प्रकाशले पहिलो बिबाह माओवादीका सचिव पोष्टवहादुर बोगटीकी छोरी प्रभासंग गरेका थिए । सो जनवादी विवाह धेरै टिक्न नसके पछि केहि समयमा नै "आपसी समझदारी"मा सम्वन्ध विच्छेद गरेका हुन प्रकाशले। त्यस पछि करीब ४ वर्षअघि मात्र पोखराकी श्रृजना त्रिपाठीसँग विवाह गरेर एक छोराका बाउ भइसकेका प्रकाशले अर्की युबतिलाई लिएर भागेको खबरलाई सुखद मान्न सकिदैन ।

एक समाचार अनुसार प्रकाश हाल भारतको पटनामा नेपालमा अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य विना मगरका साथ छन् । सगरमाथा आरोहणको समयमा नै बिना र प्रकाशको बीचको सम्वन्धको बारेमा चर्चा चले पनि यति छिटै भाग्लान भनेर कसैले पनि सोचेका थिएनन । सगरमाथा आरोहणको समयमा दुइजना संगै बसेर खिचेको निम्न फोटो हामीले त्यो बेला नै पोस्ट गरेका थियौं:

हिजो दिउँसो बसेको माओवादी पोलिटब्युरो वैठकमा प्रचण्डले आफ्नो छोराले केटी लिएर भागेको स्वीकार्दै उसलाई कारवाही गर्नुपर्ने प्रस्ताव पनि गरेका थिए । सोही प्रस्ताब अनुरुप प्रकाशलाई पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको भन्दै निलम्बन पनि गरेको छ ।

अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य र सरस्वती क्याम्पसकी स्वबियु सभापति बिना मगर माओवादी कार्यकर्ता शंकर अधिकारीकी पत्नी हुन । हालै फुटेको पार्टीमा बिना संस्थापन पक्षमा थिइन् भने उनका पति शंकर भने बैद्य नेतृत्वको नेकपा- माओवादीका लागेका छन् । (अंग्रेजीमा)

यस अघि पत्रिकाहरुमा सगरमाथा आरोहणको क्रममा प्रकाश र बिना बीचको सम्बन्धको बारेमा छापिएको समाचारहरुका केहि अंश:

पुगेको एक सातामै नाम्चे बजारको लजमै प्रकाश र बिना यति व्यस्त भए कि यी दुईले आरोहण दलका अन्य सहकर्मीलाई उति समय दिनै भ्याएनन् । आरोहण दलका एक सदस्यले बताएअनुसार आधारशिविर नपुग्दै दिङबोचेमा यिनीहरुले देखाएको चर्तिकला हेर्न नसकेर नदेखेझैँ गर्नुपरेको थियो । जब उनीहरु अन्य सहकर्मीसँगै चौथो शिविर पुगे झनै अचाक्ली भयो । युद्धकालदेखि केही समयअघिसम्म मात्रै प्रचण्डको बडिगार्डका रुपमा खटिएका शरद्ले जब प्रकाश र बिनालाई चौथो शिविरको टेन्टभित्र आफैँले अप्ठ्यारो अवस्थामा भेट्टाए त्यहीबेला उनले चेतावनी पनि दिए । तर त्यो घनिष्टता कुनै चेतावनीका सामु झुक्ने कुरै थिएन । अति भएपछि शरद कृष्ण केसी र जनमुक्ति सेनाका बि्रगेड कमान्डर सरल सहयात्रीले प्रकाशलाई सम्झाए । तर त्यो सम्झाइको पनि कुनै काम लागेन ।

दोस्रो शिविर उक्लिनुअघिको रात बिना बिरामीको निहुमा बाटो देखाउन गएका सहयोगी शेर्पासँगै पालमा पसिन् । त्यो बसाइ भने कुनै अनुचित प्रकारको नभएर महिला र पुरुष हार्दिकतासाथ पुरुष-पुरुष वा महिला-महिला कम्युनमा बसेजस्तो बस्न सक्छन् भन्ने सन्देश दिनेखालको थियो । तर चौथो शिविर उक्लिएपछि ती शेर्पा बिनाको साथबाट हटाइए । बिनासँगै गएकी ईशु भट्ट स्वास्थ्यले साथ नदिएका कारण तीन-चार रात बिनासँगै बिताएर फर्किइन् । अनि खाली भएको बिनाको टेन्टमा प्रकाशलाई निम्त्याउन सुरु भयो । कहिले बिनाकहाँ कहिले प्रकाशकहाँ यी दुईको आवत-जावत बढी नै हुन थालेपछि शरद् सरल र कृष्णले दुवैलाई राखेर ठाउँको ठाउँमै ‘वार्निङ’ दिए । तर, दुवैले ‘हैन-हैन कहाँ त्यस्तो हुनु’ भन्दै कुरा टारे । यसबारे वास्तविकता बुझ्न आरोहण दलका सदस्य शिव डाँगीलाई जनआस्थाले फोन गर्दा उनले सुरुमा ‘एकछिनपछि भन्छु’ भने । तर त्यसपछिका फोन उठाएनन् । बरु प्रकाशलाई रिपोर्टिङ गरिभ्याएछन् र प्रकाशले फोन गरेर भने, ‘दाइ शिव डाँगीलाई केही सोध्नुभएको थियो रे ! त्यस्तो केही पनि होइन दाइ; नछापिदिनुस् है !’ युद्धकालमा भए सफायादेखि कारबाही घटुवा आलोचनासम्मका कारबाही हुने सांस्कृतिक अपचलनरुपी यस्तो गतिविधि माओवादीभित्र त्यसै सामसुम पारिएको छ । (जनआस्था)

तेस्तै अर्को खबरमा:

आरोहण टोलीमा संलग्न एक महिला सदस्यसँग प्रचण्डपुत्र प्रकाशले अघि बढएको ‘अन्तरंग सम्बन्ध’ ले सीमा नाघ्न थालेपछि अन्य सहयात्रीहरूले सम्झाउने कोसिस गरे। तर यो सम्बन्धलाई प्रकाशले विशेष सम्बन्धसँग तुलना गर्दै डिस्टर्भ नगर्न चेतावनी दिएपछि सबै चुप भए। ‘कुनै ब्लू फिल्मको सुटिङ गर्न आएका हौं कि सगरमाथा चढ्न? हेक्का राख्नुपर्योई कमरेड’ टोलीका एक सदस्यले दिएको यो सुझावलाई प्रकाशले सहन नसकेपछि झन्डै हात हालाहालको स्थिति भयो।

दारु खाएपछि एक्कासि बौलाउने प्रकाशको चरित्रले कुनै पनि बेला दुर्घटना हुनसक्ने भयले आक्रान्त टोली नेता कृष्ण केसीले प्रचण्डलाई त्यहीँबाट टेलिफोन गरी वस्तुस्थिति अवगत गराएको बुझिएको छ। तर प्रचण्डले कुनै वास्ता गरेनन्। त्यसपछि अर्का सदस्यले आमा सीता दाहाललाई टेलिफोन गर्दै पुत्र प्रकाशको रोमान्स पारिवारिक विघटनको अवस्थासम्म पुग्न लागेको जानकारी गराउँदै थिए। ज्ञानेन्द्रको दिमागमा पारस चढे जस्तै प्रचण्डको दिमागमा प्रकाश राम्रैसँग चढिसकेका रहेछन् भन्ने बुझेपछि टोलीका सदस्यहरू तैं चुप मै चुप भए। आरोहण टोलीमा बिना मगर, कृष्ण केसी, शिव डाँगी, महेश्वर फुयाँल, मदन चुँडाल, युवराज दुलाल, शरद पौडेललगायत थिए। लाहुरेकी क्रान्तिकारी छोरी बिना मगरको शंकर अधिकारीसँग बिहे भइसकेको छ। बिना प्रचण्ड पक्षमा लागेकी छन् भने शंकर मोहन वैद्य पक्षमा खुलेर लबिङ गरिरहेका छन्। बिना आरोहण दलकी एक्ली महिला हुन्। (विक्लीनेपाल)

bina_magar_sagarmatha

Incoming search terms:

 

प्रकाश दाहाल सम्मिलित माओबादी को सगरमाथाको आरोहण टोली बुधबार सगरमाथा तर्फ प्रस्थान गर्ने भएको छ । त्रिभुवन बिमानस्थल बाट सोलुखुम्बुको लुक्ला तर्फ बिहान ८:१५ को बिमानबाट प्रस्थान गर्ने यो टोली ६६ दिन सगरमाथा एरियामा रहने छ ।

चैत २१ मा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक बिशेष कार्यक्रममा राष्ट्रपति डा.रामवरण यादवले सो टोलीका नेता तथा माओवादीका केन्द्रीय सदस्य कृष्ण केसीलाई नेपालको राष्ट्रिय झण्डा उपलब्ध गराएर सगरमाथा आरोहणको शुभकामना दिएका थिए । तेस्तै बुधबार बिहान ६:३०मा लाजिम्पाटमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बिधाई गर्ने कार्यक्रम पनि रहेको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल सम्मिलित भएको सो टोलीलाई यस अघि नेपाल सरकारले २ करोड दिएको बिषयमा सर्बत्र बिरोध भएको थियो । सो बिरोधका कारण टोलीले रकम नलिने निर्णय गरेको सार्बजनिक गरे पनि सो रकम सरकारलाई नै फिर्ता भने अझ सम्म गरेका छैनन । सो रकम नलिने निर्णय गरे पछि रत्नपार्कमा एक दिन चन्दा संकलन गर्न बसे पनि यो आरोहणको खर्च कसरी जोहो भयो भन्ने बारेमा कसैले पनि बताएको छैन । केही समय अघाडी प्रकाशले आरोहणको लागि ३ करोड चाहिने बताएका थिए । तर, यति चाडै त्यति ठुलो रकम कहाँबाट जम्मा भयो भन्ने बारेमा सो टोलीले बताउला भन्ने आशा गर्दै सबै टोली सदस्य शकुसल र सफलता पुर्बक सगरमाथाको यात्रा सम्पन्न गर्न सकुन भन्ने एक्सनेपालीको तर्फबाट शुभकामना ।

 

आफ्नै पार्टी लगाएत सबै तिरबाट विरोध हुन थाले पछि ए.नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल का छोरा प्रकाश दाहाललेले सगरमाथा चढ्न भनेर नेपाल सरकारबाट लिएको लिएको  रु. २ करोड फिर्ता गर्ने घोषणा गरेका छन्। फेसबुकमा पोस्ट गरेको मेसेज अनुसार "आरोही दलको पत्रकार सम्मेलन २ बजे पार्टी कार्यालयमा" हुने छ ।

press_meet_prakash_dahal

नागरिकन्युजका अनुसार प्रकाशले, ‘सरकारले दिएको २ करोड फिर्ता गर्ने निर्णय गरेको छु र यस विषयमा २ बजे पेरिस डाँडामा पत्रकार सम्मेलन गरी आफ्ना कुरा राख्नेछु।’  भनेका छन् ।

शान्ति र संविधानका लागि सगरमाथा चढ्न लागेको भनेर नेपाल सरकारसँग रु ३ करोड रुपैयाँ माग गरेकोमा सरकारले रु २ करोड मात्रै दिने निर्णय गरेको थियो । शुरुमा सो रकम कम भएको भनेर प्रत्रिक्रिया दिएअक प्रकाश अन्त्यमा सर्बत्र निन्दा हुन थाले पछि पछि हटेन बाध्य भएका हुन ।

माओबादी टिमको सगरमाथा आरोहणको घटनाक्रम:

prakash_preparing_everest ascent

पत्रकार सम्मेलन अपडेट

प्रकाश दाहालले पत्रकार सम्मेलनमा आफ्नो बाबु-छोरालाई नै सगरमाथा आरोहन संग जोडेर बदनाम गराउन खोजिएको बताएका छन्। ब्यापक बिरोध भए पछि सरकारी सहयोग नलिने घोषणा गर्न आयोजित सो समारोहमा सगरमाथा यात्राका संयोजक केसीले जनता संग एक एक रुपैयाँ जम्मा गरेर भए पनि सगरमाथा आरोहण नरोकिने बताएका थिए ।

 

माओवादी अध्यक्ष प्रचण्डका पुत्र हाल मानसिक तनाबमा भएको खबर आएको छ । सोही तनाबका कारण हिजो देखि उनले आफ्नो फेसबुक एकाउन्ट पनि डिसेबल गरेका छन् ।

उनका बाबु, प्रचण्ड, मानसिक तनाबमा भएमा धुलिखेल वा माउन्टेन फ्लाइट जान्थे, तर उनका छोराले तेस्तो सिकेका छन् कि छैनन थाहा भएन । तर, अर्को हप्ता उनी माउन्टेन नै चड्ने भनेर तम्सिएका भने पक्कै हुन । सो को लागि सरकारले दिएको २ करोड खर्च गर्छन कि गर्दैनन त्यो भने हेर्न बाँकी नै छ । तनाबको कारण रहेको सो रकमको उपादेयता माथि बिभिन्न मानिसहरुले प्रश्न उठाउदै गर्दा प्रकाश भने "काग कराउदै गर्छ पिना सुक्दै गर्छ" भनेर फेसबुकमा लेख्ने गर्दथे ।

बिरोध गर्नुको कारण

नेपाल जस्तो गरिब मुलुकमा बिकासको लागि, अत्याबश्यक सामग्रीको लागि गर्ने खर्च नहुनु सामान्य हो र २ करोड भनेको सानो रकम होइन । हिमाल चड्न त्यो रकम खर्च गर्नुको साटो बिकास निर्माणमा खर्च गर्ने हो भने त्यति रकमले त एउटा सिंगै गाउलाइ खाने पानी को ब्यबस्था गर्न सकिने, वा एउटा झोलुंगे पुल नै बनाउन पनि पुग्ने जानकार हरु बताउछन । माओबादी नेता सिपि गजुरेलले त्यति रकम भए त दुर्गम स्थानमा एउटा अस्पताल नै बन्न सक्ने प्रतिक्रिया दिएका थिए ।

यसै सन्धर्बमा, बिश्व साईकलयात्री पुस्कर साहलाई सगरमाथा चढन ट्याक्समा छुट दिन गरेको आग्रहलाइ नेपाल सरकारले दिन नमानेको प्रसंग सम्झदै प्रचन्डपुत्र प्रकाश दाहाललाई दीएको २ करोड दिनुको औचित्य माथि पनि प्रश्न चिन्ह लागाइएको हो।

Puskar_shah_tax_rebate

तेस्तै, "माओवादी अध्यक्षका पुत्रको उट्पट्याङ कार्यलाई २ करोड दिएको" भन्दै युवासंघले हिजो राजधानीमा एक घण्टा चक्काजाम गरेको थियो।

बिरोधको रुपमा युवा संघ दोलखा कमिटीले गरेको प्रदर्शनमा एक जुलुसले नाराबाजी गर्दै चरिकोटका विभिन्न भागहरुको परिक्रमा गरेको पनि समाचार आएको छ।

फेसबुकमा त प्रकाश हिम पहिरोमा परेको भनेर एउटा झुठो खबर पनि फैलाइएको छ (तल चित्र हेर्नुहोस, नझुक्किनु होला भनेर रातो अक्षरले "यो झुठो हो" भनेर हामीले थपेको) ।  छेउमा, "यो तस्बिरमा भएका सबै काल्पनिक हुन् l कसैसंग मेल खान गएमा संयोग मात्र हुनेछ l जनता को २ करोड यसै पचाउन मिल्दैन l यसलाई एउटा व्यङ्ग को रुप मा मात्र हेरिदिनुहोला !!" भनेर लेखिएको भए पनि मानिसहरुले साँचै भएको ठानेर कमेन्ट गरिरहेका छन् l झुठो भनेर थाहा पाउनेले पनि बिरोध स्वरूप यस झुठको प्रचार गरिरहेका छन् l

fake_news
यसरी बिरोध भइ रहदा, प्रकाश र माओबादी पार्टिका आरोहीहरुले सो रकम नलिने घोषणा गर्नु नै उपयुक्त निकास होला भन्ने हामीलाइ लागेको छ l

अपडेट – ‘खबर भित्रको खबर’ टीभी कार्यक्रम: 

उपडेट:

नागरिक दैनिकका अनुसार – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशलाई सगरमाथा आरोहणका लागि सरकारले २ करोड रुपियाँ उपलब्ध गराउन लागेको विरोधमा राजधानीका सबैजसो क्याम्पस अगाडि विद्यार्थीहरुले चक्का जाम गराएका छन्।

 

नेकपा माओबादी प्रचण्ड पुत्र प्रकाश दाहाल सम्मिलित एक टिमले सगरमाथा चड्दैछ (फोटो सहित अंग्रेजी लेखको लिंक) भन्ने कुराको बारेमा हामीले बिगतमा लेखेका थियौं। यो अभियानको अलिअलि बिरोध त पहिले पनि भएको हो तर जब यसको खर्च २-३ करोड लाग्ने कुरा सार्बजनिक भयो त्यस पछि  बिरोधको स्वर अलिक बढेको छ । त्यहि कुरा लाइ इंगित गर्दै प्रकाशले आफ्नो फेसबुकमा यस्तो गुनासो गरेका छन्:

यो मिडियाले नि! गर्नु गर्यो !! राम्रो कामलाई राम्रो त भन्नु पर्छ. सगरमाथा चाद्नु शान्ति र संबिधानको लागि दबाबको रुपमा, लुम्बिनी र सगरमाथा नेपालमा हुदानी हामी किन पछी भनेर!!! हौशला दिनु त कता कता किन तेस्को बिरोध ! बास्तवमा नेपालमा केहि विकास हुन नदिनुमा यो मिडियाको मुख्य हात छ. गर्नुस बिरोध तर हाम्रो दबाबमुलक यात्रा रोकिने वाला छैन!! तपाईहरुको कामनै राम्रोलाइ नराम्रो भन्नु भए पछी!!!!

कुरा एक प्रकारले ठिकै हो । उहाँ हरुले कुनै काम नै बिताएर सगरमाथा चड्ने पनि होइन ।  केही कमेन्टहरु प्रकाश दहालको कुरामा सहमत छन्। समर्थन गर्ने कमेन्टहरु: "ठिक भन्नु भो", "ब्यबसायिकता नहुने हरु अलपत्रकारहरु ले त्यसो गरेको",  र उनको आरोहण  को सफलताका शुभकामना दिने खालका छन् । तर बिरोध गर्ने खालका कमेन्टमा भएका कुराहरु पनि नाजायज भने छैनन:

किरण बुढा मगर भन्छन, " सगरमाथा चढ्दा लाग्ने खर्चले बरु अन्य सामाजिक बिकासको लागि लगानी गर्दा अति सान्दर्भिक हुन्छ। मेची देखि महाकाली सम्म जनचेतना मुलक अभियान नराम्रो होइन समस्या सगरमाथा चढ्दा अनाबास्यक खर्च हुने त्यो ठुलो रकम हो चाहे त्यो दलित को नाममा होस चाहे त्यो कर्मचारीको नाममा होस्। दलित सागरमा चढ्दैमा समाजको आमुल उद्पिदन अन्त्य हुने पनि होइन र प्रकाश जीहरु सगरमाथा चढेर यावत समस्या को हल हुने पनि होइन यसमा बिचार गर्दा नै राम्रो र सरकारले पनि यी अनाबस्यक खर्च दिन बन्द गर्नु पर्छ। तसर्थ ३ करोड २ करोड सानो रकम होइन यसले ठुलै बिकासका कार्यहरु ग्रामिण भेगहरुमा सम्पन हुनसक्छ यता पट्टि सोच्दा बरु जनमत सिर्जना होला सगरमाथा चढेर जनमत सिर्जना होला वा संबिधान निर्माणमा दबाब सिर्जना होला भन्ने भ्रममा नपर्नु भए राम्रो हुने थियो।"

खेम थपलिया भने अझै खरो रुपमा उत्रिएका छन्, "प्रकाशजी, तपाईंको यो अभियान असान्दर्भिक र अवैज्ञानिक छ । यो तपाईंको ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै हो ।"

अर्का टेन्सन माइलो बन्दीपुरे लेख्छन, "तिन करोडले त रुकुम रोल्पामा सानो तिनो विकास पो हुन्छ त सरगरमाथा चढ्ने खर्च बरु त्यता खर्च गर्न सके त सबैले वाहा वाहा गर्थे होलानी । शान्तिकोलागि भनेर सगरमाथा चढ्दा सगरमाथाले शान्ति दिने होईन । त्यसैले त्यो रकम गरिव नेपालीहरुकोलागि विकास खर्चमा लगाए राम्रो । अब नेपालमा सगरमाथा चढेर विकास हुने भएत सबै जना सगरमाथानै चढ्थे होलान् नी ।"

लिविंग लुन्ग्खिम को भनाइ – "कम्रेड, देशको ढुकुटी रित्याएर नाम कमाउने प्रयास नगर्नु, त्यो २/३ करोड ले त पश्चिम नेपालका पिछडिएका गरिब बर्गका नेपाली हरुलाई शिप मूलक तालिम केन्द्र र कारखाना खोली दिने हो भने रास्ट्रको लगानीमा देश बासीलाई राहत पुग्थ्यो कि?"

तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला ।

prakash_dahal-sagarmatha

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network