माल्भिका सुब्बा ले आमा बन्ने घोषणा गरेको केहि दिनमा नै अर्कि मिस नेपाल, झरना बज्रचार्यले पनि आफु आमा बन्न लागेको घोषणा गरे पछि मलाइ अहिले मिस नेपालहरुको आमा बन्ने बेला पो रहेछ कि जस्तो लागेको छ ।
माल्भिकाले जस्तै झरनाले पनि फोटो बाँड्ने इन्स्ट्राग्राममा पोष्ट गरेको फोटोमा उनि यहि अप्रिल १४ अर्थात चैत्र २७ गते आमा हुने देखिएको छ । उनले अंग्रेजिमा आमा बन्न लाग्दाको क्षण उनिहरुको लागि सबै भन्दा धेरै उत्सुकताको क्षण भएको बताएकि छिन ।
भिडियो रिपोर्ट :
झरना बज्राचार्य मिस नेपाल १९९७ हुन । उनले मलेशियन नागरिक राहुल अग्रवालसंग एक वर्ष पहिले २०७१ सालको साल फाल्गुण २१ गते विवाह गरेर मलेशिया बसाइ सरेकि ।
झरनालाई सुखद मातृत्वको लागि मेरो धेरै धेरै शुभकामना |