५ प्रचण्ड चुनौति

नेपालको ३९औं प्रधानमन्त्रि माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए संगै उनले धेरै चुनौतिका सामना गर्नु पर्नेछ । प्रजातन्त्र आए देखि कुनै पनि सरकारले आफ्नो कार्यकाल पुरा गर्न् नसकेको यो अबस्तामा प्रचण्डको कार्यकाल पनि संधै धुकचुक धुकचुक भइ रहने निश्चित नै छ । यस बिच मैले मलाइ लागेका उनका मुख्य मुख्य पाँच चुनौतिहरु भिडियोको रुपमा प्रश्तुत गरेको छु :

 Continue reading

नेपालका ३८ औं प्रधानमन्त्रि केपि ओलिको परिचय

खडग प्रसाद ओलि अर्थात केपि ओलि  वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मेका हुन । उनि बाबु मोहन प्रसाद र आमा मधुमायाका जेठा छोरा हुन । चार बर्षको सानै उमेरमा ठेउलाले आमालाइ लागे पछि केपिलाइ उनकि हजुरआमा राममायाले हुर्काएकि हुन । बच्चा बेलामा नाम ध्रुब भए पनि स्कुल भर्ना गर्ने बेलामा उनका बाबुले खड्ग प्रसाद नाम राखिदिएका थिए। उनले पाँच कक्षा सम्म प्रणामि निम्न माध्यमिक स्कुलमा पढेका थिए ।

भिडियो परिचय:

१४ बर्षमा नै, वि.सं. २०२२ सालमा, कम्युनिष्ट राजनीतिमा होमिएका ओलीले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता भने २०२६ सालमा लिएका थिए । उनी २०२८ सालमा भएको झापा आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक हुन् ।

केपिले यहि सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति डा. रामबरण यादव मार्फत प्रधानमन्त्रि पदको शपथ लिएका हुन्। ओलिले देउताको सट्टा देश र जनताका नाममा शपथ ग्रहण गरेका छन्।

kp oli

केपिले २०४८ साल, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचन जितेका थिए भने ओलिले पहिलो संविधानसभामा भने झापा ७ बाट पराजित भएका थिए । संविधानसभाको २०७० सालको दोश्रो निर्वाचनमा उनि झापा क्षेत्र नं ७ बाट नै नेकपा एमालेको तर्फबाट निर्वाचित भएका हुन् ।

 Continue reading

Incoming search terms:

  • केपि ओलि

प्रधानन्यायधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने सहमति, म्याद थप्न पाउने पनि सहमति

khilraj regmiप्रमुख राजनीतिक दलहरुले बहालवाला प्रधानन्यायधीशलाई चुनाव गर्ने जिम्मेबारी पाएको मन्त्रीपरिषद्को अध्यक्षता गर्न दिने सहमती गरेका छन् । यस चुनाबी सरकारको मुख्य जिम्मेवारी भनेको निर्वाचन गर्नु मात्र रहने भएकोले दीर्घकालीन प्रकृतिका कामहरु नगर्ने सहमति गरिएको छ ।

प्रमुख तीनदल र मधेसी मोर्चाका सिर्शस्थनेताहरु बीच बसेको बैठकले एक ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि आगामी सरकारको अध्यक्षता खिलराज रेग्मीले गर्ने भएका हुन ।

रेग्मीले बिहिबार बिहान पद तथा गोपनियताको सपथ लिने कार्यक्रम पनि तय गरिएको छ ।

सहमतिका अनुसार अन्तरिम सरकारले असार ७ भित्र निर्बाचन गर्ने उल्लेख भए पनि सो सम्भब नभएमा मंसिरसम्म म्याद थप्न पाउने ब्यबस्था पनि राखिएको छ ।

मन्त्रिपरिषदका सदस्यहरुको नियुक्तिको जिम्मा पाएका नयाँ प्रधानमन्त्री रेग्मीले निजामती सेवाका अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीहरुमध्येबाट मन्त्री बनाइने पनि सहमतिमा उल्लेख छ ।

 Continue reading