प्रियंका कार्कि ३० को दशकमा टेकिन, अव त बिहे गर्ने हो कि ?

शिवरात्रिमा जन्मेकि प्रियंका कार्कि अहिले ३० बर्षकि भएकि छिन । बिए पढ्दै गर्दा प्रेम बिवाह गरेकि प्रियंकाले छोटो समयमा नै पारपाचुके गरेर एकल जिवन बिताइ रहेकि छिन । उनका पुर्व पति रोचक मैनालिले पनि हालै दोश्रो बिवाह गरेका छन। अव त प्रियंकाले पनि विवाह गर्ने होला नि ।

प्रियंका अहिले नेपालि सिने क्षेत्रमा सबै भन्दा ब्यस्त अभिनेत्रि हुन। अभिनयका साथ साथै गायन, नाच र कोरियोग्राफि मा सक्रिय प्रियंका छोटो समयमा नै सफल अभिनेत्रिको रुपमा स्थापित भएकि छिन ।

प्रियंकालाइ जन्मदिनको उपलक्षमा मंगलमय शुभकामना छ ।


 Continue reading

बलिउड र नेपालि अभिनेत्रिहरुको भब्य प्रस्तुति र सैनिक बिवाद, राजेश हमालले के भने? (भिडियोहरु)

गत शनिबार, जेष्ठ १ गते, सैनिक मञ्च टुडिँखेलमा सैनिक श्रिमति संघको आयोजनमा भुकम्पपिडितको सहयोगार्थ एक च्यारिटी शो कार्यक्रम सफलता पुर्वक सम्पन्न भए लगत्तै सो कार्यक्रमसंग जोडिएका विभिन्न विषयहरु विवादित भएका छन । बिवादका बिषय निम्न छन:

१. भारतिय नायिका सोनाक्षि सिन्हालाइ स्वागत गर्न सैनिक जर्नेल समिर शाह सैनिक पोशाकमा उपस्थित भएको घटना
२. सैनिक मञ्चमा नायिकाहरुलाइ नचाएर यसको दुरुपयोग गरेको
३. प्रहरिले सुरक्षा दिए हुने कन्सर्टमा सैनिक सुरक्षा दिएको

https://www.youtube.com/watch?v=Nr4kKuAARhY

सैनिक जर्नेलले स्वागत गरेको बिषयमा जन गुनासोको लागि खडा गरिएको “हेलो सरकार” मार्फत उजुरि परेपछि रक्षा मन्त्रालयसँग सेनाको दुरुपयोग भएको बारेमा स्पष्टिकरण मागिएको थियो । यो बिषयमा एक अनलाइन संग कुरा गर्दै सैनिक प्रवक्ता सहायक रथि ताराबहादुर कर्किले सैनिक मञ्च सबै हिसाबले सेन्टरमा भएको र अन्य ठाउँभन्दा धेरै भिड पनि थेग्न सक्ने भएर प्रयोग गरेको बताएका छन ।

सैनिक जर्नेल समिर शाह सैनिक पोशाकमा हिरोइनलाई स्वागत गर्न नगएको बताउँदै प्रवक्ताले शाहको कार्यक्षेत्र विमानस्थल नै भएको र सेनाले बोलाएको पाहुना आउन लागेको हुनाले उनि त्यहाँ हुनु संयोग मात्रै भएको बताएका छन ।

साथै, सो कार्यक्रम व्यापारिक प्रयोजनका लागि नभएको, सेनासँगै जोडिएको एउटा संघले आयोजना गरेको हुनाले पनि सैनिक मञ्च प्रयोग हुनु स्वभाविक भएको प्रवक्ता कार्कीले बताएका छन् । उनले सो प्रयोग सेनाले आफ्नो कार्यविधिमा नै रहेर मञ्चको प्रयोग गरेको बताएका छन् । उनले, हिरोइन नाच्दैमा दुरुपयोग भएको भन्न मिल्दैन पनि भनेका छन् ।

यो बिषयमा रक्षा मन्त्रालयको पनि चासो दिएर अनुसन्धान गरिरहेको छ ।

तेस्तै, नेपालि अभिनेता राजेश हमालले प्रश्न उठाएको बारेमा निम्न भिडियोमा चर्चा गरिएको छ :

 Continue reading

नेपालका उत्कृष्ट १० पुरुषहरु र उत्कृष्ट १० महिलाहरु

यो नेपालका उत्कृष्ट १० पुरुषहरु र र उत्कृष्ट १० महिलाहरुको सुचि  कान्तिपुर को साप्ताहिक प्रकाशन “साप्ताहिक”मा प्रकाशित भएको थियो | सुचिका नामहरु बाहेक अरु सबै कुरा – लेखेको, भनेको, भिडियो बनाएको,  रेकर्ड गरेको, अपलोड गरेको, सबै मैले आंफैले गरेको गरेको हुँनाले यो कतै बाट सारिएको पोष्ट होइन । उत्कृष्ट १० महिलाको बारेमा अँग्रेजिमा पहिले नै लेखेको भए पनि पुरुषको बारेमा निम्न भिडियो भर्खरै तयार भएको हो :

उत्कृष्ट १० आर्कषक पुरुषहरु:

  1. अनमोल केसि (अभिनेता)
  2. विमल घर्तिमगर (खेलाडि)
  3. दयाहाङ राइ (अभिनेता)
  4. पारस खड्का (खेलाडि)
  5. सौगात मल्ल (अभिनेता)
  6. आर्यन सिग्देल (अभिनेता)
  7. प्रबल गुरुङ (फेसन डिजाइनर)
  8. अनुपविक्रम शाहि (अभिनेता)
  9. आयुष्मान देशराज जोशि ((अभिनेता), टेलिभिजन प्रस्तोता)
  10. राजेश हमाल (अभिनेता)

उत्कृष्ट १० आर्कषक महिलाहरु:

 Continue reading

बाल्यकालमा १३ चर्चित नेपालि कलाकारहरु कस्ता थिए ?

हामीले चिनेजानेका कलाकारहरु आफ्नो बालककालमा कस्ता थिए होलान ? आज मा तपाईहरुको कौतुहल मेटाउने प्रयास गर्दैछु, १३ जना फिल्म कलाकारहरुको बाल्यकालको फोटोको बारेमा यो रिपोर्ट बाट (हेर्नुहोस भिडियो) :

राजेश हमाल

नेपालि चलचित्र क्षेत्रका महानायक राजेश हमाल सानै देखि हेन्डसम हुन । उनका बच्चा बेला देखिका फोटो हेर्दा लामो कपाल पाल्ने रहर सानै देखि भएको बुझ्न सकिन्छ। सयौँ चलचित्रमा अभिनय गरी, दर्शकको मन जितेका हमालको जन्म सन् १९६४ मा पाल्पामा भएको हो । चन्डिगढ विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा मास्टर डिग्री गरेका राजेश नेपालि चलचित्र क्षेत्रमा पढेलेखेका कलाकार मध्येका एक हुन । राजेशहमालका बाल्यकालका फोटोको बारेमा अंग्रेजि ब्लगमा पनि चर्चा गरेको छु ।

RAJESH HAMAL CHILDHOOD PHOTO

जल शाह

एक जमानाकि चर्चित अभिनेत्रि जल शाह अहिले यस क्षेत्रबाट पलायन भए पनि उनको अभिनय कौशल पुराना फिल्म मा देख्न सकिन्छ । सन् १९८२ मा जन्मेकी जलले धार्मिक चलचित्र “श्रि स्वस्थानि”बाट अभिनय यात्रा सुरु गरेकि हुन् । ब्यापारिक हिसाबको फिल्ममा उनको पहिलो फिल्म “अवतार” थियो जसमा उनले १४ बर्षको उमेरमा अभिनय गरेकि थिइन ।

jal shah childhood photo

मनिषा कोईराला

बलिउडकि चर्चित अभिनेत्रि मनिषा सुन्दर शारिरिक बनावट र कुशल अभिनयका कारण भएकि हुन । नेपालि चलचित्र “फेरी भेटौँला”बाट आफ्नो अभिनय यात्रा सुरु गरेकि मनिषा नेपालको कोइराला खानदानकि सदस्य र बिपि र गिरिजाकि नातिनि हुन  । उनको पहिलो बलिउड चलचित्र चाँही “सौदागर” हो ।ओभेरियन क्यान्सर लागेर सन्चो भएकि मनिषा अब फेरि फिल्म क्षेत्रमा फर्कने सुरमा छिन ।

 Continue reading

५ नेपालि अभिनेत्रि, गाउन मनपराउँने

नेपाली सिने क्षेत्रमा जम्नको लागि अभिनेत्रिहरुले अभिनय र  नृत्य गर्न जान्नु पर्ने पहिलो शर्त हो । त्यस्को साथ साथै अन्य  कलाका बिधामा पनि पारंगत हुनु राम्रो मानिन्छ । तेसैले होला प्राय: अभिनेत्रिहरु गाउन पनि थालेका छन । गाउने रहर भएका यि अभिनेत्रिहरु माध्ये केहिले त गिति गाएर म्युजिक भिडियो पनि बनाएका छन् । आज हामि तेस्तै अभिनेत्रिहरुको चर्चा गर्ने छौं जस्ले गायक भएर गित वा अल्बम नै रिलिज गरिसकेका छन् । आज हामि अभिनेत्रिहरु नम्रता श्रेष्ठ, प्रियंका कार्की, रेखा थापा, र निरुता सिंह गायकिय क्षमताको चर्चा गर्नेछौं ।

भिडियो रिपोर्ट

रेखा थापा

अभिनेत्रि रेखा थापा नेपालि फिल्म क्षेत्रमा एक नंबर अभिनेत्रिको रुपमा लामो समय सम्म राज गरेकि अभिनेत्रि हुन । उनले “समिक्षा” नाम गरेको एक एल्बमको “जिन्दगीको लामो यात्रा ..” बोलको एउटा  गितमा आवाज दिएकि छिन् ।  उक्त गितमा रेखालाइ नृत्य निर्देशक शकंर बिसीले साथ दिएका छन्। त्यसको साथै उनले “अजम्बरि नाता”को एउटा गितमा पनि आवाज् दिएकि थिइन ।

rekha thapa smile 2

रेखाले अन्तर्वार्ताहरुमा आफ्ना फिल्मका गितहरु पनि आफ्नो स्वरमा गाएर सुनाउने गरेकि छिन।

प्रियंका कार्की

उत्क्रिष्ट अभिनय गर्ने अभिनेत्रिको रुपमा परिचित प्रियंका कार्कीले पनि हालै एक गित को म्युजिक भिडियो रिलिज गरेकि छिन् । बच्चु कैलाशको सदाबहार गित “तिमीले त हैन…”  बोलको गितलाइ उनले गाएको गितले राम्रै रेस्पोन्स पाएको छ । प्रियंका अभिनेत्रि बन्नु भन्दा पहिले, स्कुले जिवनमा, नृत्य का साथ साथै गित पनि गाउने गर्थिन रे। तर एसएलसि दिए पछि उनले अभिनयलाइ नै पहिलो प्रथमिकतामा राखेर अघि बढिन । अव्, उनले आफ्नो गायनलाइ पनि संगै लिएर जाने सोच लिएको बुझ्न सकिन्छ ।

priyanka-karki-summer-love-unveiling3

नम्रता श्रेष्ठ

नेपालि सिने क्षेत्रकि अर्कि उत्क्रिष्ट अभिनेत्री नम्रता श्रेष्ठले पनि गायिका हुने रहर गरेकि छिन् । उनले आँफैले निर्माण गरेको पहिलो चलचित्र “सोल सिस्टर”को एउटा गित गाएउनुको साथै कन्सर्ट्मा लाइभ पनि गाएकि थिइन ।

priyanka karki and namrarata shrestha hot dress

निरुता सिंह

आजकाल नाम त्यति नसुनिने अभिनेत्रि निरुता सिंह आफ्नो जमानाकि माथिल्लो दर्जाकि अभिनेत्रि हुन । केहि वर्ष अघि त्निरुताले गाएको गित चर्चित भएको थियो । अरु अभिनेत्रिहरु जस्तै अभिनयमा सफल भए पछि निरुताले पनि गित गाएकि थिइन । उनले गाएको “छाडि जाने मायालुलाई …”  बोलको गितमा उषा खड्गि ले अभिनय गरेकि छिन ।

niruta singh

अनु शाह

अर्कि उदियमान अभिनेत्रि अनु शाहले पनि मोडलिङ, अभिनय हुँदै गायिका हुने पनि जमर्को गरेकि छिन । संगितकार चेतन सापकोटाको सहयोगमा अनुले चलचित्र “सकस”को लागि एउटा गित गाएकी छिन् । “खुशि नै छ खुशि …” बोलको उक्त गित भने अहिले सम्म बजारमा आइ नसकेको हुनाले अनुको आवाज कस्तो छ भन्न नसकिने अबस्था छ ।

anu shah

गाडि खरिदको बारेमा चलेका हल्लाको बारेमा प्रियंका कार्किको खेद

प्रियंका कार्किले हालै खरिद गरेको कारको बारेमा बजारमा चलेको हल्लाको जवाफमा निम्न कुराहरु बताएकि छिन (सबै दिर्घलाइ ह्रस्व बनाइएको छ):  यो बारेमा nepaliactress.comमा शुक्रबारको रिपोर्ट पढ्न सक्नु हुने छ। त्यस पछि बजारमा प्रियंकाले भुकम्प पिडितको लागि जम्मा गरेको राहतको पैसाले गाडि किनेको हल्ला चलेको थियो ।

***

मेरो गाडिको बिषयमा धेरै ना-ना थरि कुराहरु सुन्दै छु, पढदै छु। एकदम चित्त दुखेर आयो। मेरो सबै फ्यान र शुभचिन्तकहरुलाई मेरा केही कुराहरु राख्दै छु। पहिलो कुरा, भुकम्प जानु दुइ दिन अगाडि गाडि घर भित्र्याइ सकेकि थिए। गडि किनेर घरमा पुजाको तयारी मात्र के गर्दै थियौ, दुइ दिन भित्रै बिनाशकारि भुकम्प आयो। त्यस पछि धेरै रात म त्यहि गाडिमै सुतेकि पनि छु।

अब आयो UK को च्यारिटिको पैसा, त्यो पैसा अहिले सम्म हाम्रो UK को कार्यक्रम organiser हरुले नेपाल पठाउनु भएको छैन। हामि त्यहा हुदा, ५ कार्यक्रमबाट ५ लाख उठाउन सफल भयौ। तर त्यो ५ लाखमा अझै अरु पनि स-साना कार्यक्रमहरु गरेर अझै रकम थपेर अनि नेपाल पठाउने भनेर त्यो पैसा अझै UK मा, त्यहाको organizers सङै छ। र रहयो कुरा मेरो UK को कार्यक्रमको पारिश्रमिकको, UK को कार्यक्रम भुकम्प जानु २ महिना अगडी फाइनल गरिएको थियो। ५ शो गरे बापत येति पारिश्रमिक भनेर नि तोकिसकेको थियो, तर जब परिस्थिति त्येस्तो भयो, म, अन्जु पन्त दिदी र शिव परियार जि ले लिनु पर्ने हाम्रो पारिश्रमिक पनि लिएनौ।

आज निकै दुख साथ यि कुरा हरु लेख्दै छु म। जति जे गर्न खोजे पनि हामी सधै नराम्रो हुदो रहेछौ। UK बाट फर्के देखि मैले धेरै पटक गर्भ साथ शेर गरे कि हामिले ५ लाख उठायौ। के त्यो ५ लाख मा मेरो गाडी आयो होला त? अलि अलि तपाईंहरु पनि बुद्धि लगाउनुस न। हुनै नसक्ने कुरामा येतिकै औला उठाउने, आरोप लगाउने?

म पनि त सामान्य घर कि सामान्य चेलि हु नि। मैले पनि त धेरै मेहेनत गरेर पहिलो गाडि किन्दा, खुशि महसुस हुन्छ, साथी- भाइसंग, आफन्तहरुसंग, शुभचिन्तकहरु संग खुशि शेयर गर्न मन हुन्छ। सायद यहाँहरुले मेरो खुशिमा साथ दिनु हुन्छ, मलाइ बधाई दिनु हुन्छ भनेर सोच्नु नै मेरो मुर्खता रहेछ।

जुन दिन UK मा गरेको च्यारिटिको पैसा नेपाल आइ पुग्छ, त्यो पैसा बोकेर “charity money” एउटा कागजमा ठुलो ठुलो अक्षरले लेखेर, फोटो खिचेर हाल्ने छु। सबैलाइ बिश्वास गराउन त्यहि गर्नु पर्ने रहेछ। यहाको चलन येहि रहेछ।

र, अब अन्तिममा मेरा असलि शुभचिन्तकहरुलाई, अहिले जहाँ त्यहा मलाई गलत आरोप लागि रहेको बेलामा यहाँहरुको जुन साथ पाइरहेकि छु, त्यसले शिर कहिले नझुकाउने प्रेरणा मिल्छ मलाइ, आत्मबिश्वास मिल्छ मलाइ, म एक्लै छुइन भन्ने आभास हुन्छ। तपाइहरुको बिश्वासलाई चोट पुराउने काम कहिले पनि गर्दिन। यो कसम खान्छु आज म।

***

शुक्रबार प्रियंकाले आफ्नै कमाइले कार खरिद गरेको भनेर निम्न फोटो शेयर गरेकि थिइन:

मेरो पहिलो गाडी:

हुन त भुकम्प आउन ठ्याक्कै २ दिन अगाडी किनेको थिए। तर शेर आज मात्र गर्दै छु। यहाँहरुको माया र साथले जुन सफलता दिलायो, आज यो त्येसैको फल हो, मेहेनतको फल हो,  मलाइ माया, साथ, हौसला दिनु हुने सबैलाइ भित्र हृदयबाट धन्यवाद

Priyanka karki car

नोट – यो लेखमा  ‘सजिलो नेपालि’ प्रयोगको लागि सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।

जन्मदिनमा अभिनेत्री प्रियंका कार्कीको परिचय

बिक्रम सम्बत २०४४ फाल्गुण १५ (सन् १९८७ को फेब्रुअरी २७), शिब रात्रीका दिन जन्मिएकी प्रियंका कार्की आज २८ बर्षकी भइन ।

priyanka karki (3)

१८ वर्षको उमेरमा उनले मिस इन्टिलिजेन्ट पेजेन्ट जितेर रंग क्यारियरको शुरुवात गरेकी प्रियंका सन २००५ को मिस टीन नेपाल पनि भइन् ।

उनको अभिनय यात्रा कान्तिपुर टिभीबाट प्रसारण हुने ‘घरबेटी बा’देखि सुरु भएको हो । त्यस पछि कान्तिपुर टिभीमा नै बिभिन्न कार्यक्रम संचालन गर्दा गर्दै फिल्म सम्बन्धी अध्ययन गर्न अमेरिका गाइन । सन् २००६ मा ‘सेल्युलोइड’ नामक कार्यक्रम चलाएकी थिइन । तेस्तै उनले संचालन गरेको अर्को कार्यक्रम ‘द ग्ल्याम फ्याक्टर’ जीवनशैलीमा आधारित कार्यक्रम थियो ।

 Continue reading

महानायिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !

यो चिठी एक प्रियंका कार्कीका एकतर्फी प्रेमी ले प्रियंकाको लागि भनेर लेखेको एक चिठी हो । उनले यो चिठी एक अनलाइनफोरममा पोस्ट गरेका थिए:

आदरणीय महानियिका प्रियंका कार्कीजी,

नमस्ते ।
आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु । हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ हजुरको बारेमा केहि नलेखिदिनु भनेर आग्रह गर्नु भएको थियो । तर आज परिस्थिति बदलिएको छ । हिजो हजुर नर्थ अलाबामाको साधारण बिद्यार्थी हुनु हुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानायिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ । छोटो अवधिमै हजुरको यस्तो प्रगति देखेर म भन्दा ज्यादा शायद अरु कोही पनि खुशी छैन् होला ।

priyanka karki

प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केही अस्तित्व छैन। तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु । कुरो हजुर नेपालमा छँदाको हो ।  मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे । हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन….(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)….फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछु ।

समय बित्दै गयो । पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढदै हुनुहुन्छ भन्ने कुरा चाल पाएँ । अब त मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुशी भएँ । त्यस पछि मैले नर्थ अलाबामा जाने निधो गरेर तेही अनुरुप पैसा जम्मा गर्न थालें । २००८ को समरमा म अलाबामा आउने पक्का भइसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो । साइबर संसारमा हजुरले त एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो । नेपाली भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त छाँगोबाट खसे सरह भएँ । मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे । तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए । उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो । यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे ।

समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे । कहिले हजुर नेपाली भएर कलेजमा "धोती" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो । यस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो । मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे ।

शायद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए । साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर । तर मैले सबै आशाहरु मारी सकेको थिए । हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए । बिवाहको फोटो मैले साइबर संसार बाट हेर्ने मौका पाएँ । हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो, हगि ? पछि हजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले । सुहागरात अगाडीका फोटो र तेसपछिको फोटो बिस्लेशण गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे । हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकज्युलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए ।

 Continue reading