लास्टाँ त्यै हो – भोलिबादको बखान

Aaashaderh2हरेक पटक जब शैक्षिक सत्र सुरु हुन्छ, ‘अघिल्लो साल जे भयो, भयो यो साल चै शुरु देखि नै नोट बनाएर मिहिनत गरेर पढ्छु,’ भन्ने नयाँ जोश बढेर आउछ | २/४ दिन त शुरु शुरुका कक्षाहरुमा खुब ध्यान पनि दिइन्छ | घरमा आएर त्यो दिन पढेको पाठ पनि घोकिन्छ | जसै बिस्तारै बिस्तारै कोर्स अगाडी बढ्दै जान्छ, पढाइको रेलले पनि आफ्नो लिक छोड्दै जान्छ | अनि त म डाँडा वारि मेरो पढाइ डाँडा पारि !!

आफ्नो पढाईलाइ आफ्नो प्रेमी मान्दी हुँ त "नदीको दुइ किनार जस्ता हामी एक अर्काको मिलन असम्भव हुने भो " भन्दै २/४ हरफका कबिता पनि कोरी टोपल्थें होला | तर शुरु शुरुमा पढाईसंगको प्रेम जुर्मुराए पनि लास्टाँ गएर त्यै हुन्छ, के गर्नु?

यो सब रमिते जीवनको रमिते चालामालाले गर्दा हुन गएको हो भन्ने पनि थाहा छ | अनि, भोलिबादले पनि राम्रै चलखेल गरे झैँ नि लाग्छ | कहिले नयाँ फिल्मको फस्ट शो, कहिले साथीहरुको जन्मदिन, बिहाबर्तन, बीचबीचमा पर्ने प्रेमदिवस देखि लिएर ५/६ वटा नयाँ बर्षहरु (लोसार सहित) अनि, कहिले क्याम्पस वा विभिन्न अखडाबाट सुरु भएर खुलामंच सम्म टुंगिने बिरोध, नारा जुलुस जस्ता कार्यकर्म | बन्दको त अझ हिसाब नै नगरम | के गर्नु जिन्दगीको क्यालेण्डरमा यस्ता चाड, पर्व, महोत्सब, कार्यक्रमहरुको खात त कति हो कति ! अनि, कसलाई फुर्सद हुन्छ र यस्तो रमितादेखी पर शान्त बनी ज्ञान आर्जन गर्न वा पढ्न ? 

यी सबका बाबजुद पनि एउटा सन्त मस्तिष्कले भन्छ "यस्तो पाराले त जिन्दगी साच्चै रमिता बनेर रहनेवाला छ | त्यसैले, शान्त बनेर ज्ञान कमाउन तिर लाग बालिके!" तर, भोलिवाद्को मन्त्र जप्न सिपालु यो मनले त्यसो कहाँ हुन दिन्छ र ?  "ह्या आजलाई भैगो नि त, भोलि देखि पढ़ुम्ला," भन्ने उर्दी जारी गरिहाल्छ | त्यसो हुदाँ, जिन्दगीको क्यालेण्डरमा त्यो भोलि कहिल्यै आउदैन | बस, भोलिको पर्खाइमा पौडिदा पौडिदै परीक्षारुपि चट्टान सामुन्ने आएपछि मात्र झसङ्ग भईन्छ |

त्यसपछि के हुन्छ, एकै छिनमा बताउला है ! पहिला मलाई ह्या अलिकति थ्री इडियट भन्ने फिल्मको कुरा मिसाई हाल्न मन लाग्यो त्यसले पनि शिक्षा सम्बन्धि कुराहरुनै समेट्ने भएर …|

 Continue reading