आज खुलामन्चमा एमाले र कांग्रेस लगाएत २३ दलको आमसभामा सर्बसाधारण का साथसाथै आफ्नै कार्यकर्ताको न्यून उपस्थितिका कारण ‘बिशाल’ हुन नसकेको बताइएको छ । राजनीतिक दलहरुले जनविश्वास गुमाउदै गएको तथ्य यस सभाले प्रस्ट पारेकोमा छ। एमाले कांग्रेसका नेताले पूर्व पञ्चहरुलाई एकसाथ लिएर माओबादीको बिरोध गर्दा उनीहरुको उचाईमा ह्रास आएको भान भएको छ।


आजको आमसभामा सर्बसाधारण मात्र नभएर नेता र कार्यकर्तामा पनि बिरोधको जोश देखिएको थिएन । नेता र कार्यकर्ताहरु पनि एक आपसमा भेटघाटर गफमा नै मस्त थिए भने भाषण सुन्ने भन्दा धेरै जसो छाहारीमा शितलता ताप्दै बदाम खानमा नै मस्त थिए। बक्ता नेताहरुले पनि आफ्नै पार्टीको गुणगान गाउने र बिपक्षीको बिरोध गर्नमा नै सबै समय खर्च गरेका थिए।




अपडेट - आजको बिरोध सभा २२ दलको सभा भनेर प्रचार गरिए पनि एमाले को वेबसाइटमा २७ दल सभामा जनसागर उर्लिएको उल्लेख छ । नेपाली कांग्रेसको वेबसाइटमा आमसभाको बारेमा उल्लेख नभा पनि २२ दलको बक्तब्य पोस्ट गरिएको हुनाले २२ दलकै बिरोध कार्यक्रम रहेको बुझिन्छ ।
नेकपा एमालेको वेबसाइटमा पोस्ट भएको रिपोर्ट जस्ताको तस्तै:
कामचलाउ सरकारको खारेजी र सहमतिको सरकार स्थापनाकालागी आन्दोलनरत २७ दलको आयोजनामा आज खुल्लामञ्चमा आमसभा हुदैछ । अहिले राजधानीका विभिन्न भागबाट खुल्लामञ्चमा जनसागर ओर्लियको छ ।
आजको सभामा उपत्यकाका विभिन्न ठाँउबाट लाखौ जनता सडकमा आएका छन । अहिले भृकुटीमण्डपबाट नेकपा (एमाले) को , सुन्धाराबाट नेपालि काँग्रेशको र अन्य सानादलहरुको गौशालाबाट जुलुश सहित खुल्लामञ्चमा आइपुगेको छ ।

सभालाई सम्बोधन गर्नेमा नेपाली कांग्रेसका सभापति शुशिल कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिं र केन्द्रीय सदस्य भीमबहादुर तामाङ थिए भने नेकपा एमाले बाट एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओलीले आदिले सम्बोधन गरेका थिए ।राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा, जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापा, नेकपा माले महासचिव सिपि मैनाली, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, चुरे भावर पार्टी अध्यक्ष केशव मैनाली, जनमोर्चाका महासचिव साध्यबहादुर भण्डारी, नेपाल सदभावना पार्टी (अनन्दीदेवी)का देवेन्द्र मिश्र, नेकपा-संयुक्त (मार्क्सवादी)का अध्यक्ष लोकनारायण सुवेदी, नेपाली जनता दलका अध्यक्ष रामकुमार ओझा र नेकपा -मार्क्सवादीका माधव ज्ञवालीले पनि आमसभामा सम्बोधन गरेका थिए ।











