संबिधान बन्नु पर्ने समयमा बिभिन्न माग राखेर सबै ले आ-आफ्ना मातहतका समूह लाई उचाल्ने /भड्काउने काम गरि रहेका छन् । कतिपय समूहले जायज माग गरिरहे पनि अन्य कतिपयले यस सम्बेदनशील समयको ‘धमिलो पानीमा माछा मार्ने’ सुर कसेका हुन । यसरी बिभिन्न समूह हरुले कस्ता कस्ता माग र बिरोधका कार्यक्रम गरे त … केही झलक तल प्रस्तुत छन् :

४ हजार भन्दा बढी मोटरसाईकलमा करिब ९ हजार मानिसको सहभागीता सहित अखण्ड सुदूरपश्चिमको माग गर्दै धनगढीदेखी कर्णाली चिसापानीसम्म आयोजना गरिएको मोटरसाईकिल र्यालीको एक झलक (फोटो- दीपक जोशी मार्फत)

बन्दको अवज्ञा गरेको भन्दै एउटा ट्याँकरमा तोडफोड गर्न लाग्दा शनिवार विहान बृहत मधेशी मोर्चाका महिला कार्यकर्तालार्इ कुट्दै पुरुष प्रहरीहरु । (फोटो सन्तोष मिश्र मार्फत)

राजाबादी पूर्बपंच र हालका राष्ट्रिय प्रजातन्त्र पार्टी को धर्ना

१३ जेठ २०६९ शनिबार नयाँ बानेश्वर स्थित सिभिल हस्पिटलसँग जोडीएको क्षेत्र किरात राइ यायोक्खा केन्द्रिय कार्य समिती( किरात स्वायत्त राज्य),नेपाल तमाङ घेदुङ संघ( ताम्सालिङ राज्य) र किरात याक्थुङ चुम्लुङ( लिम्बुवान राज्य)ले गरेको बिरोध प्रदर्शन। (फोटो पारुहांग राइ मार्फत)

संबिधान जारी हुनु अगाबै नयाँ संबिधानको स्वागत गर्दै प्रदर्शनकारीहरु बानेश्वरमा (फोटो पुकार बम मार्फत)

शान्ति तथा सदभाब र्याली

बन्दका बिरुद्ध प्रदर्शन – "बन्द सदाका लागि बन्द गर" (फोटो इशान मार्फत)
यसरी विभिन्न समूहले काठमाडौंको नयाँ बानेश्वरस्थित संविधानसभा भवन वरपर धर्ना र सभा का कार्यक्रम गर्न थलेपछि त्यहाँ सबारी र मानिसहरुलाई आउजाउमा नै समस्या उत्पन्न हुन थाले पछि ६ सय ४० जना सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।आदिवासी जनजाति संयुक्त संघर्ष समिति, संयुक्त महिला संघर्ष समिति, संयुक्त मधेसी विधार्थी मोर्चा, संघीय विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनमोर्चा नेपाल आदि विभिन्न संघ संस्थाहरु संविधानसभा भवन अगाडी धर्ना, घेराउ तथा सभा गरिरहेका छन् ।

भीखारिको जुलुसको त यस अघाडी नै कुरा गरि सकिएको छ ।