वडा नम्बर ६ फिल्म, साताका भिडियो, चिनको रेल, अमरपन्छि विवाद र भिडियोहरु, (साताहेर्ने शुक्रवार)

विगत केहि शुक्रवार देखि हप्ता भरिका नयाँ कुराहरु समेटेर साताहेर्ने शुक्रवार स्तम्भ शुरु गरेको छु | यसमा हप्ताभरि बनेका नयाँ भिडियोहरु, नयाँ र अपडेट गरिएका नेपालि फिल्महरु, नेपालि मोडल र अभिनेत्रिहरुको बारेमा गरेका चर्चा र जानकारिहरु समेटिने छन्।

घिल्लो शुक्रवार बैशाख ३१ (मे १३) देखि हिजो जेष्ठ ६ (मे १९ सम्म) पोष्ट र अपडेट गरिएका नेपालि फिल्महरु:

  • वडा नम्बर ६ – दिपकराज गिरि, प्रियंका कार्कि, दिपाश्रि निरौला लगायत धेरै हास्यकलाकारहरुको हिट फिल्म
  • लभ फरएभर – सुमिना घिमिरे , गजिता बिस्ट, निरज बराल आदिको – हट फिल्म
  • मेरो हजुर – शिव श्रेष्ठ, अनुपमा कोइराला, शुशिला क्षेत्रि, मेलिना मानन्धर आदिको फिल्म
  • सन्तान थरि थरिका – दिलिप रायमाझि, निरुता सिंह, दिनेश शर्मा आदिको
  • गुन्डाराज – सुशिला क्षेत्रि, राजेश पायल राइ, प्रिया रिजाल, अर्जुन कार्कि, उदय सुब्बा आदिको फिल्म
  • जय शिव शंकर – राजेश हमाल, निखिल उप्रेति, बिराज भट्ट, मिथिला शर्मा, संचिता लुइटेल, रेजिना उप्रेति, पुजना प्रधान आदिको फिल्म
  • अभिमन्यु – निखिल उप्रेति, अरुणिमा लम्साल, जेनी कुवर आदिको
  • बाघचाल – शुशिला क्षेत्री, रेजिना उप्रेति आदिको फिल्म

weekly review xnepali

 Continue reading

महानायिका राजेश हमाल

करिव दुइ हप्ता अघि एक फिल्म घोषणा गरिएको थियो “शकुन्तला”  (समाचार, अंग्रेजिमा)। सो अवसरमा उक्त फिल्ममा मुख्य क्यारेक्टरमा को छ भन्ने कुरालाइ निर्माण पक्षले रहस्यमय बनाएको थियो । राजेश हमालको मुख्य भुमिका रहेको भनिएको उक्त फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले भने “महिला प्रधान” फिल्म भएको भनेकाले फिल्ममा सकुन्तलाको भुमिकामा को हुने हो भन्ने अन्योल रहेको थियो ।

भिडियो रिपोर्ट:

फिल्ममा अनु शाहको पनि मुख्य भुमिका रहेको भए पनि उनले आफु पत्रकारको भुमिकामा रहेको बताए पछि मुक्य भुमिकामा को हुने भन्नेमा विरोधाभाष देखिएको थियो । हुन त राजेश हमाल स्वयंले भनेका थिए, ‘शकुन्तला जो पनि हुन सक्छ । त्यो म नै पनि हुन सक्छु वा अरु नै पनि ।’ तर राजेश हमाल नै महिलाको भेषमा हुने भन्ने चाँहि खुलाएका थिएनन । यो रहस्य सोमबार मात्रै उक्त फिल्मको छायांकन स्थलबाट खुलेको हो । सार्बजनिक गरिएको राजेश हमालको फोटोमा उनि सारि रि ब्लाउजमा सजिएकि र लामो कपाल भएकि महिलाको भेषमा देखिन्छन् ।

 Continue reading

सुन्दरि पक्राउ, राजेश हमाल देखि छविओझासम्मलाइ ठगेको हुन सक्ने सम्भावना

भगवति केसि नाम गरेकि एक सुन्दरि युवतिलाइ हालै प्रहरिले पक्राउ गरेको खबर आएको छ । अनलाइनखवरमा प्रकाशित एक समाचार अनुसार उनले डाक्टर भएको दावि गरेको र डिआइजिको छोऱि भएको झुठो बोलेर बिभिन्न मानिसलाइ ठगेको आरोप लगाइएको छ । हेर्दा सुन्दर देखिने यि युवतिले आफ्नो रुप र बिभिन्न झुठा परिचय बनाएर पुरुषहरुलाइ ठग्ने गरेको प्रहरिले बताएको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=0AwjrRQW7f0

प्रहरिले केसिसंग ठगिका प्रयोग भएका ९ वटा मोबाइल नम्बर, र बिभिन्न फेसबुक खाताहरु पनि फेला पारेको छ । उनले बिभिन्न समयमा कहिले डा. सुहाना केसि कहिले अदिति अनि कहिले दृष्टि केसिको नामले परिचय दिने गरेको पनि प्रहरिले जनाएको छ ।

 Continue reading

बाल्यकालमा १३ चर्चित नेपालि कलाकारहरु कस्ता थिए ?

हामीले चिनेजानेका कलाकारहरु आफ्नो बालककालमा कस्ता थिए होलान ? आज मा तपाईहरुको कौतुहल मेटाउने प्रयास गर्दैछु, १३ जना फिल्म कलाकारहरुको बाल्यकालको फोटोको बारेमा यो रिपोर्ट बाट (हेर्नुहोस भिडियो) :

राजेश हमाल

नेपालि चलचित्र क्षेत्रका महानायक राजेश हमाल सानै देखि हेन्डसम हुन । उनका बच्चा बेला देखिका फोटो हेर्दा लामो कपाल पाल्ने रहर सानै देखि भएको बुझ्न सकिन्छ। सयौँ चलचित्रमा अभिनय गरी, दर्शकको मन जितेका हमालको जन्म सन् १९६४ मा पाल्पामा भएको हो । चन्डिगढ विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा मास्टर डिग्री गरेका राजेश नेपालि चलचित्र क्षेत्रमा पढेलेखेका कलाकार मध्येका एक हुन । राजेशहमालका बाल्यकालका फोटोको बारेमा अंग्रेजि ब्लगमा पनि चर्चा गरेको छु ।

RAJESH HAMAL CHILDHOOD PHOTO

जल शाह

एक जमानाकि चर्चित अभिनेत्रि जल शाह अहिले यस क्षेत्रबाट पलायन भए पनि उनको अभिनय कौशल पुराना फिल्म मा देख्न सकिन्छ । सन् १९८२ मा जन्मेकी जलले धार्मिक चलचित्र “श्रि स्वस्थानि”बाट अभिनय यात्रा सुरु गरेकि हुन् । ब्यापारिक हिसाबको फिल्ममा उनको पहिलो फिल्म “अवतार” थियो जसमा उनले १४ बर्षको उमेरमा अभिनय गरेकि थिइन ।

jal shah childhood photo

मनिषा कोईराला

बलिउडकि चर्चित अभिनेत्रि मनिषा सुन्दर शारिरिक बनावट र कुशल अभिनयका कारण भएकि हुन । नेपालि चलचित्र “फेरी भेटौँला”बाट आफ्नो अभिनय यात्रा सुरु गरेकि मनिषा नेपालको कोइराला खानदानकि सदस्य र बिपि र गिरिजाकि नातिनि हुन  । उनको पहिलो बलिउड चलचित्र चाँही “सौदागर” हो ।ओभेरियन क्यान्सर लागेर सन्चो भएकि मनिषा अब फेरि फिल्म क्षेत्रमा फर्कने सुरमा छिन ।

 Continue reading

राजेश हमालले आफ्नी प्रेमिका सार्वजनिक गरे, बिहे अर्को हप्ता

एफेयर शुरु भएको नौ वर्षपछि नेपाली सुपरस्टार राजेश हमालले आफ्नी प्रेमिकालाई सार्बजनिक गरेका छन् । यही बुधबार उनले सो प्रयोजनको लागि काठमाण्डौंको शंकर होटेलको वन आइड हल बुक गरेका थिए ।

भिडियो:

लाजिम्पाटस्थित सो होटलमा राजेश हमालले आफ्नी प्रेमिका मधु भट्टराईलाई सञ्‍चारकर्मीहरु माझ सार्वजनिक गरेका थिए र सोही अबसरमा उनले औपचारिक रुपमा प्रेमप्रस्ताव पनि राखेका थिए । बेलुका साढेसात बजे शुरु भएको सो कार्यक्रममा राजेश हमाल कालो सुटमा सजिएका थिए भने मधुले नीलो सारी र सुनौलो ब्लाउज लगाएकी थिइन । संचारकर्मीलाई भित्र बोलाइदा मधु र राजेश एक टेबलमा आमने सामने बसिरहेका थिए भने टेबलमा मैनबत्ती बलिरहेको थियो । टेबलमा रहेको वाइनको ग्लास रित्तिन लागेको थियो भने फूलदानीमा केही फूलहरू संगै राजेशका बाबुआमाको फोटो पनि टेबलमा राखिएको थियो।

rajesh hamal and madhu bhattarai - in shankar hotel

राजेश हमालले सञ्‍चारकर्मीहरुको सामने आफ्नी आमाको नेकलेस मायाको चिनोको रूपमा आफ्नी प्रेमिकालाई पहिर्‍याइदिए। नेकलेस लगाएपछि उनले रातो गुलाफको फूलको गुच्छा दिएर प्रेमप्रस्ताव पनि राखे।

 Continue reading

राजेश हमालको मुखबाट राजेश दाइको जोक

नेपाली फिल्म क्षेत्रमा लामो समय एकछात्र राज गर्ने महानायक राजेश हमालको सम्मान र माया स्वरूप ‘राजेश दाइ’ भनेर सम्मान गरिन्छ । पछिल्लो केही समयमा फेसबुक, ट्वीटर आदि सोसल मिडियामा राजेश दाइलाइ जोडेर बिभिन्न कथा जोक आदि बनाएर रमाइलो गर्ने गरिएको छ। अघिल्लो बर्ष यस्ता राजेश दाइका जोक रामाइलो लागेर हामीले पनि जम्मा गरेका थियौं (पहिलो भाग लोकप्रिय भएकोले भाग २ र भाग ३ पनि थपिएको थियो)।

rajesh_hamal_laughs

अंग्रेजी फिल्मका कलाकार चक नोरिस, बलिवुडका रजनिकांत जस्तै नेपाली फिल्मका राजेश हमालको नाममा बनाइने जोक, चुट्किलाहरु लाइ राजेश हमाल स्वयंले पनि सकारात्मक रुपमै लिएको सुनिन्थ्यो । हालैको एक घटनाले उनी आफै पनि यस्ता किस्सा सुन्ने र सुनाएर रमाइलो गर्न मन पराउछन भन्ने पुस्टि भएको छ।

राजेश हमालले भनेको राजेश दाइको जोक यस् प्रकार छ:

एक पटक राजेश दाइ पोखरामा यस्तरी नाचेछन् कि त्यहाँ एउटा सानो खाल्डो नै परेछ । पानी परेपछि त्यो खाल्डो पानीले भरिएछ । आजकाल मान्छेहरुले तेस्लाई फेवा ताल भन्न थालेका छन्।

जोक पछिको हाँसो माथिको फोटोमा ! (क्रेडिट – फिल्मनेपाल डट नेट)

Incoming search terms:

  • नेपाली जोक

लण्डनमा राजेश हमालको सम्मान

हाल लन्डन भ्रमणमा रहेका राजेश हमाल लाइ इभेन्ट्स एण्ड आईडियाज प्रोडक्सनले आयोजना गरेको "राजेश हमालको साथ एक साँझ" कार्यक्रममा सम्मान गरियो । सो कार्यक्रममा उनले जनजिब्रोमा झुन्डिएका केही डाइलगहरु सुनाउनुका साथै एउटा कबिता पनि बाचन गरेका थिए ।

rajesh_hamal_london_program

सो कार्यक्रममा हमालको बिहेको कुरा पनि उठेको थियो जसको उत्तरमा उनले यसै बर्ष बिहे गर्ने कुरा पनि बताए।

rajesh_hamal_london

सो प्रोग्रामको भिडियो हाइलाइट

राजेश हमाल जोक्स – भाग ३

rajesh-dai

(आषाढ १७ को अपडेट अन्त्यमा )

राजेश हमालका जोकहरुको सिलसिला अझै पनि फेसबुक र ट्विटरमा उही रुपमा चली रहेको छ |  धेरै जसो यस्ता चुट्किलाहरु रमाइला भए पनि सबैको चित्त बुझ्ने खालका हुन्छन भन्ने चाहिँ छैन | हामी ले बुझे अनुसार, यस्ता चुट्किलाहरुले राजेश हमालका साथ नेपाली फिल्म क्षेत्र मा राम्रै प्रभाब नै पार्ने र पाठकहरुलाई पनि राम्रै मनोरन्जन दिने हुनाले यहाँ पोस्ट गरिएका हुन |

प्रस्तुत छ राजेश हमालका जोक को तेस्रो भाग:

  • एसेल्सी को ढोका राजेश हमालको हात ले बनाको भ र फलामे द्वार (आइरन गेट) भन्ने गरेको हो |
  • गुगलले खोजेको कुरा फेला पार्न सकेन भने राजेश दाइलाई सोध्छ रे |
  • एक पटक राजेश दाइले चेक साइन गरे … ब्यांक नै बाउन्स भए छ |
  • क्लोनिंग को शुरुवात राजेशदाइले गरेको रे – मान्छेलाई फोटोकपी मेसिनमा हालेर हुबहु अर्को मान्छे निकालेर !
  • नेपालमा दुइटा धरहरा छन – एउटा सुन्धारामा, अर्को राजेश दाइ आफैं !
  • ठुल्ठुला कुरा गर्ने लाई भन्ने डाइलग "हो हो तैँ ठूलो, तैँ राजेश हमाल, तैँ जान्ने, तैँ बुझ्ने, तैँ  हनुमान, तेरै पुच्छर लामो"
  • राजेश हमाल घण्टाघर भन्दानि जेठो हो ठुल्दाई भएको ले घण्टाघर लाइ "भाइ" भन्छन रे
  • राजेशदाइले त पानी हालेर बाइक कुदाउने भएर पानी को हाहाकार भएको | पेट्रोलले चै कुल्ला गर्ने गरेको भएर पेट्रोलको मुल्य बढ्या रे |
  • राजेश दाइको फलामको हात सुटिङको क्रममा हल्का खोस्रिएपछि जब वेल्डिङ गर्नुपर्‍यो, तबदेखि नेपालमा लोडसेडिङ सुरु भा’को रे !
  • सानो छँदा राजेश दाइले मकैको खोया तह-तह पारेर घर बनाउने खेल खेलेका थिए, कालान्तरमा त्यो खोयाको घर अहिलेको धरहरा बन्यो ।
  • एक पटक राजेश दाइले सुन्दरिजलमा गएर आफ्नो हात पानीको टंकीमा सफा गर्नु भाथ्यो रे, तेही भएर ऐले काठमाडौँको पानि मा iron बेसी छ रे!

Contributers from Twitter- @rajeshhamaljoke, @dhaiba, @WebJSunil, @rabndra , @Lohsirk, @poozaaree,

UPDATE (जुन २५, २०११)

  • मेटल संगीत (Metal music) राजेश दाइको बक्सिंग प्राक्टिस गर्दा आविष्कार भएको रे !
  • राजेश दाईको फेभरेट उखान – "जुन केटी आए पनि लपरेका"
  • बन्दुकको गोली र बगेको खोला फर्काउन सक्ने राजेश हमाल बाहेक अरु कोही छैन !
  • राजेशदाइले एक चोटी सरकारी जागिर (हाल, लोक सेबा आयोग)को जाँच दिन को लागि तयारी गर्दाको रफ अहिले विकिपेडिया भनेर प्रसिद्ध छ |
  • विकिपेडियानै बन्ने गरेर तयारी गर्दा पनि राजेशदाइको नाम ननिस्केर अर्कै लोकबहादुर नेपालको नाम निस्के पछि त्यो जाँचको नामनै लोक सेबा आयोग भयो|
  • राजेश हमालले अंग्रेजी सिक्दा स्पेलिंग प्राक्टिस गरेको नोटबुक अक्सफोर्ड बिश्वबिद्यालयका प्रोफेसरले पछि ‘अक्सफोर्ड डिक्स्नेरी’ नाम राखेर प्रकाशन गर्न थालेका हुन् रे
  • राजेश हमाल माछा मार्न खप्पिस – दिन दिनै काठमांडू खाल्टोमा भएको पोखरीमा माछा मार्दै पकाउदै खादै गर्दा रहेछन | संगै बस्ने छिमेकी मन्जुश्रीलाइ माछाको गन्धले खाना खानै गाह्रो हुदो रच – साकाहारी भएकोले | एकदिन भात खादै गर्दा माछाको गन्धले बान्ता नै भएछ – रिसले चुर भएका मन्जुश्रीले तेही भात खादै गरेको चम्चाले चोभारमा काटेर काठमांडू पोखरी सुकाइ दे छन् र आजको बस्ति यही खाल्टो मा बसेको हो रे |

UPDATE (जुलाई १, २०११) -ट्विटर बाट

  • राजेश दाइले तिर्खा लाग्दा बिजुली बाट पानी निकालेर पिउछन !
  • एक पटक राजेश दाइ र देवता बिच लडाई भएछ – नतिजा ? आजकल को कहाँ छन् आफै बिचार गर्नुस |
  • डाबरले नेपाल बन्द गर्ने रे, माग "राजेश दाइले अब देखि कपाल काट्न नपाउनु पर्ने" – डाबर सेम्पुको ब्यापार चौपट भो रे
  • राजेश दाइले मासु खान थालेपछि डाइनोसोर लोप भएको हो रे !
  • डाइनोसोर लोप पछि … अहिले फेरी बाताबरणबिद हरु चिन्तित छन् रे – राजेशदाइको सी फूड मोहले व्हेलले पनि डाइनोसोरको नियती भोग्नु पर्ला भनेर
  • समयले कसैलाई पर्खदैन … राजेश दाइलाइ बाहेक !
  • राजेशदाइ र समय बीच एक पटक दौड कम्पिटिसन भएछ | राजेश दाइ दौड सकेर फिल्म खेल्न थालेछन – समय अझै दौडेको दौडेकै छ !
  • डाबरले नेपाल बन्द गर्ने रे, माग "राजेश दाइले अब देखि कपाल काट्न नपाउनु पर्ने" – डाबर सेम्पुको ब्यापार चौपट भो रे
  • प्रश्न – "राजेश दाइले लभ किन नगरेको?" राजेश दाई -"फिल्ममा एउटा लभ गरेको ८-१० लाख पाइन्छ | सित्तैमा कस्ले गरोस !"
  • नयाँ उखान पनि बनेछ – "मुखमा राजेश हमाल बगलिमा छुरा"
  • प्रश्न – "राजेश दाइले किन बिहे नगर्नुभको?" राजेश दाइ – "उमेर बढी भएर!"
  • अगुल्टो ले हानेको कुकुर बिजुली चम्कदा तर्से जस्तै, राजेश दाइले कुटेको मान्छे फलाम देखेर तर्सिन्छ !!
  • "राजेश दाइ, अरुणिमा त गर्भवती भैछन नि" – राजेश दाइ – "येस्मा मेरो केही दोष छैन !"
  • राष्ट्रिय जनगणनाको अपिस बाट राजेश दाइलाई चिठी आको रच – "कहिले बिहे गर्नुन्छ? तेही हिसाबले जन गणना गर्नु परो |"
  • ठूलो कालो बादल आकाशमा मडारिन थाल्यो … राजेश दाइले चुरुट खान थाले जस्तो छ |
  • हामी क्याम्प फाएर गरेर आगो वरिपरी बसेर भूतका कथा सुन्थेम | आजकाल भूतहरु आगो वरिपरी बसेर राजेश हमाललाई कथा सुनाम्छन रे |
  • जब राजेश हमालले ऐना हेरे, ऐना नै फुट्यो, किन थाहा छ ?- किनभने त्यो ऐनाले दुईंवटा राजेश हमालको बीचमा पर्न चाहेन।

राजेश हमाल जोक्स – भाग १

यो पोस्ट धेरै लामो हुन गएको ले अरु जोक्स राजेश हमाल जोक्स – भाग २ मा पोस्ट गर्न थालिएको छ |

अपडेट – यी गफाडीका गफ जस्ता जोक्स कुनै पनि मैले आफैँले लेखेको होइन (म् तेस्तो जोकर छैन क्या) धेरैले अंग्रेजी मा लेखेका जोकलाइ मैल नेपाली मा उल्था गरिदिएको छु (के के न जान्ने भ..र) नमिलेमा क्षमा पाऊ | यो पेज फुर्सदमा अपडेट हुँदै जाने छ – बुक्मार्क नै गरे पनि खेर नजाला 🙂 |

राजेशदाई लाई चिया दियो भने दुध, चिनी र चिया सुट्ट पार्छन गिलासमा पानी मात्रै बाँकि हुन्छ |

अनि बियर दियो भने के गर्लान भनेर चै नासधेकै बेश !

rajesh_hamal

****

४७ सालमा राजेश दाई कारबाट ओर्लिदा फुत्त एउटा डाइरी भुइँमा खसेछ.. अहिले त्यसलाई नेपालको संबिधान २०४७ भनिन्छ रे … तर  आजकल राजेश दाइ डायरी बोक्दैनन तेसैले संबिधान नबनेको भन्ने हल्ला बजारमा व्यापक छ !

***

कलाकार र पत्रकार बिच रंगसालामा भएको खेलमा राजेश हमालले फ्री- किक हानेछन …. धेरै पछि समाचार आयो – त्रिसुलीमा एक अज्ञात गोलाकार बस्तु फेला पर्यो !

***

rajesh-hamal-budhi“राजेश हमाल जोक्स” नाम गरेको फेसबुक समुहमा पोस्ट गरिएका रमाइला कुराहरु :

  • राजेश हमालले मात्र कम्प्युटर इन्टरफेसको ‘रिसाइकल बिन’ ‘डिलिट’ गर्न सक्छन्।
  • अरूलाई रुवाउने प्याजलाई राजेश हमालले मात्र रुवाउन सक्छन्।
  • ‘नील आर्मस्ट्रङ चन्द्रमामा पुग्ने पहिलो व्यक्ति हुन भने राजेश हमाल सूर्यमा पुग्ने पहिलो व्यक्ति हुन्|
  • जतिबेला राजेश हमाल सडक पार गर्दै हुन्छन्, त्यतिबेला सडकमा कुद्ने कारहरू आफैं साइड लाग्छन्।
  • स्टिभ जब्सको विश्वविख्यात आईटी कम्पनी ‘एप्पल’ को प्रतीकमा राखिएको टोकिएको स्याउको सानो पार्ट राजेश हमालले नै खाएका हुन्।
  • राजेश हमालको क्यालेन्डरअनुसार मार्च ३१ पछि डाइरेक्ट अपि्रल २ आउछ। त्यसैले कसैले पनि उनलाई मुर्ख बनाउन सक्दैनन्।
  • पत्रकार: तपाईंले अहिले सम्म किन बिहे नगर्नु भाको ? राजेश बाजे: बजारमा छ्यप्छ्यप्ती पोका को दुध हुँदा हुँदा किन घरमा भैसी पलेर दुख गर्ने रे!
  • फेसबुकका जन्मदाता मार्क जुकरबर्ग गम्भिर घाइते भए किन थाहा छ? … किनकी राजेश हमालले उनलाई पोक गरेका थिए क्या। (Facebook poke)
  • एक पटक राजेश हमाले आफ्नो कपालमा आइरन लागाए रे …. तेही दिन देखि नेपालमा लोड सेडिंग शुरु भएको हो रे |
  • एक पटक राजेश स्विजरल्याण्ड गएका थिए | त्यहाँको एउटा घरमा उनले आफ्नो पर्स बिर्सेर हिडेछन – आजको स्विस ब्यांक तेही घर हो रे |
  • एक दिन BBC को लाईभ प्रोग्राममा राजेश हमालजीलाई एक प्रश्न गरिएछ “तपाइ बिहे कहिले गर्ने ?” उहाले उत्तर दिनु भएछ “म त तयार छु तर केटीहरु हुनुपर्‍यो नि ।” यती सुन्नसाथ आधा विश्वका युवतिहरु BBC स्टुडियो अगाडि आइ पुगेछन । फेरी बहुबिवाहको मुद्दा लग्ला कि भन्ने डरले उहाले बिहे नै नगर्ने अठोट गर्नु भएछ ।
  • एक पटक राजेश दाई र सुपरम्यान को बीचमा घमासान फाइट परेछ | सर्त चै – हार्नेले पाइन्ट को बाहिर कट्टु लागाउनु पर्ने रहेछ |
  • राजेश हमाले रोड रोलर किनेछन | … किन होला भनेर बुझ्न गएको त कपडामा स्त्री लागाउन पो रहेछ |

अपडेट (जेष्ठ १६)

  • यो संसारमा मानब जातीको उत्पत्ति हुनु भन्दा पहिले नै राजेश हमालको उत्त्पत्ति भएको थियो रे |
  • राजेश हमाल बिद्यार्थी हुँदा त शिक्षकहरु पो कक्षा बाट भाग्थे रे (When Rajesh Dai was a student, teachers used to bunk classes.)
  • अक्टोपस पाउल (ओर्ल्ड कपमा भविष्यबाणी गर्ने) मर्यो किन थाहा छ? … एउटा मुर्ख नेपाली ले उसलाई राजेश हमाल कहिले मर्छन भनेर सोधेछ !
  • राजेश हमाल मर्दा रुने एउटा मात्र मान्छे उसको डाक्टर थियो रे |
  • बाराक वोबामाले त राजेश दाइ संग अंग्रेजी सिक्थे रे |

अपडेट (जेष्ठ १७)

  • मार्शल आर्ट चाइनाबाट शुरु भएको हुनै सक्दैन किनकी राजेश हमाल त्यहाँ जन्मेकै होइनन |
  • संसार सन् २०१२मा सिद्दिने हल्लामा कुनै सत्यता छैन किनकी हालै राजेश हमालले ३ बर्षे वारेन्टी वाला कम्प्युटर किनेका छन् |

धिरज गुरुङको सुझाब अनुसार यो भन्दा तल, पोस्ट गर्ने व्यक्तिको नाम पनि (ब्राकेटमा) राखिएको छ :

  • राजेश हमाल ले त बिहे गरेको ३ महिनामा नै बच्चा जन्माउने सोच मा हुनुहुन्छ रे | (नबिन पगेनी)
  • राजेश हमाल ले त पानीलाइ तताएर पो बरफ बनाउदा रहेछन | (नबिन पगेनी)
  • बिच बाटोमा बसेको ट्राफिक र राजेश दाइ बीच झगडा: ट्राफिक – तेरो आँखा छैन ? की साइकल चलाउन आउदैन ? राजेश दाइ – तलाई बिच बाटोमा कसले उभिन लगायो त ? (दिनेश पौडेल)
  • राजेश दाइले त केटी हरुलाई फेसबुक बाट नै गर्भवती बनाउन सक्छन | (दिनेश ढकाल)
  • अरुले बत्ती बालेर पढ्छन राजेश दाइले त अगरबत्ती बालेर पढ्छन | (योगेन्द्र थापा)
  • एकदिन हाम्रा राजेश दाइलाइ पनि आकासमा उड्न मन लागेछ | उहाँले दुइटा नांगलो लाइ एकै ठाउँमा जोडेर पंखेटा बनाउनु भएछ | उँहा येस्तरी उड्नु भे छ कि आकास्मा उड्ने चरा जति सबैले अचम्म मानेर हेर्न थालेछन | एउटा गिद्द ले नजिक पुगेर सोधेछ, “ओ राजेश दाइ आज कता बाट बाटो बिराउनु भो त?” (नबिन पगेनी)
  • राजेश दाइ – ए सुनिता म तिमीसंग बिहे गर्न चाहन्छु सुनिता – तर म् त तिमी भन्दा एक बर्ष जेठी छु नि | राजेश दाइ – ए त्यसो भए अर्को बर्ष बिहे गरम न त, बराबर भए पछि | (प्रशान्त थपलिया)

अपडेट (जेष्ठ १८)

  • राजेश दाइ त मर्निग वाक पनि बेलुका गर्दा रहेछन | (अमिर खा)
  • राजेश दाईले चितवन मा हालै मात्र ४० बिघा जमिन किन्नुभएछ अनी चारै वटा कुनामा कुवा बनाउन लगाउनु भाको छ रे किन थाहा छ? – क्यारेम खेल्न (दिग्विजय अर्याल)
  • राजेश दाईले आफ्नो ID कार्ड बाट ATM मा पैसा निकालछन (देव राज गौतम)
  • म सानो हुँदा सिक्षकले “भबिश्यमा के बन्छस ?” भनेर सोध्दा संधै म् भन्थें “राजेश हमाल”|
    तर सपना भनेको सपना नै हुन्छ, मेरो हात कहिले पनि फलामको भएन ! (Uzumakee Narutoo)
  • एक पटक अमेरिकामा एउटा बिशेष कार्यक्रममा संसारभरका प्रतिष्ठित ब्यक्तीहरु जम्मा भएका थिए, त्यहाँ राष्ट्रपती बाराक ओबामा संगै राजेश हमाल दाई बस्नु भएको थियो अनी कुरा के परेछ लालु प्रसाद यादबलाई एउटा मान्छे नचिनेर खस खस भएछ अनी आफ्नो सचिवलाइ सोधेछन् : अरे भाईया हमका यि बात् समझ मै ना आइ अरे बो हमार राजेशवा के बगलमै बैठा कालिया कौन है रे ।। (Anjeev Kumar Nepal)
  • इन्द्र ले राजेश दाइलाई स्वर्गमा बोलाएर दरो पार्टी दे छन् | राजेश दाइलाई पार्नु सम्म टील पारेर पियायेछ्न | त्यो राती नेपालमा मुसलधारे पानी परेछ | जलश्रोत मन्त्रीको छानबिन आयोग ले त्यो राती राजेश दाइले बिस्तारामा नै सु गरेको प्रतिबेदन तयार गरेछ I (Sushil Jwarchan)
  • प्रश्न – कसले ५० ओटा गाडी एकै चोटी रोक्न सक्छ? उत्तर – ट्राफिक पुलिस ले, सबै काम राजेश हमालले नै गर्नु पर्छ भन्ने छ र ? (RedDevil’s Prashant RedArmy)
  • रमपम आयो गयो … मायोज आयो गया… आहा आयो गया… गोलमोल आयो गया…रारा अहिले सम्म नहाराउनुको राज थाहा छ ? किनकी रा रा – राजेश दाइको नामको पहिलो अक्षर बाट नाम राखेको ले .. (राजेश लामा)
  • राजेश दाइ ले अलंकार गर्दा “आँ..” बुझ्नु हुन्छ |(राजेश लामा)
  • सबै जना ले “जहिले पनि चन्द्रमा दाहिने होस्” भन्छन तर, चन्दामा ले भने “राजेश हमाल दाहिने होस्” भनेर सोच्छ |(राजेश लामा)
  • सुने अनुसार, राजेश दाइको हात मात्र फलामको नभएर सबै चिज फलाम को भएको हुनाले अहिले सम्म बिहे हुन् नसके को रे ! (राजेश लामा)
  • के एफ सी मा गएर मम अर्डर गरेर खान सक्ने पनि राजेश दाइका मात्रै हुन् (राजेश लामा)

(धेरै जसो चुट्किलाहरु बिभिन्न अनलाइन सोर्स बाट फेसबुकको यो ग्रुपबाट लिइएका हुन्)