Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

व्यंग्य एकदुइ जनालाई तितो लागे पनि धेरै जसो लाइ मिठो लाग्ने खालको भए मात्र राम्रो मानिन्छ । तर, त्यसको ठ्याकै उल्टो एक दुइ जनालाई मात्र मिठो र धेरै जसोलाइ तितो लग्यो भने व्यंग्यको उद्देश्य र उपादेयितामा नै शंका गर्नु पर्ने हुन्छ ।

making_fun_of

[ सिरियल संसारमा यहाँ क्लिक गरेर तितो सत्यको सो भाग हेर्न सकिन्छ !]

शन्तोष पन्तको छोरा प्रतीक पन्त लिंग परिवर्तन गरी छोरी केटलिन पन्त भएको सन्धर्भलाइ नमिठो पाराले ब्यंग्य गरेपछि तितो सत्यका लेखक र निर्देशक दिपक राज गिरीसंग सो सिरियल हेर्ने धेरै जसो दर्शकहरु रिसाएका छन् ।

एक १९ बर्षीय युबती (भुतपुर्ब युवक)को निजी जीवनलाई व्यंग्यको बिषय बनाउनु आफैमा उदेकलाग्दो लाग्छ । केटलिनको निजी जीवनमा दीर्घकालिन असर गर्ने अत्यन्त निजी र संवेदनशील बिषयलाइ यसरी उडाउनु पर्ने कुनै जायज कारण पनि देखिदैन ।

Continue reading »

Incoming search terms:

 

हास्य अभिनेता शन्तोष पन्तका छोरा प्रतीक पन्त लिंग परिवर्तन अप्रेसन गरेर छोरी केटलिन पन्त भए पछि उनले पहिलो पटक साप्ताहिकको लागि अन्तरबार्ता दिएकी छिन् ।

साप्ताहिकका पत्रकार अश्विनी कोइराला संग कुरा गर्दै केटलिन पन्तले उनका बारेमा भएको नभएको खबर छापेकोमा दुख मानेको बताएकी छिन । बिभिन्न समाचार माध्यममा उनका बारेमा छापेका कतिपय कुराहरु गलत भएको  पनि बताइन । उनले थाइल्याण्ड जाने भिसा नपाएको, स्तनमा टाटु खोपाएको, ब्वाइफ्रेन्ड भएको आदि कुराहरुमा कुनै पनि सत्यता नभएको बताइन ।

उनकै भाषामा:

म फोटो सेसन गर्न चाहन्नँ। मलाई टेलिभिजनमा देखिनु छैन। किनभने म चिडियाखानाको जनावरजस्तो हुन चाहन्न। मान्छेले मलाई मायाले हेरून्। भोलि मैले विवाह गर्नुपर्छ। मेरो प्रेमी हुनसक्छ, श्रीमान् हुनसक्छ। मैले पनि घर-परिवार बसाउनुपर्छ। पहिलै यो त ट्रन्सजेन्डर भन्यो भने त मेरो भावनामाथि ठूलो खेलवाड हुन्छ। म मनोरञ्जनको साधन बन्न सक्छु। म भर्खर १८ वर्षकी भएँ, मैले लामो जीवन बाँच्नु छ। अहिले चर्चाका लागि सानो भूल गर्ने वित्तिकै भोलिको जीवन अप्ठारो हुनसक्छ। मैले आफ्नो स्तनमा टाटु खोपाएको कुरा, थाइल्यान्डमा अप्रेसन गर्न जाँदा भिसा नलागेको कुरा, मेरो ब्वाइफ्रेन्ड छ भन्ने कुरा सबै गलत हुन्। कान्तिपुर दैनिकमा आएका कुराचाहिँ सत्य हुन्। ब्लग वा वेबसाइटमा आएका कुरा आधिकारिक होइनन्। 

तेस्तै, उनलाई तेश्रोलिंगी भनेको पनि चित्त दुख्ने रहेछ। ब्लु डाइमन्ड सोसाइटीले पनि उनलाई "जबर्जस्ती तेस्रोलिङ्गीको बिल्ला" भिराइदिन प्रयास गरेको बताउदै, उनले मानिस कि पुरुष हुन्छ कि महिला हुन्छ, तेश्रोलिंगी हुदैन भनेर भनिन ।

उनले सात कक्षा पुगेपछि मात्रै आफुमा केही गडबड भएको जस्तो लागेको बताइन । तर यस कुराले उनको पढाइमा कुनै असर नगरेको पनि बताइन । उनी भन्छिन, त्यो बेलामा "समाजले भन्छ, तँ केटा होस्, केटासँग हिड। मनले भन्छ, तँ केटी होस्, केटी साथी बना। त्यही भएर मेरा केटा र केटी साथी बराबर भए।"

एसएलसी पास गरेपछि नै इन्टरनेटका माध्यमबाट ट्रान्सजेन्डरका विषयमा अध्ययन गर्न थालेकी केटलिनले इन्टरनेटबाट नै अप्रेसन र त्यसको खर्चको बारेमा पत्ता लागाएको पनि बताइन ।

जो कोही पुरुष पनि महिला बन्न सक्ने रहेछन्, होइन त ? भन्ने प्रश्नको उत्तरमा केटलिन भन्छिन:

यो गलत हो। पुरुष मानसिकता भएका व्यक्तिले यस्ता औषधी खाएर स्तन बढाउन सक्छन्, तर महिला हुन सक्दैनन्। कुनै पनि चिकित्सकले मानसिक एवं शारीरिक अवस्था चेक नगरी कसैलाई महिला वा पुरुष बनाउँदैनन्। यदि कसैले रहरले यस्तो काम गर्‍यो भने उसले जीवनभरीका लागि आफैलाई क्षति पुर्‍याउँछ। यस्तो रिस्की गेम कसैले खेल्नु हुँदैन। विश्वमा केही व्यक्तिले यस्तो काम गरेर जीवन बर्बाद बनाएका उदाहरण पनि छन्।

जीवनको एउटा पाटो सकिएको बिश्वास गर्ने केटलिनले बल्ल नयाँ जीवन पाएको अनुभब गरेकी छिन। अबको उनको योजना अनुसार स्त्रीका रूपमा नागरिकता र पासपोर्ट बनाएपछि पुराना सबै कुरा बिर्सिएर नयाँ जीवन जीउने छिन । नेपाली केटाहरूमा उनीजस्तो केटीसंग बिहे गर्ने आँट हुदैन भनेर बिस्वास गरेकी  केटलिनले बिदेशी केटा खोजेर बिबाह गर्ने बिचार भएको पनि बताइन ।

हाम्रो तर्फबाट केटलिनलाइ नयाँ जीवनको शुभकामना ! साथै नयाँ जीवनका सबै बाधा अड्चन संग लड्न सक्ने क्षमता पनि बिकास होस् शुभकामना !

Incoming search terms:

 

pratik_pant_sex_change-sonसानै देखि केटीको जस्तो ब्यबहार गर्ने प्रतिक पन्त आफ्नो केटो नामबाट छुटकरा पाउदा निकै खुशी छिन् । पुरुष प्रतिक आफ्नो यौनांगको अप्रेसन पछि पूर्ण रुपमा महिलाको रुपमा यही शुक्रबार नेपाल फर्किसकेकी छिन् । उनी भन्छिन, ’प्रतिक नाम मलाई जहिले पनि अड लाग्थ्यो, त्यो म हैन भनेर अहिले प्रमाणित भएको छ ।’ 

महिला हुनको लागि हर्मोन उपचार गरिरेहका प्रतिकको करीब तीन हप्ता अघाडी थाइल्याण्डको सुर्पोन क्लिनिकमा भएको आठघण्टे सल्यक्रियामा लिंग परिवर्तन गरे पछि आफ्नो नाम पनि परिवर्तन गरेर केटलीन भएका हुन । यो परिवर्तनले पन्त परिवार पनि अतिनै खुशी भएको बताइएको छ । जेठी छोरीको एउटा दुर्घटनामा मृतु भए पछि सन्तोष पन्तकी श्रीमती प्रतिभाले प्रतिक गर्भमा हुँदा देखिनै छोरीको चाहाना गरेकी थिइन ।

सानै देखि केटीको ब्यबहार गर्ने प्रतीकको १७ बर्षको हुँदासम्म दाह्री जुंगा नआएको र डाक्टरहरुले पनि उनमा केटी हर्मोन बढी भएकोले यसको उपचार गर्नु भन्दा यही रुपमा स्वीकार गर्न सुझाब दिएको थियो । केटीहरुको साथमा बस्न रुचाउने प्रतीक केटीको भेषमा ठूला ठूला आँखा भएकी एउटी राम्री युबती देखिने हुनाले पनि पन्त परिवारले लिंग परिवर्तन नै उचित उपचार हो भन्ने ठानेको बताइन्छ । पन्त परिवारको अनुसार लिंग परिवर्तन सल्यक्रियाको लागि २० लाख रुपैयाँ खर्च लागेको थियो।

चिकित्सकका अनुसार उनीले शल्यक्रिया गरेको ४ महिना पछिनै महिलाको रुपमा शारिरिक सम्पर्क गर्न सक्ने र एक बर्ष भित्र पूर्णरुपमा स्वस्थ्य हुनेछिन ।  केटलीन पन्त अब कुनै पनि पुरुषसंग बिबाह गर्न लायक भएकी छन् तर आमा बन्न को लागि भने अर्को एउटा शल्यक्रिया गरेर पाठेघर प्रत्यारोपण गर्नु पर्ने उनी बताउछिन ।

Incoming search terms:

 

सन्तोष पन्तका कान्छा छोरा प्रतिक पन्त अबदेखि छोरी भए रे

१९ बर्षीय प्रतिक अहिले आफ्नो लिंग परिवर्तनको अन्तिम अबस्थामा पुगेका छन् । अहिले ब्यांकक पुगेका प्रतिकले त्यहाँ आफ्नो पुरुष यौनांग परिवर्तन गरेर स्त्री लिंगी भएर फर्कने छन् । उनलाई स्त्री बन्न मन लागेको ले केही समय देखि हर्मोनको प्रयोगपछि स्त्रीको जस्तो जिउडाल भइ सकेको छ । सोह्र बर्षे युबती जस्तै पुष्ठ छाती र जिउडालका कारण उनलाई कसैले पनि पुरुष भन्दैन ।

pratik_pant_gender_change

यौनांग परिवर्तनको लागि थाइल्याण्ड जान भिसा अप्लाई गर्दा पुरुष परिचय भएको महिला भन्दै पहिलो पटक भिसा नै नपाएका प्रतिकले दोश्रो प्रयासमा भिसा पाएका थिए ।

उनको अप्रेसन सफल भएमा उनि सम्भबत लिंग परिवर्तन गर्ने पहिलो नेपाली हुनेछन् । (यसलाई जनआह्वान साप्ताहिकमा छापिएको समाचार लाइ आधार बनाएर लेखिएको हो)

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network