रंगपत्रकारका छाडा प्रश्न

अपडेट – Jan 28, 2012 मा प्रकाशित यो लेखको शुरुको शिर्षक “मुर्ख रंगपत्रकारका छाडा प्रश्न” थियो । मुर्खता के हो भनेर परिचय दिनु भन्दा सो शब्द नै हटाउन उचित लागेको हुनाले शिर्षक परिवर्तन गरिएको छ । साथै, हालै पत्रकार ऋषि धमलाले उनको “धमलाको हमला” नामको एक कार्यक्रममा अभिनेत्रि ऋचा शर्मालाइ सोधेको प्रश्नले हल्लिखल्लि नै मच्चिएको थियो । अभिनेत्रिहरुले हिमालयन टिभिलाइ सो कार्यक्रम बन्द गर्न दवाव पनि दिएका थिए । (धमला र शर्माको सो अन्तरवार्ता र उनको केहि समय पछिको जवाफ यहाँ हेर्न सकिन्छ।)

petition against dhamala ko hamala

** मुल लेखमा सबै दिर्घलाइ ह्रस्व बनाइएका छन **

– अनुप रेग्मि

interviews_trending_sex_n_sex1आजकाल जतिपनि मोडल, अभिनेत्रि आदिका अन्तरबार्ता प्रकाशित हुन्छन प्राय: सबै जसोमा अन्तर्वार्तामा सोधिने प्रश्नहरुमा  सेक्स र ब्लुफिल्मका बारेमा नसोधिएको बिरलै पाइन्छ । यसै सम्बन्धमा फिल्मस्अफनेपाल डट कमका साथीले लेखेको एक लेखको समिक्षा गर्दा रंगपत्रकारहरु साच्चिकै छाडा भएका हुन् त भन्ने प्रश्न उठेको छ ।

अहिलेको समयमा कुनै पनि बयस्क मानिसले सेक्स सम्बन्धी फिल्म वा दृष्य नदेख्न असम्भब प्राय: छ । इलेक्ट्रोनिक्स सामानहरु जस्तै कम्प्युटर, टिभि, मोबाइल फोन आदिमा कहिँ न कहिँ बाट तेस्ता सामाग्री हेर्दिन भन्दा पनि देखिने सम्भाबना अतिनै बढि छ । त्यसमाथि, मानिस जातैले क्युरियस हुने हुनाले सहज रुपमा पाइने तेस्ता सामाग्रीहरु खोज्नै परे पनि गाह्रो छैन ।

त्यसकारण, “ब्लुफिल्म हेर्नु भा छ” भनेर सोध्नु भनेको त्यस्तो प्रश्न सोध्ने पत्रकारको मुर्खता मात्रै हो । त्यो प्रश्नको उत्तर बाट पाठकले अन्तरबार्ता दिने कलाकार महिलाले (पुरुषहरुलाइ तेस्तो प्रश्न सोधेको मैले भेटेको छैन) साँचो बोल्यो या झुठो बोल्यो भन्ने जाँच्न बाहेक अरु कुनै परमज्ञान हासिल गर्न सक्दैन ।

केही उदाहरणहरु:

आजको शुक्रबारमा प्रकाशित प्रियंका कार्किको अन्तर्वार्तामा प्रत्येक प्रश्नमा “सेक्स” भन्ने शब्द छ । प्रियंकाले ती प्रश्नहरुलाई सहज हिसाबले उत्तर दिइन तर सबै कलाकार सेक्स सम्बन्धमा त्यति नै खुला हुन्छन भन्न मिल्दैन  ।

सोहि पत्रिकाले पहिला एटना कार्कि संग सोधेको एक प्रश्नको जबाफमा “ब्लु फिल्म हेरेर फ्रेस हुन्छु” भनेर जवाफ दिएकी थिइन ।

तेस्ता प्रश्न सोधिने कलाकारहरुमा अलिक खुलाखालका कलाकारहरु जस्तै मोडल र नायिका बेबि थापा, स्मिता थापा, सोनिया केसि, शुष्मा कार्कि आदिले त सहज रुपमा नै लिएको देखिएको छ । मलाइ मन परेको उत्तर चाहिँ पूर्ब मिस नेपाल सदिक्षा श्रेष्ठको हो:

प्रश्न – सेक्स अनुभव छ कि छैन ?
सदिक्षा – छैन ।

प्रश्न – ब्लुफिल्म हेर्नुभएको छ ?
सदिक्षा – कृपया यस्तो प्रश्न नगर्नुहोला ।

अबका दिनहरुमा मोडल र कलाकारहरुले पनि सदिक्षाले जस्तै उत्तर दिएर छाडा प्रश्नगर्ने रंगपत्रकारहरुलाई पाठ पढाउनु पर्छ कि, पत्रकारहरु आफै सुध्रन्छन ?

अन्त्यमा, “सेक्स” सम्बन्धि प्रश्न नसोधिने नायिका भनेर नम्रतालाइ  राखिएको रहेछ : “किनकि, उनको बारेमा सबै कुरा थाहा छँदैछ, किन सोधिराख्नु पर्यो ?”

who_is_not_asked_sex_question

Incoming search terms:

  • नेपालि सेकसि भिडियो
  • सेकसिभिडियो
  • नेपाली सेक्स भिडियो
  • नेपलि सेकसि
  • नेपाली सेकसि भिडियो

नीता ढुंगानाको लागि सेक्स नियमित ट्वाइलेट गएजस्तै

नेपाली नायिका नीता ढुंगानाले एक पत्रिकालाई अन्तरबार्ता दिने क्रममा सेक्सलाई भिन्नै ढंगले प्रस्तुत गरेकी छिन् । हालै एउटा सेक्सलाई नियमीत ट्वाइलेट गएजस्तै भएकोले नियमीत रुपमा सेक्स गर्नुपर्ने बिचार व्यक्त गर्ने नायिका नीता सेक्समा उदार नायिकामा गनिन्छिन।

neeta_dhungana_smile

सेक्स प्राकृतिक आवश्यकता भएको भए पनि नितालाइ आएका यौनजन्य चलचित्रमा अभिनय गर्ने प्रस्तावलाइ भने उनले अस्वीकार गरेको बताउछिन । फिल्म लगायत अन्य मिडियामा सेक्सको अलिक बढी नै चर्चा हुने गरेको मान्ने नीताले सेक्सलाई सामान्य रुपमा नलिएर अनाबस्यक  हल्ला खल्ला हुने गरेकोमा चित्त नबुझेको पनि बताइन ।

नीताले पत्रकारहरुले सेक्सका बारेमा अनाबस्यक प्रश्न गरेर हैरान गर्ने र मुड-अफ नै गरिदिने गरेको पनि आरोप लगाईन।

neeta_dhungana_hug

Incoming search terms:

  • नेपाली यौनजन्य कथा
  • नेपाली यौनजन्य कथाहरु

‘एटिएम’मा सेन्सर बोर्ड को उपादेयताको अन्त्य ?

atm_kiss_sceneसेन्सर बोर्डको काम अब लगन पछिको पोते जस्तो हुन थालेको हो त ?

"एटिएम" फिल्मको प्रोमो रिलिज भए पछि नेपाली फिल्म क्षेत्रमा आएको भुइचालोले  सेन्सर बोर्ड को उपादेयता माथि नै प्रश्न चिन्ह लागेको छ । उक्त फिल्मका दृष्य परिवारमा बसेर हेर्न लाएक नभएको (लिंक- अंग्रेजी लेख) हामीले बताउदै आए पनि यस्ता खालका फिल्म बन्न शुरु भइ सके पछि यस्ता फिल्मको निर्माण नै रोक्ने प्रयास गर्नु भन्दा नियन्त्रित रुपमा निर्माण हुन दिने बाताबरण बनाउनू आबश्यक हुन्छ ।

प्रशन्न पौडेल, बद्री अधिकारी, सुरेश दर्पण पोखरेल, रामराजा दाहाल, सुमन दाहाल र जनक खकुरेल सम्मिलित निर्देशकहरुको समुहले यस बिषयमा ध्यानकर्षण गरे पछि चलचित्र बिकास बोर्डले सेन्सर बोर्डलाई पत्र काटेका बताएको छ । तर युट्युब लागाएत इन्टरनेटका कुनै पनि माध्यम सेन्सर बोर्डको कार्य क्षेत्र भित्र नपर्ने हुनाले फिल्मको प्रोमोको बारेमा सेन्सर बोर्डले केही गर्न सक्ने ठाउँ नै छैन ।

हुन त यो एक/दुइ मिनेट लामो प्रोमो मात्रै हो तर, यस अघि रिलिज भएको एउटा फिल्म ‘द लास्ट किस’ को रिभ्युमा हाम्रा समिक्षक रौनकका अनुसार त्यो फिल्ममा भएका सबै उत्तेजक दृष्य फिल्मको प्रोमोमा नै अटाएका थिए (अंग्रेजी लेखको लिंक) । यस हिसाबले "एटिएम" फिल्म भित्र पनि प्रोमो मा भएको भन्दा बढी उत्तेजक दृष्य केहि नहुने सम्भाबन प्रबल छ । सेन्सर बोर्डले फिल्म रिलिज पूर्ब तेस्ता सिन काटे पनि सबैले हेरिसकेको हुने हुनाले सेन्सर बोर्डको काम लगन पछिको पोते हुने निश्चित छ।

"एटिएम" फिल्मको प्रोमोमा देखाईएको दृश्य र सम्बाद प्रति चलचित्र बिकास बोर्डले "गम्भिर आपत्ती" जनाएर तेस्ता खालका फिल्म बनाउन छुट नभएको तर्क गरे पनि यसरी फिल्म बन्ने र इन्टरनेटमा प्रोमो रिलिज गर्ने प्रक्रियालाइ परिवर्तन गर्ने सामर्थ्य कसैसंग नभएको कुरा वोर्ड लगाएत सबैले बेलैमा बुझे राम्रो हुने थियो  ।

चलचित्र बिकास बोर्ड, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, आदि जिम्मेबार संस्थाहरुले पनि यस्ता फिल्म हरुले "समाजमा अराजकता" फैलाएको गलत बुझाइ समय साक्षप नरहेको हाम्रो ठम्याई छ । छाडा डाइलग र यस्ता खालका दृष्य नेपाली समाजमा अपाच्य भए पनि आँखा चिम्लादैमा कसैले देख्दैन भन्ने सोचाई राख्नु पनि बुद्दिमानी हुदैन ।

(trailer video not available)