Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

श्रावण महिनाको पहिलो दिन आज गाउघरमा लुतो फालेर साउने सक्रान्ती मनाउने गर्दछन ।  आज सोमबार पनि भएकोले ब्रतालु महिलाहरु शिवको आराधना गर्दै भोकै बस्छन ।

लुतो फाल्ने

यो महिनामा पानी धेरै पर्ने हुनाले हिलोको कारण चिलाउने रोग लुतो लाइ भगाउन लुतो फाल्ने चलन चलेको हो । कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।

तेस्तै, सक्रान्तिको सांझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ। लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने आदि बिभिन्न प्रचलन समेत रहिआएको छ।

शिवको आराधना

shrwan_mondayश्राबण महिना शिवको आराधाना गर्ने महिनाको रुपमा पनि लिइन्छ । श्राबण महिना भरि आराध्यदेव शिबको मन्दिर पशुपतिमा मेला लाग्छ । बिशेष गरेर महिलाहरुले श्राबण महिनाको सोमबार ब्रत बसेर शिवको आराधना गर्ने गर्दछन । अबिबाहित महिलाहरुले योग्य बर पाउँ भनेर ब्रत बस्छन भने बिबाहितहरुले आफ्नो लोग्नेको सुस्वास्थ र दिर्घायुको लागि ब्रत बस्ने चलन छ ।

यस पटक, २०६९को साउन महिनामा पाँचवटा सोमवार परेको हुनाले यस पटकको सोमबारको ब्रतको अझ बाढी महत्व भएको मानिन्छ । यस दिन हरियो रङ्गका लुगा, चुरा र मेहंदी लगाए शिवजी खुसी भई मनोकांक्षा पूरा हुने पनि विश्वास गरिन्छ । तेस्तै, यो महिना भारी गरिने बोल बम यात्रा पनि शिव भक्तहरु बीच प्रख्यात छ ।

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network