सीता एयरको विमान दुर्घटना, बिमानमा सबार सबै १९ जनाको मृत्यु

आज लुक्लातर्फ उडेको सीता एयरको एक विमान काठमाडौं विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना भएको छ । बिहान ६:१५ बजे भएको सो दुर्घटनामा उक्त विमानमा सवार १६ यात्रु र ३ चालक दल सदस्य लगायत सबै १९ जनाको मृत्यु भएको । काठमाडौं विमानस्थलबाट उड्नासाथ केही बेरमानै आगोलागेको सो विमान ठिमी – १६, मनोहरा खोलाको किनार खसेको थियो।

sita_air_crash_burning-plane

त्रिभुबन अन्तरास्ट्रिय बिमानस्थलले एक बिज्ञप्ति निकाली सो बिमान चरासंग ठोकिएको हुनाले आकासमा नै आगलागी भएको बताइएको छ । उक्त बिमानमा सबार मृतक मध्ये ७ जना नेपाली, ७ जना बेलायती र ५ जना चिनियाँ नागरिक रहेको बताइएको छ  । चालक दलका सदस्यहरुमा क्याप्टेन विजय तन्डुकार, टी थापा रहेका थिए ।

यस दु:खदायी घटनामा ज्यान गुमाउने सबैका परिवारजनमा धैर्यधारणाको शक्ति मिलोस् र मृतआत्माको चीरशान्ति मिलोस !

रोशन छेत्रीले आज दुर्घटना भएको सिता एयरको बिमानको उड्न लागेको एक भिडियो खिचेका रहेछन करीब ३ महिना पहिले । दुर्घटनाभएको खबर थाहा पाए पछि उनले अचम्म मान्दै सो भिडियो फेसबुकमा पोस्ट गरेका हुन् ।

अपडेट: स्थानीय प्रत्यक्षदर्शीका अनुसार, जल्दै बस्त्री बस्तीतिर खस्न लागेको हवाईजहाज खोलातिर मोडिएर खाली स्थानामा खसेको थियो । यसरी उक्त प्लेनका पाइलटले अन्तिम घडीमा पनि जमीनको बस्तीलाइ जोगाएको बुझिन्छ । अहिले खसेको स्थान नजिकै मनोहरा खोला किनारमा रहेका करीब ५-६ सय घरमाथी खसेको भए अझै यो घटनामा अझै ठूलो मानबिय क्षती हुने सम्भाबना थियो ।

चरासंग ठोकिएको भनेर बिज्ञप्ती निकालिए पनि विमान कतै ठोक्किएको पुस्टी हुन सकेको छैन। उड्ने बित्तिकै नै प्राविधिक समस्या आए पछि विमानलाइ आपतकालीन अवतरणका गर्ने क्रममा रनवे नजिकैको खोला किनारको बगरमा अवतरण गरे पछि करीब ४ मिनेट पछि मात्रै विमानमा ठूलो आगो लागेको बताइएको छ । अवतरणको लगत्तै विमानको आपतकालिन ढोका किन खुलेन र दुर्घटनाका कारण के हुन भन्ने कुरा अनुसन्धान पछि मात्रै खुल्ने छ ।

जे भए पनि यो नेपालमा भइरहने हवाईजहाज दुर्घटना मध्येको बिभत्स घटना हो । संसार भरी सबै भन्दा भरपर्दो सबारी साधन मानिने हवाईजहाज नेपालमा मात्र किन त्यति भरपर्दो हुन सकेको छैन, समयमा नै अनुसन्धान गर्न सकिएन भने अलि अलि आउने पर्यटकको संख्यामा अरु ह्रास आउने पक्का छ  ।

अर्को अपडेट

नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचनले चरा ठोक्किएरमात्र कुनै पनि विमान दुर्घटना नहुने भन्दै दुर्घटनामा प्राविधिक कमजोरी रहेको दाबी गरेका छन्। शेरचनका अनुसार एक दिन अघि उडानका लागि अयोग्य भन्दै ग्राउन्डेड गरिएको विमान भोलिपल्ट नै उडाइनु शंकास्पद रहेको छ।