दशैं / दसैंका शुभकामना एसएमयस (Dashain SMS)

बडा दशैंको अबसरमा सम्पुर्ण साथिभाइ, मान्यजन तथा इस्टमित्रहरुमा
सुख, शान्ति, समृद्धि, उन्नति, प्रगति, सु-स्वास्थ्य र दिर्घायुको
हार्दिक मगंलमय शुभकामना!

यि शुभकामनाहरु तयार गर्न धेरै जनाको मेहनत लागेको छ मैले चाँहि जम्मा मात्रै गरेको हुँ:

सबैको निधारमा टिका र जमरा होस
सत्रु जति सबै तपाइँकै कमारा होस
नवदुर्गा भवानिको लागोस आशिर्वाद
तपाइ फुल अनि पछिपछि भमरा होस
दशैको शुभकामना

***
निधारमा रातो टिका होस्
कानमा सिउरिएको जमरा होस् ।
आत्मियता नै आशिर्वाद मिलोस्
सधै सधै जीवन शुखमय होस् ।
सबैमा शुभ दशमिको शुभकामना !!!!

***
भकारिभरि धान होस्, मुसा नलागोस
जति बोत्तल चढाए पनि नशा नलागोस
बडा दसैं २०७३ आनन्दको होस्
सबैजनालाइ दसैं लागोस, दशा नलागोस

***

यो बडा दशैं, यो कडा दशैं!
यो नरम दशैं, यो गरम दशैं।
यो भब्य दशैं, यो सभ्य दशैं।
सुभावना दशैं, शुभकामना दशैं!

***

वि = विजयको प्रतिक बनोस्
ज = जहाँ भएपनि दु:ख नहोस्
या = यात्रा गर्दा काँडाले पनि नरोकोस्
द = दशैँको
श = शुभकामना
मि = मित्रहरुमा

***

सबैको घरमा हाँसो, खुशि लिएर आओस्
दशा नबनोस्, आनन्दै आनन्द छाओस्
सबैको फलोस् फुलोस्, सुभकामना दसैंको

****

कसैलाई दास नहोस्
कसैलाई पिडा नहोस्
खुशीले गोजी भरियोस्
दुख सारा रित्तियोस्
हासोलाई आसुले नछेकुन
दुश्मनी सारा सकिनु
दसैंको रंगले सबै भरियोस

***
टिका होस निधारमा,
पहेंलो जमरा होस कानमा,
सुख शान्ति,संमृद्धि, हाँसो खुशि छाओस नेपाली मन,मनमा
०७३ सालको बडादशैँ शुभकामना
***


 Continue reading

तिहार एस एम यस (Diwali SMS collection)

बडा दशैं पछि नेपालिहरुको दोश्रो सबै भन्दा ठुलो चाड तिहार पनि हर्षोल्लासका साथ एक अर्कालाइ शुभकामना आदान प्रदान गर्दै मनाउने चाड हो ।  यस उपलक्ष्यमा एक अर्कालाइ दिने शुभकामनाहरू यहाँ जम्मा गरिएका छन् । यो पोस्ट २ बर्ष अघि (Nov 2, 2013 – बिसं २०६९ मा) पोष्ट गरिको थियो । २०७२ सालमा यसलाइ परिमार्जन, थप र सबै दिर्घलाइ ह्रस्वमा परिवर्तन गरेर फेरि शेयर गरिएको छ ।

तिहारका ५ दिनको परिचय – भिडियोमा:

tihar diyo and flower

***
सदा पेट्रोल पाइयोस !
लोडसेडिङ नहोस् !
बन्द र हड्ताल नपरोस !
मोबाइलको नेट्वोर्क लागोस !
नेताहरुमा सुबुद्धि आओस !
पुरा होस् सबैको कामना ।
यहि छ मेरो तिहारको हार्दिक मंगलमय शुभकामना !!!

***

नाङ्लो भरी सेल होस टाउको भरि JEL होस्
घरमा लक्ष्मीको बास होस खल्तिमा पैसाको रास होस
देउसी भैलोको खेल होस दिदी भाई को मेल होस!

सबै कुरा राम्रो होस यो तिहार एउटा उदाहरण होस
कहिल्यै पिडा ले खिन्न नहोस
मुरी मुरी तपाईं को घर मा धन होस सत्रुको नास होस ।
यही छ मेरो तर्फ बाट तपाईंहरु सबैलाई शुभ दिपावली को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!!

***

makhamali

उज्यालो देशमा होस, उज्यालो घर परिवारमा होस्

उज्यालो सबैको जिवनमा होस् !

दिपावली र तिहारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !

 Continue reading