बिछट्टै अन्धि केटि (लघु कथा)

एउटि अन्धि केटि थिइ । उसलाइ आँफु अन्धि भएकोमा साह्रै दुख लाग्थ्यो । अन्धि हुनुको कारणले उसलाइ आफ्नो जिवन नै दुखि लाग्थ्यो ।

अन्धि नै भए पनि उसलाइ बिछट्टै माया गर्ने एउटा केटो थियो । उसलाइ पनि आफ्नो प्रेमिको एकदमै माया लाग्थ्यो । अरु कसैले वास्ता नगर्दा पनि त्यो केटो सँधै साथै हुन्थ्यो । अरु कसैले उसको कुरा नसुन्दा पनि उ चाँहि मन दिएर सुनेर बस्थ्यो ।

एक दिन, त्यो केटिले केटोसंग भनि, “मैले संसार देख्न सक्ने भए, म तिमि संगै बिहे गर्थें ।”

संजोग पनि कस्तो भयो भने त्यो केटिलाइ कसैले आँखा दान दिए । अस्पतालमा उसको आँखाको अपरेशन भयो । आँखाबाट पट्टि हटे पछि उसले सबै चिज देख्ने भइ । संसारका सबै कुरा प्रष्ट देख्दा उ खुशिले गदगद भइ । आँखा देख्ने भए पछि त्यो केटिलाइ उसको प्रेमिले सोध्यो, “अब तिमि संसार देख्न सक्ने भयौ । अब त तिमि मसंग बिहे गर्छ्यौ नि, होइन ?”

उसले आफ्नो प्रेमि तर्फ हेरि । तर, आफ्नो प्रेमिलाइ देखे पछि भने उ साह्रै दुखि भइ । किनकि उसको प्रेमि त अन्धो पो रहेछ । उ सँधै आँफ्नै बारेमा मात्र सोच्ने हुनाले प्रेमि अन्धो भएको पनि चाल नै पाइनछ । सँधै अन्धो भएर बाँच्दा बाँच्दा आजित भएकि केटिलाइ आँखाको परेलि जोडिएको आफ्नो प्रेमि देख्दा छाँगाबाट खसे झैँ भयो ।

भर्खर आँखाको उज्यालो पाएकि केटिलाइ आँफ्नो जिन्दगि अन्धो प्रेमिसँग बिताउने कुराले खुवै पिरल्यो । उ आत्तिइ, डराइ र प्रश्न गरि, “भर्खर आँखा देखेकि छु, फेरि अन्धकारलाइ अँगालेर म कसरि बस्न सक्छु?”

केटिको कुराले सोझो प्रेमि माथि बज्रपात भो । उसको परेलि जोडिएको आँखाबाट आँशुका बलिन्द्र धारा बगे । उ त्यहाँ बाट लुसुक्क हिँड्यो ।

केहि दिन पछि केटिले एउटा चिठि पाइ, आफ्नो पुर्व-प्रेमिबाट।

चिठिमा लेखिएको थियो, “ति आँखाको जतन गरिदेउ है । किनकि ति तिम्रा हुनु भन्दा पहिले मेरा थिए ।”

लघुकथा – बिषको असर

केहि समय अघिको कुरो हो, मेरि छिमेकि माझपाटे दिदिले आफ्नो एक्लो छोरा हर्केको बिहे गरिदिइन, बिनिता संग । हाम्रो समाजको अघोषित चलन भने झैं, बिहे गरेको केहि दिनमा नै माझपाटे दिदि र बुहारि बिनिताको बिचमा खटपट हुन शुरु भइ हाल्यो । माझपाटे दिदि बुहारिलाइ बुहारिको थान्कोमा राख्नु पर्छ भन्थिन भने बिनिता पनि के कम, उनले पनि आफुलाइ त्यो घरको एक्लि बुहारि, मालिक्नि नै ठान्थिन ।

effect of poison, story

जति जति दिन बित्दै गयो, सासु बुहारिको झगडाले झन झन उग्र रुप लिन थाल्यो । अति भए पछि बिनिताले हर्केलाइ आफ्नि आमालाइ सम्झाइ दिन अनुरोध पनि गरिन । तर, हर्केले पनि सासु-बुहारिको समस्या आफै समाधान गर भनेर पन्छिन खोज्यो ।

त्यस पश्चातको बिनिताको घुर्कि र अनुरोध पछि हर्केले आमासंग कुरा गर्न राजि भयो । हर्केले स्वास्निको पक्ष लिएर बोल्न थालेको सुन्ने बित्तिकै माझपाटे दिदिको पारो झन तात्यो । उनले छोरालाइ धिक्कार्दै जोइटिन्ग़्रे, स्वस्निको फरिया भित्र लुक्ने, नामर्द .. तेस्तै तेस्तै अनेक नाम दिएर गालि गरिन । उनि गालि गर्दा गर्दै थाके पछि घ्वाँ घ्वाँ रुन थालिन । हर्के चुपचाप, निन्याउरो अनुहार लगाएर, निरिह भएर बसि रह्यो । सासु बिरुद्धको बिनिताको यो अस्त्र पनि नपडकने बन्दुक झैं खेर गयो ।

आफ्नो लोग्नेको तेस्तो हालत देख्दा बिनितालाइ झन औडाह भयो । उनि रातभर सुत्न सकिनन् । त्यो दिनको घटनाले माझपाटे दिदि त झन बढि किचकिचे र रिसाहि बनिन । बिनितालाइ देख्ने बित्तिकै उग्रचण्डिको रुप धारण गर्ने भइन । अतिनै गार्हो भए पछि एक दिन, बिनिताले उनको माइतिको बैध्यबालाइ भेटन जाने निधो गरिन । उनका पिताका साथि बैध्यबाले उनलाइ सानै देखि एकदमै माया गर्थे तेसैले उनले सासुबाट छुटकारा पाउने कुनै उपाय बताउलान कि भन्नेमा उनलाइ झिनो आशा थियो ।

बिनिताले बैध्यबालाइ भेटेर आफ्नो घरको समस्या बताइन । उनले समस्याको फेरहिस्त बिट मार्दै थपिन, “मलाइ त सासुसंग यति रिस उठ्छ नि, बिष पाए खुवाएर मारिदिउँ जस्तो लाग्छ । बरु, हजुरसंग त बिष होला नि, है ?”

बैध्यबाले चिन्तित अनुहार लगाएर एक छिन सोचेर भने, “बिनिता नानि तिमिलाइ साँचिकै समस्या भएको रहेछ । यसको त उपाय नगरि हुँदैन । तर, एकै चोटि बिष खुवाएर मार्यौ भने त झन ठुलो समस्या पो हुन्छ । पुलिसले समात्छ, जिन्दगि भरि जेलमा बस्नु पर्छ । तर, तिमिले मैले भनेको जस्तो गर्ने हो भने मसँग सर्प पनि मर्ने लठ्ठि पनि नभाँचिने उपाय छ ।”

चिन्तित बिनिताले भनिन, “बैध्यबा, तपाइले जे जे भन्नु हुन्छ म गर्न तयार छु । त्यो चुडेल सासुबाट छुटकरा पाए त संसारमै म जति खुशि कोहि हुने थिएन ।”

बैध्यबाले कोठा भित्र गएर एउटा औषधिको शिशि लिएर आए । उनले भने, “यो अति नै मन्द बिष हो । यस्ले बिस्तारै शरिरलाइ कमजोर बनाउने गर्छ । यो औषधिको आधा चम्चा एक दिन बिराएर आफ्नि सासुको खानामा मिसाएर खुवाइ देउ ।” बैध्यबा ले थपे, “यो बिषको असर तुरुन्तै देखिंदैन । मानिसहरुले शंका नगरुन भनेर तिमि एकदमै सतर्क हुनु पर्छ । त्यसको लागि, सासुसंग संधै राम्रो ब्य्बहार गर्नु पर्छ । सासुले झगडा गरे पनि छोटो समयको लागि त हो नि भनेर, वास्ता नगरि बस । अब देखि सासुको बचन नफर्काउ, उनका सबै चहानाहरु पुरा गरिदेउ र उनलाइ रानि जस्तै ब्यबहार गर है ।”

अनि, बैध्यबाले सोधे, “केहि समयको लागि मात्रै हो, त्यति त गर्न सक्छौ नि होइन ?”

 Continue reading