Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

jyoti Khadka_jeshikaनारी शरीरहरु आफ्नो जीवनको कुनै न कुनै क्षणमा सुक्ष्म वा जटिल प्रकृतिको यौन दुर्ब्यवहारको शिकार भइरहेकै हुन्छन । चाहे त्यो सांकेतिक भाषाको प्रयोग गरेर होस् वा शारीरिक हमला वा बलात्कार नै । कमै मात्र त्यस्ता भाग्यमानी चेलीहरु होलान जसको भोगाइमा यस्तो तितो यथार्थले स्थान नलिएको होस् । सार्बजनिक यातायात, स्कुल, कलेज, कार्यालय, सिनेमा हल जताततै त्यस्ता कुदृष्टिले पछ्याइरहेका हुन्छन । नेपालको मुलुकी ऐन अदालती बन्दोबस्तको महल १३ र १४ मा आशय करणी र जबर्जस्ति करणीको स्पष्ट व्याख्या र सजायको व्यबस्था नभएको पनि हैन । तर ती कानुनका पंक्तिहरु केवल कोरा कागजमा  मात्र सिमित भैरहेको बहस धेरै चोटी सुन्नमा आइसक्यो । त्यस्तो ब्यबहारहरुलाई जानी बुझी नजर अन्दाज गरि हिड्नु पनि चेलीहरुको बाध्यता हो किनकि आफु र आफ्नो इज्जत जोगाउनु नै ठुलो कुरा ठानिन्छ हामी कहाँ । ठुलै साहस सहित प्रतिकारमा उत्रने वा न्यायलयको ढोका ढकढकाउन जाने पिडित चेलीहरुलाई पनि समाजले चरित्रहीनको बिल्ला भिराइदिएर यस्तरी हतोत्साही बनाउछन कि यहि कारणले एकतर्फ मानसिक तनाबमा जेलिएर उनीहरु आत्महत्यासम्मको बाटो रोज्छन भने अर्को तर्फ अपराधी मनोबलमा थप बल पुग्न जान्छ ।

jyoti_khadka_last _goodbye

पछिल्लो पटक नायिका ज्योति खड्काको आत्महत्या प्रकरणले यस्तै मुद्धाहरुको पुन: उठान गरेको छ (समाचार अंग्रेजीमा) । यौनलाई निकैं जटिल बिषयको रुपमा पेश गर्ने हाम्रो समाजमा त्यस्ता धेरै मन्याताहरु स्थापित छन जसले एउटी महिलालाई मृत्युको कठघरामा उभिन बाध्य पारिदिन्छ । त्यसैको जल्दो उदाहरण हो नायिका खड्काको आत्महत्या । मिडियामा आएको खबर अनुसार उनको ६ बर्ष अघि सार्बजनिक गायक प्रकाश ओझा संगको सेक्स भिडियो र त्यसपछिको घटनाक्रम नै उनको आत्महत्याको कारक पाइएको छ । किशोरावस्था मै प्रकाशमा आएको भिडियो काण्डलाई आफ्नो मनोबलले जित्दै वयस्क अर्थात २३ बर्षको उमेरसम्म मानसिक तनावबाट गुज्रिदै आएकी उनी अनन्त "मरे पनि हारेको जस्तो हुन्छ" भन्ने आफ्नै अभिव्यक्तिलाई बिर्सिएर मृत्युको चीर निन्द्रामा सदाको लागि बिश्राम गर्न पुगिन् । ६ वर्ष भनेको थोरै अवधि हैन ! ६ बर्ष सम्म आम मानिसको जीवनमा धेरै उतारचढाव आउँछन , धेरै परिवर्तन देखा पर्छन । शरीरमा लागेको घाउको दाग मेटिन ६ हप्ता नै काफी हुन्छ तर उनको चरित्रमा लागेको दाग ६ बर्ष त के जिन्दगी भर नमेटिने देखेर नै होला सायद जिन्दगीसंग हारेर उनले त्यो बाटो रोजिन् । यसबाटै हाम्रो समाजको पक्षपाती चरित्र उजागर हुन्छ । यौन जस्तो प्राकृतिक र स्वाभाविक कुरोलाई हामी कहाँ यति जटिल बनाइन्छ कि जीन्दगी भर त्यो भुलभुलैयालाई तोडेर स्वतन्त्र विचरण गर्न सक्ने कुनै नारीको हैसियत बन्न सक्दैन । पितृसत्तात्मक दायरामा अल्झिएर यो काम गर्न हुने यो नहुने भन्दै आफ्नो चरित्र र इज्जत जोगाउदैमा उनीहरुको ३ चौथाई जीन्दगी त यसै खेर जान्छ ।

मलाई अचम्म लाग्छ, के यहि हो चरित्र र इज्जत भनेको ?  किन र कसका लागि हामी यति मेहनत गर्न बाध्य हुन्छौं आफ्नो चरित्र माथि कसैले औलो नउठाओस भन्नका खातिर ? त्यति मेहनत, त्यो पनि यो पक्षपाति समाजको लागि जसले एउटा पक्षलाई सर्वमान्य छुट र अर्कोलाई अंकुश लगाएको छ । एउटाको लागि सधै उदार अनि अर्को को लाई सधै आक्षेप लगाउन अग्रसर हुन्छ । बिडम्बना नै भन्नु पर्छ , यौनको बराबरी भागीदार महिला र पुरुषमा पुरुषलाई सफाया दिदै महिलालाई मात्र दोषी करार गरिन्छ । यसरी उनी समाजको बहिस्करणमा पर्ने कुरा त एउटा छुट्टै पीडादायी पाटो भैहाल्यो । त्यो भन्दा बेसी तुच्छ मानसिकता भएको व्यक्तिको बारम्बारको छेडखानी र कुदृष्टि नै उनको लागि अझ कष्टकर भैदिन्छ । नायिका खड्काको जीवनलाई पनि राति राति फोनमार्फत आफ्नो हवस् पोख्न अग्रसर जमात र त्यस्ता गिद्दे नजरहरुको प्रहारले निकै कष्टकर बनाएको हुनु पर्छ । संचारमाध्यममा सुन्नमा आएको उनी माथि प्रहार गरिएको त्यस्ता फोहोरी बचनहरु सुन्दा वा पढ्दा भन्न मन लाग्छ धिक्कार छ त्यस्ता पाशविक प्रवृति र चरित्रहरुलाई !!! अनि धिक्कार्न मन लाग्छ समाजको कथित मूल्य र मान्यताहरुलाई !

jyoti Khadka_jeshika_khadka

आजको आधुनिक समाजमा त्यस्तै प्रकृतिका घटनाहरु बारम्बार सुन्नमा आइरहेका छन् । स्कुल पढ्ने छात्राहरुको प्रेमी मार्फत सार्बजनिक हुने नग्न तस्बिर, इन्टरनेट देखि मोबाइल सम्म आइपुग्ने भिडियोहरु आदि यसका उदाहरण हुन् । यस भन्दा अघि आएका नायिकाहरु  श्रीषा कार्की ,पुजा लामा , नम्रता श्रेष्ठ सम्बन्धित घटना पनि यस्तै प्रकृतिको थियो । जसमा नायिका कार्की कमजोर साबित भईन र उनले पनि आत्महत्याकै बाटो रोजेकी थिईन भने अन्य २ नायिकाहरु आज पनि संघर्षशील छन् । उनीहरुको मनोबलको त हामीले प्रशंसा गर्ने पर्छ । नायिका खड्काको घटनावृतमा भने तथ्य कुरो बाहिर आइनसकेको ले यसै भन्न सकिने अवस्था छैन तर अधिकांस दोष उनकै देख्ने आँखाहरुको कमि भने पक्कै नहोला । मान्छेका सपना अनगिन्ति हुन्छन सपना देख्नु कुनै दोष हैन र त्यसलाई पुरा गर्न खोज्नु कुनै पाप पनि हैन । यस्ता आँखाहरुलाई गल्ति जो कोहीबाट पनि हुन्छ भन्ने कुराको जानकारी नभएको हुनसक्छ । यदि उनीबाट गल्ति नै भएको रहेछ भने पनि त्यसको क्षतिपूर्ति उनको त्यो अमुल्य जीवन त कदापि हुन सक्दैनथ्यो ।

यो घटनाबाट पक्कै पनि एउटा घृणित तथ्य पुन प्रकाशमा आएको छ कि तपाईं हाम्रा छोरीचेली , दिदीबैनीहरु कतै पनि सुरक्षित छैनन् । बाथरुममा अरुले नुहाएको चोरेर भिडियो खिची ब्ल्याक्मेलिंगमा त्यसलाई प्रयोग गरिनु, फोनबाट जथाभाबी प्रस्ताब आउनु जस्ता कुराहरुले यसको पुष्टि गर्छ । साथसाथै एउटा पाठ पनि यो घटनाबाट सिक्न सकिन्छ कि नायिका खड्काकै स्वीकारोक्ति अनुसार आफूमाथि आइपरेको समस्यालाई उनी एक्लैले सामना गर्न खोज्नु, आफ्नो मात्र स्वबिबेकको प्रायोग गर्न खोज्नु उनको व्यक्तिगत गल्ति थियो । यदि समयमै आफ्नो समस्या परिवारलाई भनेर उनीहरुबाट नैतिक समर्थन लिई अघि बढेको भए समस्याले यति बिकराल रुप लिने थिएन होला । उनले आफ्नो परिवारको समर्थन नपाएकी त हैनन नै तर त्यतिन्जेल सम्म अलि ढिला भैसकेको थियो वा भनुम उनी शोसनमा परिसकेकी थिईन् । त्यसैले पिडित चेलीहरु र हामी सम्पूर्ण नारीवर्गले सोच्नुपर्ने कुरा के हो भने यो समाज भनेको हामीले नै निर्माण गरेको एउटा दायरा मात्र हो । हामी पनि यसकै एउटा अंश हौ । आफ्नो सहभागिता भएर वा नभईकन पनि त्यस्ता साना ठुला घटनाहरुमा आफ्नो नाम जोडिन गएको खण्डमा नआतिकन त्यसको सामना गर्नु पर्छ । सर्बप्रथम त आफ्नो परिवारलाई त्यसको स्पष्ट जानकारी गराई उनीहरुको साथ र सहयोग लिनु पर्छ । आफ्नो परिवार नै आफ्नो प्राथमिकताको कुरो हो । परिवारले त्यसलाई कसरी लिन्छन त्यो नै हाम्रो प्रमुख सरोकारको बिषय हुनुपर्छ । समाज भनेको त धेरै रमिते पो हुन्छ त । राम्रो नै काम गर्दा पनि खुट्टा तान्नेहरुको कमी कहाँ हुन्छ र हाम्रो समाजमा ?? त्यसैले परिवारको नैतिक समर्थन नै काफी हुन्छ त्यस्ता समस्याहरु संग जुध्नको लागि । हरेक गल्तिको सुधार हुनुपर्छ र गर्न सकिन्छ भन्ने मानसिकता राखी अघि बढ्नुपर्छ । परिवारले पनि आफ्नो सन्तानप्रति सोहि अनुसारको भूमिका खेल्नु जरुरी छ । अनि समाजको पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्छ। खाली किन महिलालाई मात्र अपराधबोध गराउने ? किन पक्षपातको तराजुमा राखेर जोखिरहने उनीहरुलाई ? हाम्रै समुदायको संकुचित मानसिकताको उपज थियो हिजोको श्रीषा कार्की अनि आजको ज्योति खड्काको अवसान । अब फेरी पनि उनीहरुकै जस्तो हबिगत अन्य चेलीहरुको नहोस भन्ने कुरामा यो समाज सजक हुने कि नहुने त ? पक्कै पनि सोचनीय कुरा छ । यो संगसंगै समाजको मान्यता परिवर्तन पनि आजको आवश्यकता हो ।

Incoming search terms:

 

Jeshika_jyoti_khadkaमोडल तथा नायिका जेसिका खड्का (ज्योति खड्का) ले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको दुखद खबरले हामी मर्माहत भएका छौँ ।  हामी उनको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौँ । उनी बसन्तपुरस्थित आफ्नै निवासमा पासो लगाएको अवस्थामा भेटिएकी थिइन ।

सुनसरीकी ज्योति खड्‍का नायिका बन्ने धुनमा तत्कालिन प्रख्यात कमेडी गाएक प्रकाश ओझाको निकट बन्न पुगेकी थिइन । सो क्रममा प्रकाशसंग भएका यौन संसर्गका दृष्य सहितका भिडियो र फोटाहरु सार्बजनिक भए पछि प्रकाश ओझालाइ कैद हुनुका साथै उनको संगीतक यात्रानै अबरुद्ध भयो । प्रकाशका प्रतिस्पर्धी शिशिर सुवेदीले सार्बजनिक गरेका भनिएका ती निजी फोटो/भिडियो काण्ड पछि ज्योतिको जीबन अतिनै कष्टकर भएको उनले बताउदै आएकी थिइन ।

आफ्नो अतितबाट भाग्ने प्रयास स्वरुप ज्योति खड्‍का ले ‘जंगल क्विन’मा नायिका हुदा जेनिशा खड्‍काको नयाँ नामबाट सार्बजनिक भएकी थिइन । नाम परिवर्तन गरे पनि उनको कहालीलाग्दो अतितले उनलाई नछोडेको उनको केही समय अघाडी छापिएको बयानले पनि प्रष्ट पार्छ ।

इटहरीको स्थानीय साङ्गीतिक समूह मदानी समूहको म पनि एक सदस्य हुँ । त्यसमा प्रकाश ओझा शिशिर सुवेदीलगायतका व्यक्तिहरु पनि थिए । गायक प्रकाश ओझाले त्यही समूहबाट शुरु गरेको साङ्गीतिक यात्राले क्रमशः विस्तारित रुप लिँदै गयो । उहाँ राष्ट्रिय स्तरको कलाकार हुनुभयो । काठमाडौंमा कान्तिपुर टेलिभिजनको प्रशारण भर्खरै शुरु भएको थियो । उक्त टेलिभिजनबाट ओझाको नेतृत्वमा तीते करेली नामक हाँस्य कार्यक्रमको निर्माण गर्ने कुरा शुरु हुनथाल्यो । तीते करेलीको अभिनयका लागि म काठमाडौं बस्नुपर्ने भयो ।

गाउँठाउँका दाजुभाइ र दिदीबहिनीबीचको त्यो जमघट शुरुका दिनमा निक्कै रोमााचक भयो । तर जब दिन बित्दै गयो तब एक पुरुषले अर्कोलाई मन पराउने एउटाले अर्कोको घृणा गर्नेजस्ता कृयाकलाप बढ्न थाल्यो । त्यसै क्रममा मलाई शिशिर सुवेदीले औधी मन पराएको भन्दै बिवाह प्रस्ताव गरे । तर म त्यो प्रस्ताव स्वीकार गर्न समर्थ भइनँ । मैले हुँदैन भन्ने जवाफ दिएकै दिन शिशिरले भनेका थिए यो घमण्डको जवाफ म एक दिन दिउँला ।

म प्रकाश ओझाको प्रतिभा र व्यक्तित्वबाट निक्कै नै प्रभावित थिएँ । हुन पनि उहाँको प्रतिभाबाट हाम्रो इटहरी शहर निक्कै गौरवान्वित पनि थियो । त्यसैले मलाई अरुको भन्दा प्रकाश ओझाको बढी भर लाग्थ्यो । तर एक दिन मलाई प्रकाश दाइले मैले बाथरुममा नुहाउँदै गरेको नग्न तस्वीर देखाउनुभयो । होइन भनौं मैं हुँ त्यो हो भनौं त्यो फोटो खिचेको मलाई थाहै छैन । प्रकाशले त्यो फोटो खिचेपछि मलाई श्रीषा कार्की बनाउँछु भन्नेसम्मको धम्की दियो । त्यो धम्कीपछि मैले सोचें म मर्नु ठीक होइन । आफ्नी आमा पनि तीन वर्षको छँदै मरेको । कान्छी आमाले स्याहार सुसार गरेकी म मर्नुबाट मेरो परिवारमा ठूलो चोट पुग्छ । त्यसैले प्रकाश ओझाका शर्त मान्नुबाहेक मसँग कुनै बिकल्प रहेन । शब्दमा भन्नु नपर्ला प्रकाश ओझाका प्रत्येक माग मैले पूरा गरें ।

लोग्ने फेर्दै हिँड्ने इटहरीकी बद्नाम युवती सुदेशा सिग्देल र प्रकाश ओझाबीच सुमधुर सम्बन्ध थियो । म सुदेशालाई दिदी भन्थें । एक दिन सुदेशाले शिशिर सुवेदीको सहयोगमा प्रकाशसँग भएका चिप्सहरु बरामद गरेकी रहिछन् । त्यो चिप्समा सुदेशाकी छोरी मनिषा म र मेरी बहिनीको पनि नग्न तस्वीर थियो । तर सुदेशाले आफ्नी छोरीको दृष्य सबै नष्ट पारेकी रहिछ । उनले ओझाले चेलिबेटीमाथि दुव्र्यबहार गरेको भन्दै उसलाई छोड्न नहुने भन्दै मलाई उक्साइन् । त्यसैले मैले ओझा विरुद्ध मुद्धा दायर गर्नमा सहमति जनाएँ । मैले बुझिन कि ओझासँगको मेरा सम्पूर्ण सम्पर्कलाई सार्वजनिक गर्ने अपराधी सुदेशा हुन् भन्ने कुरा । कारणः ओझाले ती दृष्यहरु विकि्रका लागि नभएर मात्र ब्ल्याकमेलिङ्गका लागि तयार पारेका थिए ।

प्रकाश ओझा पक्राउ परेपछि मलाई उनकी श्रीमतीले पटक-पटक अनुनय गरिन् प्रकाशलाई माफ दिन । उनले प्रकाशसँग मलाई विवाह गर्नका लागि पनि दबाब दिइन् । तर मैले मानिनँ । उनले मलाई पढाई खर्च र चाहिएजति पैसा दिन्छु पनि भनिन् तर मेरा लागि त्यो कुरा स्वीकार्य भएन ।

प्रकाश ओझा जेलबाट मुक्त भएलगत्तै उसले मसँग माफ मागिसकेको छ । उसका पनि घर परिवार छन् भनेर मैले उसलाई माफ गरिसकेको छु । हुन पनि गल्ती मेरो पनि हो । प्रकाशले आफ्नो चाहना धम्कीको शैलीमा व्यक्त गर्यो त्यो उसको कुरा हो मैले प्रतिवाद गर्न सकिन र चुपचाप स्वीकरा गरें वास्तवमा त्यो मेरो गल्ती थियो । उसले मलाई बलात्कार गरेको थिएन । सुदेशाले प्रकाश पक्राउ परेलगत्तै अदालतलाई बयानमा भनेकी थिइन् प्रकाशका अश्लील दृष्यहरु मैले सेभ गरेर राखेकी छु । मैले सोधें किन दिदी भनेर । सुदेशाले भनिन् न्यायाधीशले पैसा खाएर प्रकाशको पक्षमा फैसला गरे भने काम लाग्छ नि ।

शिशिरले इमेलमा मेरो नाङ्गो फोटो ठाउँठाउँमा पठायो भनेर पनि मैले सुनें । सुनेपछि मैले शिशिरलाई सोधें । शिशिरले सुदेशाले हो भन्यो । सुदेशालाई सोधें उसले शिशिरले हो भनी । फोटोहरु पठाउने कर्तुत गरेपछि फेरि पनि मलाई शिशिरले भन्यो ज्योति बिगि्रएको केही पनि छैन म तिमीलाई अझै पनि स्वीकार गर्छु । मेरो यो आशक्तिलाई बुझिनौं भने म जे पनि गरिदिन्छु । उसले फोन गरेका नम्बरमा मैले कलब्याक गर्दा त्यो त पिसिओबाट गरेको रहेछ । यसबाट प्रष्ट हुन्छ विभिन्न व्यक्तिलाई इमेलमार्फत मेरो फोटो पठाउने मान्छे शिशिर हो । अनि पछिल्लो समयमा मेरो बद्नाम गर्ने उद्देश्यले सीडी बजारमा ल्याउने सुदेशा र शिशिर नै हुन् । किनभने त्यो सीडीमा सुदेशाले आफ्नी छोरीलाई जोगाएकी छन् र मलाई मात्रै प्रस्तुत गरेकी छन् । भरपर्दो आधार छ उनले अदालतमा चिप्स कपी गरेर राखेको बयान दिएकी थिएन । यसबीचमा मैले पटक पटक मर्ने प्रयास गरें । मलाई जीवन भन्दा श्रीषा कार्की बन्नु उचित पनि लाग्यो । तर मरेपछि हारिन्छ भनेर म मर्न सकिन । जित्छु एकदिन ममाथि भएको अन्याय जित्छु भनेर आजसम्म बाँचेकी छु ।

तर, राति राति मोबाइलमा फोन आउँछ- कति पैसा चाहिन्छ त्यसले पाउने हामीले नपाउने… तिम्रो … त कति राम्रो रैछ हेर्न मात्रै देऊ न यस्ता फोनबाट आजित भएर मैले मोबाइल बोक्न छाडें । बाँचौ आज पनि समाजले राम्रो भन्दैन मरौं हारेजस्तो हुन्छ म के गरौं दोधारमा छु ।

नेपाली फोरममा पोस्ट भएको यो बयानको आधिकारिकता पुस्टि गर्ने बास्तबिक सोर्स त्यहाँ नदिइएको भए पनि पत्रकार बिश्वमणि सुबेदीले पाँच बर्ष अघाडी सो बयान नयाँ पत्रिकाका लागि लिएको बताएका छन्।

हिमाल खबरपत्रमा छापिएको अर्को बयानमा ज्योतिले आफुलाई प्रकाश ओझाले ब्ल्याकमेल गरेको र सो कुरा परिवारलाई नभनेकोले दुख पाएकोमा पछुतो मानेकी थिइन : 

२० वर्षकै उमेरमा धेरै नसोचेका कुरा भोगिसकेका कारण म भोलि यही नै हुन्छु भनेर भन्न सक्ने अवस्थामा छैन। तर एउटा पछुतो भने सधैँ रहिरहनेछ। समयमै सारा कुरा परिवारलाई भन्न सकेको भए आज म यस्तो अवस्थामा हुने थिइनँ होला। यदि मेरो जस्तो घटना अरू माथि पनि भइरहेको छ भने घरका मान्छेलाई सबै कुरा भन्न म उनीहरूलाई अनुरोध गर्दछु। मैले त यस्तो दिन भोग्नु पर्‍यो-पर्‍यो, तर अब अरू कसैले अर्की ज्योति खड्का बन्नु नपरोस्।

नेपाली पत्रका अच्युत कोइरालाले लिएको एक अन्तरबार्तामा ज्योतिले भनेकी थिइन:

अरुलाई भन्दा विश्वास गर्दैनन्, कतिले त प्रकाशलाई फँसाउन र चर्चामा आउन यसो गरी भनेर मेरो मुखेञ्जी नै पनि भने । तर मैले उसलाई भाइटीका लगाइदिएकी थिएँ । हामीबीच आत्मीयता थियो । उसको (प्रकाश) घरमा जान्छु भन्दा आमाले पनि रोक्नुहुन्न थियो । उसको वाइफसँग पनि मेरो राम्रो सम्बन्ध थियो । दुई छोरीहरुले पनि मलाई दिदी भन्थे । तर कहाँनेर कुरा बिगि्रयो भने उसले कतिबेला मेरो नाङ्गो फोटो खिचिसकेछ । त्यो देखाएर मलाई ब्ल्याकमेलिङ गर्यो ।

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network