चर्चित हुँन स्क्यान्डल रुचाउने र स्क्याण्डलले पछ्याउने टप ५ नेपालि अभिनेत्रिहरु

सिने क्षेत्रमा राम्रो काम गरेर चर्चित हुनु भन्दा पनि नराम्रो काम गरेर चर्चामा आउन सजिलो मानिन्छ । फिल्मको प्रचारको लागि होस वा आफ्नै लोकप्रियताको लागि बिभिन्न स्टन्ट वा प्रचारबाजि गरेर चर्चित हुने चलन बढेको छ फिल्मि दुनियामा । कतिपय कलाकारले चर्चा चाहेर गर्छन भने कतिपय बिभिन्न स्क्यान्डलका कारण आफै चर्चित पनि हुन्छन । हुन पनि फिल्मि ब्रितमा “बरु बदनाम हुनु तर गुमनाम नहुनु” भन्ने मन्त्र जपेर सस्तो प्रचारबाजि गरेर क्षणिक चर्चा पाउनेमा बिभिन्न अभिनेता र अभिनेत्रिहरु छन् । आज म चर्चा गर्दै छु सबै भन्दा बढि चर्चामा आएका ५ अभिनेत्रिहरुको ।

भिडियो रिपोर्ट

१. रेखा थापा

रेखा थापालाइ ‘स्क्यान्डल क्विन’ नै भन्ने गरिन्छ । शुरुमा चर्चित हुँनकै लागि छोटा लुगा लगाउने रेखालाइ जिस्क्याएर देखा थापा पनि भनिन्थ्यो । उमेरले परिपक्व भए पछि भने आजकाल उनले छोटा लुगामा भन्दा पनि अन्य कुराबाट चर्चित हुने बहाना गरिरहन्छिन । उनका चर्चित स्क्यान्डलहरुमा छविराज ओझासंगको विवाह र सम्बन्ध बिक्षेद, सुदर्शन गौतमसंगको अफेयर, प्रचण्डसंगको नाच, संबिधानसभामा उमेदवारि र भोटरलिस्टमा नाम नभएकोले छोडनु परेको, फिल्म शुटिंग हुँदा हुँदै निर्देशकलाइ निकालेर आँफै निर्देशन सम्हालेको, पत्रकारलाइ कुटेको, राउटेका बच्चालाइ पालेको, कार्यक्रमहरुमा जान्छु भनेर अन्तिम समयमा नगएको, प्राय सबै जस्तो अभिनेताहरुसंग झगडा आदि अनगिन्ति प्रसंगहरुले रेखालाइ चर्चित बनाइ रहे ।

rekha thapa

२ नम्रता श्रेष्ठ

नेपालि अभिनेत्रि नम्रता श्रेष्ठ पनि फरक–फरक पुरुषसँगको अफेयरका कारण बेला बेलामा चर्चामा आइरहन्छिन् । उनको दोश्रो फिल्म “मेरो एउटा साथी छ” रिलिज ताका डिजे तान्त्रिक संगको सेक्स भिडियोले चर्चित बनाएको नम्रताको रेमनदास श्रेष्ठ र प्रेम घले संगको रोमान्सको चर्चा पनि लामो समय चलेको थियो । अहिले उनि पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको अफेयरका कारण चर्चित छिन । आजकाल नम्रता र दावा प्राय: सबैजसो सार्वजनिक कार्यक्रममा सँगै देखिन्छन् । राम्रो अभिनय क्षमता भएकि नम्रताको पहिलो निर्माण ‘सोल सिस्टर’ भने फ्लप भएको थियो ।

 Continue reading

Incoming search terms:

  • rekhathapa
  • susma karki

८ नेपालि अभिनेत्रिका सफल हुन नसकेका प्रेम संबन्धहरु

सेलिब्रेटीहरुको प्रेमको चर्चा अलि बढि नै हुने गर्छ तर त्यसमा पनि अभिनेत्रीहरुको प्रेमको चर्चा भने अन्य सेलिब्रेटीको पनि बढि नै हुने गर्छ । तेस्तै बाहिर देखिंदा त उनिहरुका लागि लव अफेयर अनि ब्रेकअप पनि सामान्य नै भएको जस्तो देखिन्छ । आज म केहि नेपालि अभिनेत्रीहरुका असफल प्रेमका बारेमा चर्चा गर्दैछु । जसमध्ये कोहिले विवाह गरिसकेका छन् भने केहि प्रेम सम्बन्धमा छन् ।

भिडियो रिपोर्ट तयार हुँदै छ :

निशा अधिकारी

अन्य अभिनेत्रीहरु भन्दा फरक सोच र फरक काम गरेर आफुलाई चिनाउन रुचाउने अभिनेत्रि निशा अधिकारि बिश्वको उच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो अभिनेत्रि हुन । हालै अफ्रिकाको उच्च शिखर कालिमान्जरोको आरोहण गरेर फर्केकि निशाले आफ्नो कपाल खौरेर पनि सबैलाइ अचम्मित पारेकि छिन ।

 Continue reading

शुष्मा कार्कीको उध्रेको चोली हेर्ने भिड – गाइजात्रामा पनि उही नाच

चलचित्र लूटमा ‘उध्रेको चोली छ है…’ आइटम गीतमा नाचेर सेक्सी नायिकाको रुपमा छुट्टै परिचय बनाउन सफल शुष्मा कार्कीको आजकाल खुबै डिमाण्ड रहेको छ । देश विदेश जताततै उध्रेको चोली देखाउदै हिड्ने शुष्मा गाइजात्रे कार्यक्रममा पनि हासो ठट्टालाइ बिर्सेर तेही पुरानो चोली प्रदर्शन गरिन।

Sushma_karki_Gaijatra_dance

शुष्मा कार्कीको ‘लुट’ गीत दर्शक तान्नको लागि सबै भन्दा सजिलो माध्यम मान्दै गाइजात्रा संग कुनै साइनो नभएको ‘उध्रेको चोली…’ गीतमा नायिका शुष्मा कार्कीलाई पनि नचाइएको थियो । गीत र नाच गाइजात्रे नभए पनि यसलाई आयोजकको गाइजात्रे पारा मानेर दर्शकहरुले रमाइलो ‘मानिदिएका थिए रे’ !

sushma_karki_crowd_sexy_dress

बेला बेलामा नर्तकी र मोडलको लागि नसुहाउने रुपले ठूलो भुडीको कारण आलोचना हुने गरेको भए पनि दर्शक बीच भने उनको मागमा कुनै कमी नआएको आयोजकहरु बताउछन ।

 Continue reading

बिन्दास शुष्मा कार्कि र बक्षस्थलको ब्यापार

नेपालि मनोरंजन संसार मात्र नभएर सबै क्षेत्रमा बिक्ने कुरा कै ब्यापार हुन्छ । बिकाउ कुराको सजिलो ब्यापार देख्दा त्यस्तो खालको ब्यपार गर्न नसक्ने मानिसहरुले बिरोध गर्नु पनि सामान्य नै हो । तर जतिसुकै बिरोध, हड्ताल, वा सजाय भए पनि बिकाउ चिजको ब्यापार रोकिदैन भन्ने कुरा नेपालि फिल्ममा पनि लागु हुन्छ र यो कुरा हालै रिलिज गरिएको ‘बिन्दास’ फिल्मको पोस्टरले फेरि पुस्टि गरिदिएको छ ।

‘बिन्दास’ फिल्मको पोस्टर काण्ड

फिल्म ‘बिन्दास’ को पोस्टरमा फिल्मकि नायिका शुष्मा कार्किका रगतले लत्पतिएका हातहरुले आफ्नो बक्षस्थल निचोरि रहेको देखाइएको छ । फिल्ममा पुरै खुल्नको लागि भनेर रु. तिन लाख पारिश्रमिक लिएकि नायिकाको रोल बढिनै कामुक हुने कुरा यो पोस्टरले पनि  संकेत गर्दछ भने अबका दिनमा नेपालि फिल्म क्षेत्रमा बक्षस्थलको ब्यापार फस्टाउने संकेत पनि गरेको छ । शुष्माले ‘लूट’ मा उध्रेको चोलिबाट पाएको सफलता पछि ‘जिन्दगानि दर्पणछायाँ’ को अर्को नाच पनि कामुक भएकै कारण सरकारि संचार माध्यममा प्रतिबन्धित भएको थियो ।

नायिका शुष्मा कार्कि को मुख्य भूमिका रहेको फिल्म ‘बिन्दास’ यहि भाद्र महिनामा रिलिज गर्ने तयारि गरिएको छ। राजु गिरिले निर्देशन गरेको यस फिल्ममा शुष्मा संगै अशोक फुयाल र सुशान्त कार्किको पनि मुख्य भुमिका रहेको छ । यस फिल्मले आधुनिक नेपालि युवायुवतिको जिवनकथालाइ प्रस्तुत गर्ने बताइएको छ । यसै सन्धर्बमा तल नेपालि फिल्म क्षेत्रमा भएका बिभिन्न ब्यापारको बिश्लेषण गरिएको छ ।

bindas_poster_hot_red

‘एटिएम’को प्रोमो रिलिज काण्ड बाट “उद्योगकै घोर अपमान र बेइज्ज्त गरेको ठहर” गर्ने नेपाल चलचित्र निर्माता संघ, ‘ए ६९’ बाट परिवर्तन गरेर ९ बजे (9 o’clock) बनाउने निर्माता र ‘३ एक्स’ (3 xxx) नाम राखेर फिल्म बनाउने अर्का निर्माता बिच ठूलो विरोधाभाष देखिन्छ ।

फिल्म क्षेत्रका बिभिन्न यौन केन्द्रित ब्यापार

शुरु शुरुमा गुनियो चोलिमा सजिएर देखिने नेपालि चेलिहरुमा नेपालि फिल्ममा अंग प्रदर्शन बिक्छ भन्ने ज्ञानका साथ साथै तिघ्राको ब्यापार शुरु भएको मान्न सकिन्छ । तिघ्राको ब्यापारलाइ ब्यवसाइक उचाइमा पुर्याउने रेखा थापा नेपाल कै नम्बर एक नायिका भएर जम्न पनि सकिन । त्यस पछिको चालु ब्यपार भनेको चुम्बनको ब्यपार हो । नायक नायिका बिच छुदा नै प्रलय हुन्छ कि जस्तो गर्ने युग बाट चुम्बनको युग सम्म आउनु भनेको नेपालि फिल्म क्षेत्रमा ठूलै क्रान्ति मान्न सकिन्छ । आजकाल चुम्बनलाइ सामान्य रुपमा लिनुका साथै नायिकाहरुमा चुम्बन गर्ने प्रतिस्पर्धा नै हुने गरेको पनि सुन्नमा आएको छ ।  त्यस पछिको चल्तिको ब्यपार भनेको छाडा बोल्ने र छाडा शब्दमा ‘बिप’ राख्ने फेसन नै भयो । छाडा डाइलगको ब्यापार फस्टाउदै गर्दा आजकल ‘बिप’को उपादेयता पनि समाप्त हुदै गरेको छनक देखिन्छ । अहिलेको चालु ब्यपार भनेको सेक्स, नांगिनु, र हल्ला खल्ला बाढि गर्नु नै रहेको छ । ति मध्ये पनि अहिलेको केन्द्रबिन्दु भनेको महिलाको बक्षस्थल रहेको छ ।

हालै नागरिक दैनिकको साप्ताहिक प्रकाशन, शुक्रबारमा, भित्रि अंग छ्यांग देखिने जालिदार लुगा लगाएकि एक मोडल, दिपशिखा खड्काको फोटो छापिदा त्यो फोटो अमर्यादित भएको कुरा चलेको थियो । त्यस्तै ‘एटिएम’ फिल्मको प्रमोमा पुरुष कलाकार (दिनेश थापा)ले महिला कलाकार (जिया केसि)को बक्षस्थल समातेको दृष्य पनि अपाच्य भएको बताइएको थियो। सिधा हिसाबले ‘बिन्दास’ को पोस्टरमा नायिका शुष्माले आफ्नो बक्षस्थल अन्य कलाकारलाइ समात्न लागाएको नभएर आफैले समातेको हुनाले छाडा नभएको बताउन पनि सक्लिन तर देखिनु र देखाउन खोज्नु दुइ फरक कुरा भएको ले भिन्न मानिसले भिन्न हिसाबले यसको ब्याख्या गर्न सक्छन । यस हिसाबले अहिले फिल्म कर्मिहरु बक्षस्थल व्यपारमा लागेको बुझ्न सकिन्छ । आगामि दिनहरुमा अन्य (र समाजले शुरुमा पचाउन गाह्रो हुने) खालका ब्यपार चल्दै जाने निश्चित छ । सक्नेहरु त्यहि धार समातेर अघाडि बढ्छन नसक्नेहरु छेउमा बसेर सेन्सर वोर्ड, सरकारलाइ गुहार्दै गर्छन  !

फिल्म सेन्सर नै हुनु हुदैन भन्ने एक थरि मानिस पनि नभएका होइनन तर, धेरै जसो मानिसले फिल्म सेन्सर हुनुलाइ राम्रै हिसाबले लिन्छन । तर हालका दिनमा फिल्मका सबै कुरा सेन्सरका दायरा भित्र पार्न नसकेको र फिल्म क्षेत्र आफ्नो पकड बाट फुत्कदै गएको महशुस गरेकाहरुले फिल्मको प्रोमोलाइ पनि रिलिज पुर्व सेन्सर गर्नु पर्ने कुरा उठाए । त्यस पछि स्क्रिप्ट पनि सेन्सर गर्न पर्ने नियम बनाउने कुरा पनि आयो । त्यति गर्दा पनि नभएर अब पोष्टरलाइ पनि सेन्सर गर्नु पर्ने कुरा गरिएको छ । हुन त अनौपचारिक रुपमा पोस्टर सेन्सर हुदै आएका पनि हुन (जस्तै – चपलि हाइटको पोस्टर परिवर्तन गर्नु) तर औपचारिक रुपमै तेस्ता सेंसर शुरु नहोला भन्न पनि सकिदैन ।  यसरि सेन्सर गर्दै गयो भने भोलि फिल्मका हरेक पक्ष (जस्तै संगित, फाइट, गित, कलाकारको जात, कलाकारको भाषा, बोलिको लबज आदि) लाइ सेन्सर गर्नु पर्ने दिन नाआउला भन्न सकिन्न ।

नोट: दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘ प्रयोगलाइ निरन्तरता दिन यो लेखमा भएका सबै दिर्घहरुलाइ ह्रस्व बनाइएको हो । (July 23, 2015)

Incoming search terms:

  • नेपाली छाडा कथा
  • nepali chada katha

शुष्मा कार्कीको कामूक आइटम डान्स (प्रतिबन्धित)

यौनजन्य फिल्मको बाढी आइरहेको बेलामा ‘जिन्दगानी दर्पणछायाँ’ मा आइटम डान्सर सुष्मा कार्कीको कामुक नृत्यलाइ राष्ट्रिय संचारमाध्यमहरुले बाढीनै कामुक भएको भनेर प्रतिवन्ध लगाएका थिए ।  नेपाल टेलिभिजनले अश्लिल भन्दै प्रसारणमा रोक लगाएको भए पनि यस भिडियोलाइ अनलाइनमा हेर्न सकिन्छ । गायिका पुष्पा पौडेलको स्वर रहेको ‘यति यति पानी गंगै रानी….’बोलको गीतमा गरेको उत्तेजक नृत्य यस लेखको अन्त्यमा पनि हेर्न सकिन्छ  । चलचित्र ‘लूट’को आइटम डान्सबाट स्थापित शुष्माको आइटम डान्सर छबी यस फिल्मको डान्सबाट अझ मजबुत हुने लक्षण देखिन्छ ।

sushma_item_dance_jindagani_Darpan_chhaya

‘जिन्दगानी’ र ‘दर्पणछायाँ’ नाम गरेका दुई सुपरहिट फिल्मको नाम मिलाएर निर्माता रोहित पुरीले चलचित्र ‘जिन्दगानी दर्पणछायाँ’ बनाएका छन् । तर निर्माता रोहितले भने ‘जिन्दगानी दर्पणछायाँ’ भिन्न प्रकृतिको भएको बताएका छन् ।  यही जेठ २६ गते काठमाडौंभित्र रिलिज गरेर त्यस पछि असार ८ गते मोफसलका हलमा रिलिज गर्ने तयारी गरिएको यो सिनेमाको बारेमा पत्रकारलाई जानकारी दिने उद्देश्यले गरिएको प्रत्रकार सम्मेलनमा फिल्मी कलाकारहरु भने उपस्थित थिएनन ।

दिलीप रायमाझी र नन्दिता केसीको मुख्य भूमिका रहेको यस फिल्म मनिष पन्थको लेखन र निर्देशन रहेको छ ।निर्देशक मनिषका अनुसार फिल्ममा अश्लिल दृश्य नराखिएकोले सपरिवार हेर्न मिल्ने बनेको छ । नारायणहिटी संग्रालयमा छायांकन गरिएको पहिलो फिल्म भनेर प्रचार पनि गरिएको यस फिल्मको एक गीत सो एतिहासिक स्थान मा छायांकन गरिएको हो । आजकल कामुकताको राम्रो ब्यापार भएर होला यस फिल्मको एक पोस्टरमा फिल्मकी नायिका नन्दितालाइ भन्दा पनि आइटम डान्सर शुष्मालाइ बाढी महत्वका साथ प्रस्तुत गरिएको छ ।

jindagani_Darpan_chhaya_poster

शुष्माको आइटम डान्सको भिडियो तल प्रस्तुत छ:

साताका पोस्टहरु (पौष २२ सम्म)

पौष १६ (डिसेम्बर 31, 2011)

  • Happy New Year 2012 – अंग्रेजी नयाँ बर्ष २०१२ को स्वागत र यस नेपाली वेभसाइटका आगन्तुकअरुमा हार्दिक मंगलमय शुभकामना  (फोटो, भाषा – अंग्रेजी)

happy_new_year_2012

  • साताका पोस्टहरु (पौष १५ सम्म) – पौष १५ सम्म यस नेपाली वेभसाइटमा पोस्ट भएका सबै सामाग्रीको संगालो (भाषा – नेपाली)
  • Two teenage Nepali boys stood first and third in international award on conservation – बुढानिलकण्ठ स्कुलका दुइ बिध्यार्थीहरुले एक अन्तरास्ट्रिय पुरस्कार प्राप्त गरेको बारेमा एक समाचार

    (भाषा – अंग्रेजी)

  • Nepali Movie – Jindagi (2011) – निखिल उप्रेती, प्रमोद दीप, आशा पौडेल, लक्ष्मी गिरी आदिको मुख्य भूमिका रेहको नेपाली कथानक चलचित्र जिन्दगी (भाषा – नेपाली)

jindagi

पौष १७ (जनवरी 1, 2012)

  • Sushma Karki Dances in New Year party – Doha, Qatar (Part 1) – नेपाली नायिका र आइटम डान्सर शुष्मा कार्की ले नयाँ बर्षको शुभकामना आदान प्रदान गर्न दोहा, कतारमा आयोजना गरिएको एक कार्यक्रममा नाच्दै गरेका दृश्यहरुको संगालो (फोटो, भाषा – अंग्रेजी)

sushma_karki_doha

  • Sunita Dangol – Miss Newa 2011 – यस बर्षको मिस नेवाको ताज सुनिता डंगोलको शिरमा – एक समाचार (भाषा – अंग्रेजी)

miss_newa_2011

पौष १८ (जनवरी 2, 2012)

  • Nepali Movie – Kahin Milan Kahin Bichhod – सुशील छेत्री, बिपना थापा, जल शाह, गौरी मल्ल, लक्ष्मी गिरि आदिको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र कहीं मिलन कहीं बिछोड (भाषा – नेपाली)

kahin_milan_kahin_bichhod

  • King Tribhuvan’s statue going to be removed from Shahid Gate – सहिद गेटमा रहेको राजा त्रिभुबनको शालिक हटाउने निर्णयको बारेमा एक समाचार (भाषा – अंग्रेजी)

पौष १९ (जनवरी 3)

  • MovieWoods – Hollywood, Bollywood, Tollywood, Lollywood, Ollywood, Kollywood… – के नेपाली फिल्म उध्योग कलिवुड हो ? हलिवुडको नाम बाट सिनेमा उध्योगको नाम राख्ने चलनको अन्ध सिको गर्दा हाम्रो अस्तित्व नै संकटमा परेको हो कि ? (भाषा – अंग्रेजी)

kollywood_nepalwood

  • Sushma Karki New Year party – Doha, Qatar (Part 2) शुष्मा कार्की ले दोहा, कतारमा नाच्दै गरेका दृश्यहरुको संगालोको दोश्रो भाग (फोटो, भाषा – अंग्रेजी)

sushma_karki_doha_2

  • Vehicular movement decreased by 50% – पेट्रोलियम पदार्थको अभाबमा देश भरका सडकहरुमा सबारी साधनको चापमा ५० प्रतिशतको कमी भएको बारेमा एक समाचार (भाषा – अंग्रेजी)

पौष २० (जनवरी 4, 2012)

  • Fuel supply to ease from Friday: NOC – पेट्रोलियम पदार्थको सहज उपलब्धताको बारेमा एक समाचार (भाषा – अंग्रेजी)
  • Nepali Movie – Superstar – भुवन केसीको निर्माण र भुवन केसी, सुष्मिता केसी, दिलिप रायमाझी, मिथिला शर्मा, सन्तोष पन्त आदिको मुख्य भूमिका रेहको  नेपाली कथानक चलचित्र सुपर स्टार  (भाषा – नेपाली)

superstar_nepali_movie

पौष २१ (जनवरी 5, 2012)

  • Woman become active to save rhinos in Nawalparasi – गैंडा बचाउ अभियानमा नवलपरासीका आईमाईहरुको सक्रियताको बारेमा एक समाचार (भाषा – अंग्रेजी)

पौष २२ (जनवरी 6, 2012)

  • Explosion in busy New Road – काठमाडौँको व्यस्तसडक नयाँ सडकमा एक प्रेसरकुकर बम पड्केको बारेमा समाचार (भाषा – अंग्रेजी)