अश्लिलता फैलाएको आरोपमा शुभेच्छा थापा कलाकार संघबाट निष्काशित

नेपाल चलचित्र कलाकार संघले अभिनेत्रि शुभेच्छा थापालाइ अश्लिलता फैलाएको र धार्मिक सद्भावमा आँच पुर्‍याएको आरोपमा संघको सदस्यताबाट छ महिनाको लागि निस्काशित गरेको छ । यहि माघ २ गते शनिबार बसेको कलाकार संघको कार्यसमिति बैठकले तेस्तो निर्णय गरेको कुरा चलचित्र कलाकार संघकि महासचिव सरिता लामिछानेले पुष्टि गरेकि छिन ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=AJFjq5d0cFU

गतसाता, अभिनेत्रि थापाले बौद्ध धर्मावलम्बिहरुको धार्मिक काममा प्रयोग गर्ने खादाले आफ्नो नग्न शरिर छोपेर फोटोसुट गरेकि थिइन् । चलचित्र, “बिन्दास ३” को प्रचारको लागि खिचिएका ति फोटोमा शुभेच्छाले निलो खादालाइ मिनि स्कर्ट जस्तो बनाएर लगाएकि थिइन भने सेतो खादाले स्तन छोपेकि थिइन । उनको ति फोटोको ब्यापक बिरोध भए पछि सुभेक्षाले माफि पनि मागेकि थिइन । भने कलाकार संघले थापालाइ बोलाएर स्पष्टिकरण पनि लिएको थियो ।

 Continue reading

निर्मात्रिको रुपमा हिरोइनहरु कति सफल कति असफल ?

अभिनेत्री पूजना प्रधान निर्माण गरेको फिल्म ‘चलकेट’ मंसिर १८ गतेबाट रिलिज हुँदै छ । हट छवि बनाएकि अभिनेत्रि पुजनाले यहि फिल्म मार्फत निर्मात्री बनेकि हुन । तेस्तै अर्कि अभिनेत्रि, करिश्मा मानन्धरको फिल्म “फागु” पनि चाँडै रिलिज हुंदै छ । अभिनेत्रिहरु निर्मात्रि बन्नु कुनै नयाँ कुरा भने होइन । धेरै अभिनेत्रिहरुले फिल्म निर्माण गरेका छन् तर, फिल्म निर्माण गरेर सफल हुने अभिनेत्रिहरु भने धेरै कम छन । आज म को को अभिनेत्रिहरु फिल्म निर्माणमा सफल भएका छन भनेर चर्चा गर्दैछु ।

सफल निर्मात्रिहरुको नाम लिंदा अभिनेत्रि रेखा थापा र झरना थापा को नाम सबै भन्दा पहिला आँउछ भने अन्य अभिनेत्रिहरु भने प्राय: असफल नै भएका छन् ।

भिडियो रिपोर्ट :

रेखा थापा

रेखा थापाको नाममा रेखा फिल्म्स दर्ता गरेर् उनका पुर्वपति छबिराज ओझाले धेरै सफल चलचित्र निर्माण गरेका थिए । छबि र रेखा छुट्टिए पछि सो ब्यानर रेखाले लगिन र “कालि”, “हिम्मतवालि” जस्ता सफल फिल्म निर्माण गरिन । तेसैले रेखालाइ सफल निर्मात्रि भन्न सकिन्छ ।

rekha thapa films

rekha thapa in rampyari

झरना थापा

झरना थापाका श्रिमान सुनिल कुमार थापा पनि सफल निर्माताको रुपमा परिचित छन् । उनको पहिलो फिल्म “धर्म संकट” को सफलता पछि निर्माण भएका “गोर्खालि”, “ए मेरो हजुर” र “तकदिर” सफल फिल्म भए । उनको फिल्म “फेसबुक” भने त्यति सफल हुन सकेको थिएन।

jharana thapa films  Continue reading