तिजको परिचय र तिजका अन्ध बिश्वासहरु

happy_teej(तिजका गीत सुन्नको लागि क्लिक गर्नुहोस | यो बर्ष फिल्मि कलाकारहरुले मोडलिंग गरेका तिज गित् यहाँ जानुहोस)

आज नेपालमा हिन्दु महिलाहरुको सबै भन्दा ठुलो पर्ब, हरितालिका तिज, मनाइँदै छ । परापुर्बकालमा पार्वतिले महादेवलाइ पति पाउनका लागि कठोर व्रत गरेको प्रसंगलाइ आधार मानेर तिज मानाउने गरेको बिश्वास गरिन्छ ।

यस पर्बमा अबिबाहित महिलाहरुले महादेव जस्तै सुयोग्य र आदर्श वर पाउँ भनेर ब्रत लिने गर्दछन भने बिबाहित महिलाहरुले आफ्नो पतिको सुख, समृद्धि, दिर्घायु र सुस्वास्थ्यको कामना गरेर ब्रत लिने गर्दछन ।

तिजका प्रमुख पाँच बिशेषताहरु:

  • भोकै ब्रत
  • रातो सारि (दुलहिको जस्तो पहिरन)
  • तिजका गितहरु
  • तिजका नाचहरु
  • शिवको पुजाअर्चना

तिज भाद्र शुक्ल द्वितिया देखि पञ्चमि सम्म ४ दिन मनाइन्छ।

  • पहिलो दिन – दर खाने (राति अबेर खायो भने भोलिपल्ट दिन भर भोकै बस्न सजिलो होस भनेर)
  • दोश्रो दिन – ब्रत बस्ने दिन (नाचगान र पुजा अर्चना)
  • तेश्रो दिन – गणेश चतुर्थि
  • चौथो दिन – ऋषि पन्चमि (पुजा अर्चना गर्ने दिन)

भिडियो परिचय:

दर खाने

तिजको दिन जल समेत नखाई ब्रत बस्नुपर्ने हुनाले तिजको अघिल्लो दिन बिभिन्न परिकार तथा मिष्ठान्नहरु तयार गरि ब्रतालुहरुले दर खाने प्रचलन छ ।दरमा ठाँउ अनुसार मिठा-मिठा परिकार खाने गरिन्छ । बिशेष गरि खाने कुराहरुमा खीर, सेलरोटि, केरा/फलफुल आदि मिष्ठान्न भोजनहरु  हुन्छन। तर, आजकाल अरु बिभिन्न परिकारहरु सर्ब सुलभ रुपमा उपल्ब्ध हुने हुँनाले दरका परिकारमा पनि आधुनिकता आएको छ।

पहिला दर बिहान उज्यालो हुनु भन्दा पहिले खाइ सक्ने चलन भए पनि  आजकाल घडिको सर्बसुलभताका कारण मध्यरात १२ बजे अघि नै दर खाने चलन बसेको छ। चिनजानका साथिहरु, नातेदार आदिलाइ बोलाएर दर खुवाउने प्रचलन पनि रहेको छ । आजकाल तिज आउनु भन्दा धेरै अघिदेखि नै दर खाने बहानामा जमघट गर्ने प्रचलन बढेको छ।

तिजमा माइतिले (चेलिका बाबु आमा वा दाजुभाइले) छोरि/चेलिलाइ घरमा बोलाएर संगै बस्ने, मिठा-मिठा परिकार खाने र दुख सुख साटासाट गर्ने पुरानो चलन हो । माइत जाने, घरका दुखसुखका कुरा बिसाउने साथि संगिहरुलाइ भेटने हिसाबले तिज र दर खाने प्रचलन पहिलेका महिलाहरुमा छुट्टै महत्व राख्ने गर्दथ्यो ।
 Continue reading

आनन्दका कुरा बरिलै, पशुपति शर्माको बारेमा (पशुपतिका चर्चित गितहरुको संगालो)

महिलाको नाचगान गर्ने चाड तिजमा सबै भन्दा चर्चित र सफल गायक भने पुरुष छन – पशुपति शर्मा। पशुपति शर्माले यो पटक एक दर्जन भन्दा बढि तिज गितका भिडियो रिलिज गरेर उनि सांच्चिकै तिजे गायक हुन भनेर् प्रमाणित पनि गरि दिएका छन । तिज गितलाइ आधुनिक बनाएर चर्चित भएकि गायिका कोमल ओलिको यो पटकको तिजको गित पनि पशुपति शर्माले नै लेखिदिएका हुन । यसरि, पशुपति शर्माले आधुनिक तिजमा आफ्नो आधिपत्य जमाउन सफल भएका छन् । आजको आनन्दको चर्चा तिनै महिला चाड्मा गित गाएर महिलालाइ नै उछिन्ने गायकको बारेमा जो लेखन, कम्पोजिसन, मोडलिंग सबै बिधामा हात हालेर सफल भएका छन ।

पशुपतिको परिचय तिजमा मात्र सिमित् भने छैन । उनि बहुचर्चित लोक गायक हुन जसका चर्चित गितहरु निम्न छन :

क्याम्पस पढ्न आउने (Campus Padna Aaune)
 Continue reading

परिवर्तित तिज र पुरुष सहभागिता

तीज नजिकिदै गर्दा मलाई  करिब एक दशक अघि घरनजिकै आमा, दिदिबैनीहरु आफ्नो घरायशी धन्दा भ्याएर रातको समय टुकीको उज्यालोमा नाच्ने , गाउने गरेको कुरा सम्झिदैछु | २/३ दिन अघिदेखि चेलीहरु माइती जाने,ल्याउने गरिन्थ्यो र तीज कै दिनमा भने आफ्नो गच्छे अनुसार शृंगार गरी बजार वा कुनै चौतारीमा भेला भै नाच गान गर्ने चलन थियो | शिव र पार्वतीको धार्मिक कथा जोडिएको तीजमा बिशेषत महिलाहरु आफ्नो श्रीमान र परिवारको लामो आयू र सुस्वास्थको कामना गर्दै ब्रत बस्ने परम्परा रहदै आएको छ | त्यतिबेलाको गीतहरु  पनि महिलाको बेदना , घर र माइतिबिचको अन्तरद्वन्द, गाउँमा घटेका घटना आदिको वास्तविकता बुनेर गाउने गरिन्थ्यो | समयको गतिशिलतासंगै  त्यतिबेला र अहिलेको तीजमा धेरै भिन्नता आइसकेको हामी देख्न सक्छौ |

teej_singers_sunita_dulal

अचेल तीज आउनु भन्दा १ महिना अगाडी देखि धमाधम तीजका एल्बमहरु बजारमा निस्कन्छन | हामी पनि त्यहीगित सुन्न र रमाउन अभ्यस्त भैसकेका छौ | गाउँघरका दलिनमा झुन्डिने रेडियो र क्यासेटमा पनि अचेल यस्तै गीतहरु घन्किरहेका होलान :

हाइ मेरो फरिया झन् माथि सार्यो झन् तल झर्छ हाइ मेरो फरिया …..|

हुनत गाउँ र सहर बीच तीजलाई मनाउने प्रकृति फरक फरक होलान तर परिवर्तन सर्वब्यापी भएको कुरालाई हामी नजर अन्दाज गर्न सक्दैनौ | शहरतिरको तिजको रमझमको त बयान गरी साध्य छैन | जुन हामीले अक्सर पत्र पत्रिका, टेलिचलचित्र वा कसैको बहसको बिषयमा सुन्दै र देख्दै आएका छौं | करिब एक हप्ता अघि देखि नै दर खाने र खुवाउने जमघट, रवाफिलो पोशाक ,गरगहना आदि इत्यादी तीजका बिकृति हुन् जसलाई हामीले हटाउनु पर्छ भन्ने आवाज पनि बिगत तिर सुन्दै आएकै हौ | यधपी सबैको आआफ्नै सोचाइ र शैलीका कारण सबै आआफ्नै ढंगले तीज मनाउन ब्यस्त भैरहेकै छन | कुन कुरा राम्रो र गर्न हुने कुन कुरा नराम्रो र गर्न नहुने  भन्नु भन्दा पनि मलाई चै परिवर्तनलाई आत्मसाथ्  गर्नपर्छ साथै आफ्नो मौलिकतालाई पनि महत्व दिनपर्छ जस्तो लाग्छ | त्यस देखि बाहेक त अब सबैको आआफ्नै सोचाई र ब्यबहार हो सबैको आआफ्नै रमाइलो गर्ने तरिका पनि |

 Continue reading