भाइ टिकाको साइत दिन भरि नै, ११:५२ मिनेट सबै भन्दा राम्रो

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटिकाको उत्तम साइत कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेटमा रहेकाे बताएको छ । सबै भन्दा राम्रो समयको लागि समय तोकिएको भए पनि पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार टिका लगाउनै नहुने समय दिन भरि नै नभएकाले हुनाले भाइटिकाको दिन जुनसुकै समयमा टिका लगाए पनि हुन्छ ।

तिहार अर्थात यमपञ्चक कात्तिक कृष्ण त्रयोदशि देखि कात्तिक शुक्ल द्वितियासम्म ५ दिन मनाइन्छ । तिहारको बारेमा जानकारि दिन मैले एक भिडियो पनि बनाएको छु :

तिहारको शुभकामना – तिहारका ५ दिनको परिचय

यो वर्ष (२०७३ सालमा) तिहार कार्तिक १२ गते शुक्रबारबाट बाट शुरु हुँदै छ । यस अवसरमा सबै पाठकहरु लाइ तिहारको मुरि मुरि शुभकामना छ ।

अव यो बर्षका तिहारका पाँच दिन निम्न कहिले कहिले परेका छन भन्ने बारेमा:

  • कार्तिक १२ – यमपंचक आरम्भ, काग तिहार
  • कार्तिक १३ – कुकुर तिहार
  • कार्तिक १४ – लक्ष्मि पुजा, गाइ तिहार
  • कार्तिक १५ – म्ह पुजा, गोबर्धन पुजा, गोरु पुजा
  • कार्तिक १६ – भाइ टिका

तिहारका यि दिनहरु को महत्व को बारेमा निम्न भिडियोमा प्रकाश पारिएको छ:

 Continue reading

भाइटिका कोमलको पेट्रोल उपहार, चम्सुरिको अस्पतालमा टिका

यो बर्षको भाइटिका अरु वर्ष जस्तो सहज थिएन | भर्खरै भुकम्पको मार बाट तंग्रिने प्रयासमा रहेको नेपाललाइ भारतिय नाकाबन्दिले घाइते नै बनाएको थियो | पेट्रोल को अभाव खाना पकाउने ग्यासको अभाव, औसधि लगायत अत्यावश्यक चिजबिजको अभावका बाबजुद यो बर्षको भाइटिका हर्षोल्लासपुर्ण मनाउने हरसम्भव प्रयास भएको देखिएको छ |

२०७२ सालका भाइटिकाका केहि बिशेष झलक :

छानिएका ५ कुराहरुको भिडियो यहाँ छ :

कोमल ओलि र रिस्ता बस्नेत दिपावलिको दिनमा बिरामि भए पनि भाइटिकासम्ममा स्वस्थ भएको बुझ्न सकिन्छ | कोमलले भनिन, “मैले मेरा दाइभाइलाइ surprise gift पनि दिएँ त्यो थियो २/२ लिटर पेट्रोल!”

komal oli bhaitika

चम्सुरि अर्थात पल्पसा डंगोलको यो बर्षको भाइटिका महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा गर्नु पर्यो | एकाएक ज्वरो आएर बिरामि भए पछि उनलाइ अस्पतालको इमरजेन्सी लानु परेको थियो | स्वास्थ्य जांच पश्चात पिसावमा इन्फेक्सन देखिए पछि उपचर्थ अस्पतालमा भर्ना गरिएको थियो।  अस्पतालको जनरल वार्डको ३०५ नंबर कोठामा अभिनेत्री चम्सुरीले आफ्ना तीन भाइहरुलाइ भाइटिका लगाइ दिइन । विरामी अवस्थामा अस्पतालमा भाइटिका गर्नु जिन्दगिकै पहिलो र अविष्मरणिय अनुभव भएको पल्पसाले बताइन|

 Continue reading

Incoming search terms:

  • diyo

रिस्ता बस्नेत र कोमल ओलि बिरामि, अन्यको उल्लासपुर्ण दिपावलि

अभिनेत्रि रिस्ता बस्नेत दिपावलिको तयारि गर्दा गर्दै बेहोस भए पछि अस्पताल लानु परेको थियो भने संचारकर्मि र गायिका कोमल ओलिको तिहार स्वास्थ्य कै कारणले खल्लो भएको छ । अन्य अभिनेत्रिहरुको उल्लासपुर्ण दिपावलिका फोटाहरु निम्न भिडियोमा हेर्नुहोस (अरु फोटो अंग्रेजि ब्लगमा Deepawali celebration of Nepali artists (2015 Photo feature):

कोमल ओलिको बेडरेस्ट

अघिल्लो दिन आफ्ना कुकुरहरु संग यसरि हाँसि खुशि कुकुर तिहार मनाएकि कोमल, भोलिपल्ट गर्धन सट्केर बेड रेस्ट गर्नु पर्ने भयो:

komal oli kukur tihar

komal oli bed rest in tihar

उनलाई चिकित्सकहरुले केहि दिन आराम गर्न भनेका छन् । यसको कारणले तिहारका उनका सबै योजनाहरु मा असर परेको छ । आफ्नो बेदनालाइ रमाइलो पाराले प्रस्तुत गर्दै कोमल ले एक देउसी लेखेकि छिन।

 Continue reading

तिहार एस एम यस (Diwali SMS collection)

बडा दशैं पछि नेपालिहरुको दोश्रो सबै भन्दा ठुलो चाड तिहार पनि हर्षोल्लासका साथ एक अर्कालाइ शुभकामना आदान प्रदान गर्दै मनाउने चाड हो ।  यस उपलक्ष्यमा एक अर्कालाइ दिने शुभकामनाहरू यहाँ जम्मा गरिएका छन् । यो पोस्ट २ बर्ष अघि (Nov 2, 2013 – बिसं २०६९ मा) पोष्ट गरिको थियो । २०७२ सालमा यसलाइ परिमार्जन, थप र सबै दिर्घलाइ ह्रस्वमा परिवर्तन गरेर फेरि शेयर गरिएको छ ।

तिहारका ५ दिनको परिचय – भिडियोमा:

tihar diyo and flower

***
सदा पेट्रोल पाइयोस !
लोडसेडिङ नहोस् !
बन्द र हड्ताल नपरोस !
मोबाइलको नेट्वोर्क लागोस !
नेताहरुमा सुबुद्धि आओस !
पुरा होस् सबैको कामना ।
यहि छ मेरो तिहारको हार्दिक मंगलमय शुभकामना !!!

***

नाङ्लो भरी सेल होस टाउको भरि JEL होस्
घरमा लक्ष्मीको बास होस खल्तिमा पैसाको रास होस
देउसी भैलोको खेल होस दिदी भाई को मेल होस!

सबै कुरा राम्रो होस यो तिहार एउटा उदाहरण होस
कहिल्यै पिडा ले खिन्न नहोस
मुरी मुरी तपाईं को घर मा धन होस सत्रुको नास होस ।
यही छ मेरो तर्फ बाट तपाईंहरु सबैलाई शुभ दिपावली को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!!

***

makhamali

उज्यालो देशमा होस, उज्यालो घर परिवारमा होस्

उज्यालो सबैको जिवनमा होस् !

दिपावली र तिहारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !

 Continue reading

तिहार बिशेष – सिस्नुपानी देउसी २०७०

happy-deewali-diyoसधै जस्तै यो बर्ष पनि सिस्नुपानी समुहले रमाइलो हास्यब्यंग मिश्रित देउसी प्रस्तुत गरेको छ । समसामयिक बिषयबस्तुलाई समेटिएर बनाइएको यो देउसी यहाँहरु को रमाइलोको लागि शेयर गरिएको छ ।

तपाइहरुको तिहार रमाइलो र हर्षोल्लास पूर्बक बितोस ! हार्दिक शुभकामना !

१.

भन भन नेपाली – निर्वाचन
मधेश पहाड हिमाली – निर्वाचन
थारु बाहुन थकाली – निर्वाचन
हामी सबै नेपाली – निर्वाचन
दलैदलको दलदल – निर्वाचन
उम्मेद्वारको दलबल – निर्वाचन
ढुंगा र मूढा – निर्वाचन
फुक्लिँदैछन् घुँडा – निर्वाचन
बैद्यका गोला – निर्वाचन
होला कि नहोला – निर्वाचन ।

हाम्रो गाउँको झुसे पनि उम्मेदवार भाको छ
चुनाव हुने खतरा बढ्दै गाको छ ।
भोट माग्न हिँडेको पर्चा पम्प्लेट बोकेको
बैद्यबाले समातेर झण्डै ठोकेको ।
बाटो घाटो खुला पाइयो मसाज भट्टी बन्द छन्
कुरो बुझ्दा नेताहरूले सहर छाडेछन् ।
बुझ्यौं बल्ल देशको हालत कसले यस्तो बनायो
नेता जब गाउँ पसे गावैं गनायो ।
बानेश्वरको बाटो हिँड्न मान्छे पहिला डराउँथे
राति राति सभासद्का भूत कराउँथे ।
सुते होलान् भन्ठानेको लौ न फेरि जागेछन्
होक्काँ होक्काँ गर्दै ती त गाउँ लागेछन् ।
सहर छाडी साँढेहरू गाउँमा चर्न आका छन्
आफैं आफ्ना गर्धनमा माला लाका छन् ।
जोत्ला जस्तो देखिनेलाई हरियो घाँस हाल्दिनू
नजोत्नेलाई पुच्छरमा पुल्ठो बाल्दिनू ।

बोल बोल देउसे – बोल्ने हो
सत्य कुरा खोल – खोल्ने हो
कागज कसको – चाइनाको
मसी कसको – चाइनाको
स्टाप्लर कसको – चाइनाको
आल्पिन कसको – चाइनाको
मोटर चाहिँ कसको ? – भारतको
पेट्रोल डिजेल – भारतको
झोला डोरी – भारतको
बाकस कसको – जापानको
डटपेन कसको – जापानको
त्रिपाल कसको – फ्रान्सको
अनुगमन कसको – युरोपको
चुनाव खर्च कसको – यु एस को
निर्वाचन कसको – चुप चुप चुप
आयोग कसको – चुप चुप चुप
उम्मेदवार कसको – चुप चुप चुप
हामी कसको – चुप चुप चुप ।
४. हाम्रा सुशिल दादाको दारी मात्रै गालो खोई ?
हेल्लो दिल्ली ! प्रधानमन्त्री खाने पालो खोई ?
एमाले र काँग्रेसको देखेकै हो ह्याऊ
बैद्यबालाई उचालेर खाने यिनको दाऊ ।
मुखले एक मधेश, नेतैपिच्छे प्रदेश
आफैं धामी आफैं झाँक्री कठै मधेश ।
प्रचण्डका परिवारै निर्वाचनमा जुट्या छन्
बाबु, छोरी, भाइ, बुहारी सबै उठ्या छन् ।
महंगीको खिलमाथि खिलखिल गर्छन् खिलराज
दुइटा मोटर एउटै ड्राइभर हाँसे जेमराज ।
राष्ट्रपति यो देउसीको विषय नै बनेनन्
किनभने उनले कुनै बाटो खनेनन् ।
राहत बाँड्न खोज्नेलाई हाल्छौं भन्छन् कारागार
लुटेरा र हत्यारा चाहिँ तिनका उम्मेदबार ।
पोलौंपोलौं साथी हो मोटर पोली के हुन्छ ?
एउटा पोल्यो दिल्लीले अर्को दिहाल्छ ।
मुक्ति ल्याउने सपना थ्यो सिपाही भए लडाकू
नाइके चाहिँ ट्वार्र ट्वार्र तान्छन् तमाखू ।
लुलाबुढा बाङ्गाटिङ्गा देशमै नेता छान्दैछौं
युवा जति भोटको साटो भिसा हान्दैछौँ ।
दुगड खेतान गोयन्का मित्तल र मुडबरी
नेपालका दलित पिडित गोल्छा चौधरी ।

५.

सुन जनता प्रस्ट हो – लोकमान सिं
सुनसुन भ्रष्ट हो – लोकमान सिं
सुनसुन इष्ट हो – लोकमान सिं
सुनसुन दुष्ट हो – लोकमान सिं
शीर्षस्थको शिरबाट – लोकमान सिं
राजतन्त्रको भीरबाट – लोकमान सिं
तस्करीको तुनाबाट – लोकमान सिं
क्रान्तिकारी कुनाबाट – लोकमान सिं
खरदारसुब्बा समाउलान्- लोकमान सिं
खुट्टा धुन लगाउलान् – लोकमान सिं
भ्रष्टाचार नियन्त्रण – स्यालको सिङ्
सुशासन र सदाचार – स्यालको सिङ् ।

६.

बिद्युतका सबै हाकिम अख्तियारको फन्दामा
कुरो नमिलेर हो कि खाने धन्दामा ?
कल्ले फोन गर्‍यो भनी तीन कल गर्दा चिनिन्छ
त्यसैले त टेलिकमको सीम किनिन्छ ।
उपहारको लोभले एनसेल सिम ल्याइयो
एन सेल माने नेपाल सेल बल्ल चाल पाइयो ।
फुस्स फुस्स हावा हान्छ खानेपानी धाराले
बन्छ बन्छ नयाँ नेपाल यस्तै पाराले ।
हामी पनि दिइरहन्छौं सरकार पनि दिइरहन्छ
आयल निगम घाटासँगै बोनस खाइरहन्छ ।

७.

भोट माग नेता हो – भोट माग
जोडेर हात – भोट माग
ढोगेर खुट्टा – भोट माग
बोकेर मल – भोट माग
सोहोरेर ढल – भोट माग
मकै छोडाई – भोट माग
पछ्यौरी ओडाई – भोट माग
दाँतै ङिच्याई – भोट माग
लाजै पचाई – भोट माग
चिल्लो लगाई – भोट माग
डराई डराई – भोट माग
रोई कराई – भोट माग
जालैमा फँसाई – भोट माग
काखैमा बसाई – भोट माग ।

८.

कृषि प्रधान देशमा किन बोक्ने कोदालो
कोदालोको बिँड हाली झण्डा उचालो ।
तरकारीको उपचार इन्जेक्शनले गरिन्छ
नखाउँ भोकै परिन्छ, खाँदा मरिन्छ ।
धन हुनेलाई होइन छोरी प्याज हुनेलाई दिने हो
ज्वाईंका लागि आलुको सिक्री किने भो ।
सरकारले ठूलो बजेट मास्टरमाथि खन्याउँछ
मास्टर भने नेताजीको लुतो कन्याउँछ ।
विदेश जाने चेली हो तिहारमा फिर्नू है
एयरपोर्टमा रक्षा गर्लान् होश गर्नू है ।
अधिकारी दम्पतिलाई कसले कठै भन्ने हो
पाप छोप्ने निरुपण आयोग कहिले बन्ने हो ।
नेता भने खोकी लाग्दा सिंगापुर र्झदछन्
डाक्टर चित्र उपचारै नपाई मर्दछन् ।
कस्तो समाज कस्तो देश क्या गजबको चाला
जेलबाट भ्रष्ट छुट्दा एक क्विन्टल माला ।

९.

ए दिँदैछौं आषिश – गनेर
सबैले जितून – भनेर
सहरको स्याल – गाउँ पसोस्
मृतकका नाउँमा – मत खसोस्
सडकमा खाल्टा – खुल्टी होस्
आश्वासन सुन्दा – उल्टी होस्
ढाडेले बजेट – नचाटोस्
नेताले बाटो – नकाटोस्
जग्गा दलाल अब – नजागून
बैंकका साहू विदेश – नभागून
दान पुण्य गर्न – धन नहोस्
कसरत गर्न – मन नेहोस्
सुगर सधैं – बढ्दो होस्
प्रेसर अझै – चढ्दो होस्
सम्विधान छिटो – लेखियोस्
उज्यालो नेपाल – देखियोस्
भ्रष्टका मनमा – भय होस्
नेपाली जनताको – जय होस् ।।
सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
माला चुडाउनेका गाला चड्काऊ नेपाली ।

तिहारको शुभ साइत

नेपाल पंचांग निर्णायक समितिले तिहारको शुभ साइत को बारेमा एक प्रेस बिज्ञप्ति नै निकालेको छ, जस अनुसार भाइटीका को शुभमुहुर्त बिहान ११:५५ बजे उत्तम रहेको बताइएको छ। 

Tihar_celebration

प्रेस बिज्ञप्ति ज्योतिष बलराम सिग्देल मार्फत प्राप्त भएको हो ।