नेपाल टेलिभिजनमा हास्य टेलिश्रृंखलाहरु बन्द भुकम्प र नाकाबन्दी लाइ दोष

नेपाल टेलिभिजनमा मन पराइएका सबै हास्य टेलिश्रृंखलाहरु बन्द भएका छन् । केहि समय अघि तितो सत्य बन्द भएको थियो भने अब बाँकि सबै – भद्रगोल, जिरे खुर्सानी र मेरी बास्सै पनि अनिश्चितकालका लागि बन्द भएका छन् ।

भिडियो रिपोर्ट

यि हास्य श्रृंखलाहरुलाइ प्रसारण गर्ने अधिकार पाएको कम्पनि ‘मिडिया हब’ र नेपाल टेलिभिजन बिचमा आर्थिक लेनदेनको विवादका कारण यि सिरियल हरुको प्रसारण रोकिएको बताइएको छ ।

 Continue reading

तितो सत्यको पुर्ण बिराम, जिरे खुर्सानि र मेरि बास्सै पनि बन्द हुने सम्भावना

नेपाल टेलिभिजनबाट बिगत १२ वर्षदेखि निरन्तर रुपम प्रसारण हुँदै आएको नेपालि हास्यव्यंग टेलिश्रृंखला ‘तितो सत्य’ अब औपचारिक रुपमा नै बन्द भएको छ । ‘तीतो सत्य’का निर्माता, निर्देशक एवं मुख्य कलाकार दीपकराज गिरिले सो कुराको जानकारि आफ्नो फेसबुक मार्फत् दिएका हुन । उनि लेख्छन, ‘६ सय भागसम्म निरन्तर प्रसारण भइरहेको नेपालकै सबैभन्दा लामो हास्य धाराबाहिक ‘तीतो सत्य’ अब नेपाल टेलिभिजनमा प्रसारण हुने छैन,’।

भिडियो रिपोर्ट:

दिपकले नयाँ विषयबस्तुको अभाव र विभिन्न प्रकारका बाधाहरुका कारण उक्त टेलिश्रिखलाले दर्शकहरुको चाहनालाई सम्बोधन गर्न नसकेको स्वीकार गर्दै  थप्छन, ‘जबरजस्ती कार्यक्रमलाई टिकाइरहनु भन्दा पछाडि हट्नु नै उपयुक्त ठानी यो १२ वर्षे यात्रालाई पूर्णविराम दिने निर्णय गरेका छौं ।’ दिपकले पोष्ट गरेको सो भनाइलाइ ‘तितो सत्य’ कि सहायक निर्देशक र सहयात्रि दिपाश्रि निरौलाले पनि समर्थन गर्दै ‘तितो सत्य भित्रको मिठो सत्य’ भनेर टिप्पणि गरेकि छिन् ।

सुन्नमा आए अनुसार चरम आर्थिक संकटबाट गुज्रिनु परेका कारण कलाकार तथा प्राविधिकहरुलाई समयमा पारिश्रमिक दिन नसक्दा सो सिरियल बन्द भएको हो ।

लामो समयदेखि ‘तीतो सत्य’ सहित मिडिया हबबाट प्रसारित अन्य हास्य टेलिसिरियल कलाकारले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका थिए । दीपकले अबको विश्रामलाई नयाँ कामका लागि गरिएको शक्ति संचयका रुपमा व्याख्या गरेका छन् । त्यसो त उक्त टिमले पछिल्लो समय ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ गरी दुई फिल्म निर्माण गरिसकेको छ र ति दुवै चलचित्रले राम्रो ब्यापार पनि गर्न सफल भएका थिए।

‘भविष्यमा पनि फेरि नयाँ सोचका साथ हास्य धाराबाहिक तथा फिल्म निर्माणलाई निरन्तरता दिने नै छौं,’ दीपकले लेखेका छन् ।

 Continue reading

तितो सत्यको नमिठो व्यंग्य

व्यंग्य एकदुइ जनालाई तितो लागे पनि धेरै जसो लाइ मिठो लाग्ने खालको भए मात्र राम्रो मानिन्छ । तर, त्यसको ठ्याकै उल्टो एक दुइ जनालाई मात्र मिठो र धेरै जसोलाइ तितो लग्यो भने व्यंग्यको उद्देश्य र उपादेयितामा नै शंका गर्नु पर्ने हुन्छ ।

making_fun_of

[ सिरियल संसारमा यहाँ क्लिक गरेर तितो सत्यको सो भाग हेर्न सकिन्छ (लिंक काम नगर्ने भएकोले हटाइएको छ !]

शन्तोष पन्तको छोरा प्रतीक पन्त लिंग परिवर्तन गरी छोरी केटलिन पन्त भएको सन्धर्भलाइ नमिठो पाराले ब्यंग्य गरेपछि तितो सत्यका लेखक र निर्देशक दिपक राज गिरीसंग सो सिरियल हेर्ने धेरै जसो दर्शकहरु रिसाएका छन् ।

एक १९ बर्षीय युबती (भुतपुर्ब युवक)को निजी जीवनलाई व्यंग्यको बिषय बनाउनु आफैमा उदेकलाग्दो लाग्छ । केटलिनको निजी जीवनमा दीर्घकालिन असर गर्ने अत्यन्त निजी र संवेदनशील बिषयलाइ यसरी उडाउनु पर्ने कुनै जायज कारण पनि देखिदैन ।

 Continue reading

Incoming search terms:

  • ketlin panta
  • pratik panta
  • https://xnepali net/np/tag/ketlin-pant