अमेरिकि भिसा आवेदनको लागि अव थोरै कागजात भए पुग्ने

अमेरिकि दुतावास काठमाण्डौंले पर्यटक तथा विद्यार्थि भिसाका आवेदकहरुको लागि सजिलोको लागि कागजी प्रक्रिया घटाउने बताएको छ । यहि जेठ १९ गते देखि नै शुरु हुने यो नयाँ ब्यबस्था अनुसार घुम्न जाने पर्यटक तथा पढन जाने विद्यार्थिहरुको लागि भिसा आवेदन दिंदा आबेदनको साथ थोरै कागजपत्र मात्रै पेष गरे हुने भएको हो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=UbFYIhnmorc

कतिपय कागजात निवेदनको साथ नबुझाइ भिसाको अन्तर्वार्ताको लागि उपस्थित हुँदामात्रै ल्याउनु पर्ने नयाँ ब्यबस्था मा उल्लेख छ । यो ब्यबस्था आवेदकहरूमाथि हुने सम्भावित छलकपटबाट उनिहरुलाइ जोगाउनका लागि पनि गरिएको बताइएको छ ।

 Continue reading

अम्रिकाको कथा यमन श्रेष्ठको स्वरमा

यमन श्रेष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन । अमेरिकामा लामो समय बसेर नेपाल फर्केका यमनले हास्य कार्यक्रमहरुमा हास्य प्रस्तुति दिने गर्नुका साथै केहि हास्य टेलिफिल्ममा पनि काम गरेका छन् । यमन राम्रो गायक हुनुका साथै राम्रो अभिनेता पनि हुन ।

https://www.youtube.com/watch?v=f2i94WZb-UQ

गितको बोल:

रिम्दै आएँ, घुम्दै आएँ … अम्रिकामा … हो अम्रिकामा …

ब्यानै देखि यहाँ त रात सम्म

रातै देखि फेरि ब्यानै सम्म

कामै काम कामै काम कामै काम का…मै काम

रिम्दै आएँ, घुम्दै आएँ … अम्रिकामा … हो अम्रिकामा …

**

 Continue reading

रञ्जना शर्माको तिघ्रा प्रदर्शन, अमेरिकाको हिमआँधिमा

हालै आएको हिमआँधिका कारण अमेरिका कतिपय पुर्विय राज्यहरुमा जनजिवन कष्टकर र अस्तब्यस्त भएको थियो ।  हिउँका कारण सबै ब्यापार ब्यबसाय ठप्प भए पनि त्यस पछि थुप्रेको हिउँमा रमाइलो गरेर फोटो खिच्ने र शेयर गर्ने  गरेका छन् ।  अमेरिकाको पुर्विय राज्यहरुमा बसोबास गर्ने अभिनेता अभिनेत्रिहरुले हिउमा खेलेको फोटोहरु शेयर गरेका मध्ये चिसो हिउँको थुप्रोमा अभिनेत्रि रञ्जना शर्माको रमाइलो भने हेर्न लायकको थियो ।

भिडियो रिपोर्ट:

घुँडासम्म पुगेको बुट लगाए पनि स्कर्ट (वा, हाफ कट्टु) छोटो भएको ले  रन्जनाको तिघ्रा भने छोपिएको छैन । यसरि रन्जनाले चिसोमा पनि छोटो लुगा लगाएर कामुक हुने प्रयास गरेकि छिन्।

 Continue reading

दिलिप रायमाझि पनि अमेरिका पुगे (फोटो)

नेपाली चलचित्रमा सशक्त अभिनय गर्ने अभिनेता भनेर मानिने दिलिप रायमाझि हालै अमेरिका पलायन भएका छन् । आफ्नो श्रिमति मन्जु रायमाझि र छोरि दिव्यालाइ साथमा लिएर उनि यहि शनिबार अमेरिका प्रस्थान गरेका हुन । (अमेरिका नपुग्दै लेखिएको समाचार, अंग्रेजिमा)

प्रस्तुत छ, अमेरिका पुगेपछि अमेरिकामा नै बसोबास गर्ने अन्य नेपालि कलाकारहरुसंग बसेर खिचेका फोटोहरु:dilip rayamajhi in usa1

फोटो १ – अरुणिमा लम्साल, दिलिप रायमाझि, ऋचा घिमिरे, दिव्या रायमाझि, उषा पौडेल र मन्जु रायमाझि (बायाँ बाट दायाँ)

 Continue reading

दुइ नाबालकलाइ छोडेर आशा परलोक गइन, नेपाल जाने सपना अधुरै

डिभी परेर सात बर्ष अघि अमेरिका आएका आशा र पुर्ण पौडेल दम्पतिलाइ दुइ सन्तानको जन्म र कामको व्यस्तताले नेपाल फर्कने फुर्सतनै भएको थिएन । यो बर्ष दशैमा परिवार नै  नेपाल जाने तयारीका साथ टिकट समेत बुकिङ गरिसकेको यो परिवारमा बज्रपात त्यो बेला भयो जब आशालाइ क्यालिफोर्नियाको नदिले बगाएर परलोक पुर्यायो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=Sh_BhUlgN9M

asha 3

सुर्खेतबाट करिब ७ बर्ष अगाडि अमेरिका पुगेको पौडेल परिवार क्यालिफोर्निया स्थित सेक्रेमेण्टो बसोवास गरीरहेकोछ । करिब दुई बर्ष अगाडि एक घर खरिद गरेका पौडेल दम्पतिका एक ५ बर्षका अर्का २ बर्षको छोरा छन्। आशा बिगत चार वर्षदेखि युर्निभर्सिटि पोष्ट एक्युट रिह्याब नामक स्वास्थ्य संस्थामा नर्स सहायकको रुपमा कार्यरत थिइन्।

 Continue reading

रेखाको स्कार्फ, झण्डा र देशभक्तिको कुरा

अमेरिका पुगेपछि अमेरिकी झण्डाको स्कार्फ बेरेर खिचेको फोटो देखेर रेखा अमेरिकन भाइन भनेर आएको टिकाटिप्पणी सुन्दा सार्है दुखी भएकी रेखाले उनलाई आफ्नो देश नेपाल अति नै प्यारो लाग्ने बताइन ।

nepali and us flag rekha thapa

अमेरिकी झण्डाभएको स्कार्फ लगाउदैमा कोही पनि देशद्रोही नहुने बताउदै आजकल रेखा नेपाली झन्डाभएको पिन लगाएर हिड्छिन । तर, रेखाले अमेरिकी झण्डा भएको स्कार्फ लगाएको देख्ने मिडियाले नेपाली झन्डा भएको पिन लगाएको नदेखेको गुनासो पनि रेखाले गरिन ।  (बिस्तृत अंग्रेजीमा)

अहिले रेखा अमेरिकाका बिभिन्न शहरहरुमा आयोजना हुने “नमस्ते अमेरिका २”मा भाग लिन र ‘ए फर अमेरिका’ भन्ने फिल्म को शुटिंगको लागि अमेरिकामा छिन् ।

अमेरिकी डीभी भिसा बन्द हुने सम्भाबना

dv_visaराम्रो नराम्रो त थाहा भएन तर अमेरिकी सरकारले केही बर्ष देखि दिदै आएको डीभी चिठ्ठा भिसा यसपटकदेखि बन्द हुने सम्भाबना रहेको बताइएको छ ।

हाउस अफ रेप्रेजेन्टेटिभले मात्रै पास गरेको एक प्रस्ताबमा डीभी चिठ्ठा भिसा रद्द गरेर यसको साटो अन्य खालको भिसा दिने बारेमा बताईएको छ । यस बारेमा अन्तिम निर्णय सिनेटले सदर गरे पछि मात्र हुने भएकोले अहिले नै निर्क्योल गर्न नसकिने अबस्था छ  । हरेक बर्ष अमेरिकाले ५५ हजार व्यक्तिलाई दिने भिसालाइ अझ ब्यबस्थित गर्ने खोजिएको बिलले  डीभी भिसाको भबिष्य निर्धारण गर्ने छ।

नेपालीहरुले राम्रै संख्यामा यस्तो चिठ्ठा पार्ने गरेकोले यदी बिल सिनेटले सदर गरेमा अब देखी अमेरिका जाने नेपालीको संख्यामा उल्लेख्य रुपमा कमी आउने छ ।

अमेरिकी सरकारले चिठ्ठाको आधारमा भिसा दिनुको सट्टा अमेरिकामा नै पढेर डिग्री हाँसिल गरेका व्यक्तिलाई भिसा दिन सजिलो बनाउने बताइएको छ ।

यस बारेमा वासिंगटन पोस्टको रिपोर्ट (अंग्रेजीमा) यहाँ पढ्न सकिन्छ !

अमेरिकी राष्ट्रपति ओबामा पुनः निर्वाचित

अमेरिकी राष्ट्रपतिमा बाराक ओबामा कार्तिक २१ गते भएको चुनाबमा फेरी दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । डेमोक्रयाट् पार्टीको तर्फबाट उम्मेदवार रहेका ओबामाले आफ्ना प्रतिद्वन्दी रिपब्लिक पार्टीका उम्मेदवार मिट रोम्नीलाई ठूलो मतान्तरले पराजित गरेका हुन् । अमेरिकामा रास्ट्रपति पदमा जित्नका लागि कुल ५ सय ३८ इलेक्ट्रोल मतमा कम्तिमा २ सय ७० मत चाहिने हुन्छ ।  हाल सम्मको नतिजा अनुसार २९ स्थानको मतगणना बाँकी रहंदा ओबामाले ३०३ इलेक्ट्रोल मत पाएर बिजयी भएका छन् भने रोम्नीले मात्र २०६ मत पाएका छन्  । यस चुनाबमा ओबामाले २००८ मा जितेका राज्यहरु नर्थ क्यारोलिना र इन्डियानामा रोम्नीले जितेका छन्  ।

obama_hugs-wife-after win

ओबामालाई यस नेपाली वेबसाइटका तर्फ बाट दोस्रो कार्यकालको लागि बधाई!

स्यान्डी आँधीले अमेरिकी जनजीबन अस्तव्यस्त बनायो

हिजो राती ८ बजे स्थानीय समयमा न्यूजर्सीको तटीय क्षेत्र हुँदै अमेरिकामा प्रवेश गरेको स्यान्डी नाम राखिएको सामुद्रीक आँधीले पूर्बी तटीय सहरहरुमा जनजीवन ठप्प बनाएको छ ।प्रतिघण्टा १ सय २९ किलोमिटरको गतिमा आएको आँधीका कारण कम्तीमा १२ जनाको मृतुहुनुका साथै ठूलो मात्रामा धनको क्षती भएको छ । मुसलधारे वर्षा, तिव्र गतिको हुरी, बाढी र हिमपातका कारण जनजीबन अस्तव्यस्त बनाएको आँधीको समाप्ती संगै न्युयोर्कमा देखिएको सप्तरंगी इन्द्रेणीका फोटाहरू मानिसहरुले अनलाइनमा बाँड्न थालेका छन ।

rainbow_after_huricane

करीब ५ करोड मानिस प्रभावित भएको अनुमान गरिएको यस आँधीले न्यूजर्सी, न्यूयोर्क, मेरील्याण्ड, पेन्सिल्भानिया र कनेक्टिकट लगायतका राज्यमा मानिसहरुको ज्यान लिएको छ भने लाखौँको संख्यामा बिस्थापित भएका छन् । अमेरिका पुग्नु अघिनै क्यारेबिन क्षेत्रमा कम्तीमा ६९ जनाको ज्यान लिइसकेको यस ज्यानमारा आँधी सकिए पछि क्षतीग्रस्त संरचनाको पुनर्निर्माण शुरु भएको छ ।

यस आँधीका कारण १४ हजार भन्दा बढी उडान रोकिएका थिए भने सोमबार दिनभर कुनै पनि सार्बजनिक सबारी साधन चलेका थिएनन । बिद्युत अबरोधका कारण न्यूजर्सीमा १५ लाख र न्यूयोर्कमा २ लाख ५० हजार मानिस अँध्यारोमा बस्न बाध्य भएका थिए ।

damaged_houseआँधीले भत्काएको एक घर

केपी ओली अमेरिकाको अस्पतालमा

मेक्सिकोमा भएको एउटा कन्फरेन्समा भाग लिएर नेपाल फर्कने क्रममा सोमबार बेलुका अमेरिका आइपुगेका भु.पु. उप-प्रधानमन्त्री र एमाले नेता खड्गप्रसाद ओली आकस्मित रुपमा बिरामी भएकोले मंगलबार बिहान  त्यहाँको नर्थ शोर हस्पिटलमा भर्ना गर्नु परेको थियो। बिरामी भएकोले उहाँ बुधबारनै नेपाल फर्कने योजना असफल भएको थियो।

mridula koriala khadga oli

अनायास अत्यधिक ज्वरो आएका ओलीलाई भेटेर आएकी मृदुला कोइरालालाका अनुसार ओलीको शरीरमा हेमोग्लोबिनको कमी देखिएको बताएकी छिन 

वहाको स्वास्थमा क्रमिक सुधार भए पछि डाक्टरहरुले उनलाई शनिबार डिस्चार्ज गर्ने बताएका छन।

 Continue reading