यौन भिडियो बाहिरिए पछि दम्पतिमा तनावमा, यस्तो अवस्थामा के गर्ने ?

के तपाइले आफ्ना वा आफ्ना नजिककाको नग्न तस्विर, भिडियो वा यौन भिडियो बनाउनु भएको छ ? आफ्ना रमाइला र गोप्य क्षणहरु अविस्मरणिय बनाउने भन्दै तेस्ता फोटो वा भिडियो जम्मा गरेर राख्ने गर्नुभएको छ ?

छ भने, के ति भिडियो वा फोटो बाहिरिए तपाइलाइ केहि असर गर्छ कि गर्दैन ? ति भिडियो वा फोटो सोसल मिडिया वा अन्य कुनै मिडियामा सार्बजनिक भए पनि केहि फरक पर्दैन भने यो पोष्ट तपाइकोलागि होइन, नपढे पनि हुन्छ । यदि असर गर्छ भने, निम्न भिडियो हेर्नुहोस।

https://www.youtube.com/watch?v=0zAO14bLaKY

माथि भिडियोमा उल्लेख गरेका दम्पतिले जस्तै आजकाल धेरैले आफ्ना अन्तरंग फोटो वा भिडियो खिचेर फोनमा वा कम्प्युटरमा राख्ने गरेका हुन्छन् । आजकल इन्टरनेट जोडिएका कुनै पनि फोन वा कम्प्युटर सुरक्षित हुँदैनन । जति सुकै लुकाएर राखे पनि, भाइरस लागेर वा ह्याकरले कप्युटर वा फोनमा भएका फाइलहरु चोर्न सक्छ्न ।  Continue reading

तपाइलाइ कस्ता भिडियो मन पर्छन?

यो पोष्टको शिर्षक हालै मैले ट्विटरमा पोष्ट गरेको एक पोलको हो बिषय हो। मैले भिडियो ब्लगिंग गर्छु भनेर भिडियो बनाउँदै आएको भए पनि अहिलेसम्म मेरा भिडियोका दर्शकलाइ उनिहरुको चहाना कस्तो छ भनेर सोधेको थिइन । यो पोल को निर्धारित समय सकिन अझै केहि समय बाँकि भए पनि अन्तिम नतिजा सजिलै अनुमान लगाउन सकिने भएको छ । र, नतिजा मैले बनाउने गरेका भिडियोको ठ्याक्कै उल्टो आएको छ ।

video blogging poll

ट्विटरका मेरा फलोअरहरु बढिमात्रामा समसामयिक बिषय र हल्का फुल्का मनोरन्जनको बिषयमा भिडियो बनोस भन्ने चहानु हुने रहेछ । तर मेरो चाखको बिषय भने नेपालि फिल्म र नेपालि कलाकारहरु हुन । यस हिसाबले मैले बनाउने भिडियो त्यति चाखलाग्दा छैनन । अब मैले के गर्नु पर्ला?

(यो पोलमा अबको ८ घण्टामा भएको परिवर्तन अन्तिममा अपडेट गरिनेछ )

के मैले मेरा भिडियोको बिषय परिवर्तन गर्नु पर्ला ?

मेरो बिचारमा भिडियो ब्लगिंग आफुलाइ मन लागेका र मन परेका बिषयमा चर्चा गर्ने माध्यम हो । आफुले जानेका र मन खाएका कुरामा चर्चा गर्दा खुल्न सकिन्छ र प्रस्तुत बिषयलाइ न्याय गर्न पनि सकिन्छ । चाख नलाग्ने बिषयमा चर्चा गर्न जांगर पनि चल्दैन र बोझ जस्तो अनुभव हुन सक्छ । तेसैले, मैले मेरा चाखलाग्दा बिषयमा भिडियो बनाउँदै जानु नै उपयुक्त होला जस्तो लागेको छ । तेसैले फिल्मको बारेमा र कलाकारहरुको बारेमा चर्चा गर्न रोकिने छैनन।

 Continue reading

सिर्जनाको रेग्मिले भिडियो ब्लग शुरु गर्ने

मिस नेपाल २०१६ मा उकृष्ट ५ मा पर्न सफल मिस ट्यालेन्ट सिर्जनाको रेग्मिले भिडियो ब्लग शुरु गर्ने भएकि छिन ।

धेरैले मिस नेपालको दावेदार मान्दै आएको तर उकृष्ट ३ मा पर्न सफल नभएकि सिर्जना रेग्मिले मिस नेपाल जित्नु भन्दा यति धेरै फ्यान र सपोर्टरहरु पाउनु ठुलो कुरा भएको भनेकि छिन । मिस नेपालको प्रतियोगिता जितेर तिन अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन जाने मिस नेपाल वर्ल्ड अश्मि श्रेष्ठ, मिस नेपाल अर्थ रोशनि खत्रि र मिस नेपाल इन्टरनेशनल बर्षा लेखिलाइ बधाइ दिंदै सिर्जनाले उनिहरुले नेपालको राम्रो प्रतिनिधित्व् गर्ने बिश्वास लिएको बताएकि छिन ।

 Continue reading

समयमै कर तिर्नु पर्छ है (भिडियो)

कोमल ओलीको तीजको गीतको ट्युनमा नेपाल सरकारको कर कार्यालयको लागि बनेको निम्न बिज्ञापनले नेपाली हरुमा कर सम्बन्धी सचेत बनाउने बिश्वास गरिएको छ ।

पवित्रा आचार्यको निर्देशन रहेको यो भिडियोमा पवित्रा र कोमल ओलीले पनि मोडलिंग गर्नु भएको छ । पवित्रा र कोमल दुबै जना “राजनीति’ चलचित्रमा गरेको अभिनयको लागि एनएफडीसी पुरस्कारको प्ररम्भिक मनोनयनमा पर्नु भएका अभिनेत्रीहररू हुनुहुन्छ।

https://www.youtube.com/watch?v=IONAMKi2oZU

बिज्ञापनको बोल:

हे … हे … हे … हे …
दिदी बहिनी दाजु भाइले थाहा पाइराख्ने कुरा
कर तिरेर जिम्मेबारी गर्नुपर्छ पूरा
सामान किनी बिल लिने बसालौं है बानि
बिल नलिई त्यसै हिडे देशलाई हो हानी
सामान दिई ब्यापारीले बिल दिनु पर्छ
बिल नदिए सरकारले कारबाही गर्छ

सबले बुझ्नु पर्छ है … है …
आ ….
सचेत भएर कर अफिस गएर

सचेत भएर कर अफिस गएर
समयमै कर तिर्नु पर्छ है … है …

समयमै कर तिर्नु पर्छ है …

समयमै कर तिर्नु पर्छ है …

kar

nfdc award nomination