बिनिता बरालको गिरफ्तारीको समाचार र स्पस्टीकरण

बिभिन्न समाचार माध्यममा ‘यौन शोषण, धम्की र दुर्व्यवहारको आरोपमा ललितपुर प्रहरी परिसरले उनीलगायत दीक्पाल कार्कीलाई हिजो राति बयानका लागि नियन्त्रणमा लिएको’  भनिएकी बिनिता बरालले आफूमाथि ‘चरित्र हत्या र क्यारियर बिगार्ने षड्यन्त्र’ भएको बताएकी छिन ।  फेसबुक मार्फत स्पस्टीकारण दिदा पनि बारम्बार फोनमा पत्रकारहरुको प्रश्नको जबाफ दिदा दिदा हैरान भएर विनिताले एक लामो बक्तब्य नै निकालेकी छिन ।  आफ्नो नाम चाहिँ लेख्न बिर्से पनि उनको फेसबुकको एकाउन्ट बाट सार्बजनिक गरिएको यो पत्र आधिकारिक नै मानिएको छ ।

binita_baral_clarification

यस अघि उनले फेसबुक मार्फतनै रोमनमा पनि आफ्नो धारणा ब्यक्त गरेकी थिइन:

binita_baral_clarification

 

कन्ट्रोभर्सीका कारण चर्चामा आइरहन रुचाउने बिनितालाई यो पनि एउटा चर्चित हुने अर्को मौका भएको हो कि ?

घटनाको पृष्टभूमि (अपडेट)

बिनिताको पहिलो चलचित्र ‘चपली हाइट’का नायक  राज घिमिरेले मोडल तथा नायक दिक्पाल कार्की बिरुद्ध उजुरी दिए पछि प्रहरीले नायिका बिनिता बराललाई पनि सोधपुछका लागि बोलाएको थियो । सोधपुछ पछि आबश्यक परेमा उपस्थित हुने गरि छोडीएकी नायिका बरालमाथि दिक्पाललाइ सहयोग गरेको आरोप लागेको हो ।  यौन शोषण, धम्की र दुर्व्यवहारको आरोपमा ललितपुर प्रहरीले पक्राउ गरेको दिक्पाल कार्कीलाई सात दिनको लागि हिरासतमा राखि सार्बजनिक मुद्दा दाएर गरेको छ ।

विनिता र दिक्पालविरुद्ध प्रहरीमा उजुरी दिनेमा राज घिमिरेका साथ ९ जना भएको बताइएको छ । यसरी गाली बेईज्जत गरेको भनेर उजुरी दिनेहरुमा निर्देशक ऋषि लामिछाने, निर्माता राजेश घतानी र स्क्रिप्ट राईटर शिवम अधिकारीले प्रहरी चौकीमा नै पुगेर उजुरी दिए भने अर्का निर्देशक आलोक नेम्वांग पनि उजुरी दिने बिचारमा भएको बताइएको छ ।

दिक्पालले विनय डिसी र सगुन केसीको नामबाट फेसबुक अकाउन्ट चलाएर गाली बेईज्जती गर्ने गरेको आरोप राज घिमिरेले लगाएका हुन । तर, दिक्पालले भने ती फेसबुक अकाउण्ट आफ्नो नभएको बताएका थिए । तर, राजले दिक्पालकै अकाउन्टबाट आएको एक म्यासेज देखाएपछि दिक्पालले आफ्नो एकाउन्ट ह्याक भएको हुन सक्ने बताएका थिए । विनिता प्रहरी चौकी पुगे पछि  राज र विनिता बीच भनाभन हुदा विनिताले राजको टाउको आफ्नो हेलमेटले फुटाई दिने धम्की दिएकी थिइन ।

विनिताले दिक्पाललाई भाई मानेर माया गर्ने बताउदै आएकी छिन । प्रहरी चौकीमा राती १० बजेसम्म बिबाद गरेर बिनिता भोलि पल्ट चलचित्र फुलस्टपको फोटोशुटको लागि राजीव श्रेष्ठको स्टुडियोमा ब्यस्त रहदा भिभिन्न समाचार मध्यममा विनिता लगायतका कलाकारहरु यौनधन्दामा लागेको र प्रहरीले पक्रेको खबर सार्बजनिक गरिएको थियो।

प्रहरी चौकीमा बयान दिदै दिक्पालका साथी उज्वल गिरीले दिक्पाल दोषी भएको बताएको बताइएको छ । तेस्तै उनक अन्य साथीहरु एसराज र सौरभ राज तुलाधरले पनि उनी दोषी हुनसक्ने सम्भाबना रहेको स्विकारेका छन् । प्रहरीको अनुसन्धान जारी रहेकोले केहि समय पछि दोषी भए नभएको निर्णय छिटै होला भन्ने आशा गरौँ ।

binita_baral

4 thoughts on “बिनिता बरालको गिरफ्तारीको समाचार र स्पस्टीकरण

  1. चर्चा बटुल्ने मेलो मात्र जस्तो लाग्छ मलाई त

  2. गर्ने बेलमा जे गर्न पनि पछी पर्दैनन् जब दोष आउन थाल्छ बेइजत हुने अबस्तामा बल्ल झुटा आरोप m माथि लगाय भन्न थाल्छन यति नाटकत रच्नु पर्यो नि चोखो बन्न होइन त नम्रता जी ?नोट भयो भनेता इजत्को ख्यालई न गरि रत भर बिस्तार ततौन पछी पर्दैनन् अनि भन्ने बेलमा यो झुट हो आफै गर्छौ पैसा मा यौनको खेति गर गर ज मन लाग्छ गर

  3. साला नेपाली भावनालाई नेपाली समाज बिर्सेर पैसाकोलागी एस्तो अनावस्यक अंग देखाएर मान्छेको परिवारसंगै बसेर पनि हेर्न नमिल्ने फिलिम बनाएर समाजको बेइज्जत गर्ने येस्ता सालेहरुलाई कानुन बमोजिम कारवाही गर्नुपर्छ,

Leave a Reply

Your email address will not be published.