पूर्व राजा ज्ञानेन्द्रको ‘गोप्य’ युरोप भ्रमण

पूर्व राजा ज्ञानेन्द्र युरोपको लागि प्रस्तान गर्नु अघि सम्म उनको यो भ्रमण गोप्य नै राखिएको थियो । निम्न फोटोमा ज्ञानेन्द्र र कोमल कतार एयरको जहाज भित्र बसिरहेको देखिन्छ ।

gyanendra_shah_komal_shah_qatar_air

ज्ञानेन्द्र करिब १४ जनाको पारिवारिक टोली लिएर युरोप भ्रमणमा निस्किएका हुन । फ्रान्सको चार्ल्स द गोल बिमानस्थलमा ओर्लिएका पूर्वराजाको पारिबारिक टोली कहाँ बस्छ भन्ने कुरा पनि गोप्य नै राखिएको छ । फ्रान्सको बिमानस्थलमा केही राजाबादीहरुले फूलगुच्छा लिएर स्वागत गर्न बसेको पनि बताइन्छ।

सबै कुरा गोप्य राखिएको हुनाले उनको युरोप भ्रमणको कारण अनुमान मात्र गर्न सकिन्छ, जस्तै: पारिवारिक समस्याबाट केही समयको लागि छुटकारा,  अथबा बिदेशी नेताहरुलाई भेटेर राजनीतिक शक्ति देखाउने प्रयास, अथबा कोमलको गत दराबर हत्याकाण्डमा लागेको गोलीको छर्राको उपचार, अथबा ज्ञानेन्द्रको ब्यपारिक सम्झौता; जे पनि हुन सक्छ ।

पारिवारिक समस्या

राजनीतिकका साथ साथै ज्ञानेन्द्रलाइ पारिवारिक समस्याले पनि पिरोलेको बताइन्छ । यस्ता केही समस्या निम्न छन:

  • ज्ञानेन्द्रकी छोरी दिलासाको हालै राजबहादुर सिं सित सम्बन्ध बिच्छेद भएको थियो ।  यसले ज्ञानेद्रलाइ चिन्तित तुल्याएको अनुमान गर्न गाह्रो छैन ।
  • उनको छोरा पारस पनि बाबुको राजतन्त्र गुमे पछि बुहारी हिमानी र छोरा छोरीलाई नेपालमै छोडेर राखेर थाइल्याण्डमा बस्न थालेका हुन ।  उनी आजकाल नेपालमा रहेको परिबारसंग सम्पर्कमा आउन नचाहने गरेको पनि बताइन्छ ।
  • धेरैले राजतन्त्र गुम्नुमा ज्ञानेन्द्रलाई दोषी देख्दा उनलाई थप पीडा हुने गरेको पनि बताइन्छ ।

अहिले सम्म प्राप्त जानकारी अनुसार उनी पेरिसमा दुइ हप्ता बस्ने छन् ।

3 thoughts on “पूर्व राजा ज्ञानेन्द्रको ‘गोप्य’ युरोप भ्रमण

  1. बाबुराम व्रमण गर्न विदेश जना हुने .के पूर्व राजा जना न हुने ?

  2. बाबुराम व्रमण गर्न विदेश जना हुने .प्रचान्द्र ले जे गरे ने हुने ,राजा ले केहि गर्न न हुने?सबै जना पॉवेर चाहन्चन .

Leave a Reply

Your email address will not be published. Required fields are marked *