पुलिसले पो बन्द गरेछन – खोइ प्रजातन्त्र ?

हिजो आजको ललितपुर बन्दमा बन्द सफल गर्नुमा ललितपुर बासी बन्दकर्ताको भन्दा पनि प्रहरीको बाढी भूमिका रहेको देखिएको छ । प्रत्येक नाकामा तैनाथ दङ्गा प्रहरीले सर्बसाधारणलाइ रोकेर बन्द भएको क्षेत्रमा जान दिइ रहेका थिएनन ।  हुनु पर्ने त सबारी चलाउन चाहाने सबैलाई सुरक्षा दिदै सबारी सुचारु गर्नु पर्नेमा थापाथली लागाएतका नाकामा सर्बसाधारणलाइ छेक्दैमा सुरक्षा हुन्छ त ?

bandakarta_police

यसरी सुरक्षा हुने भएको भए एउटा स्कुटर किन जल्यो ? निम्न फोटोमा जस्तै मानिसहरु किन कुटी रहेका छन् ?

banda_request

ललितपुर बन्दका क्रममा आइतबार पाटनमा मोटरसाइकल चलाएको भन्दै बन्दकर्ताले आक्रमण गर्न खोजेपछि माफी माग्दै मोटरसाइकल चालक । तस्बिरः सन्जोग मानन्धर/ईकान्तिपुर

road_block_by_police

यसरी प्रहरीले बन्दकर्ताको सहयोग गरिदिदा झन बन्दकर्ताहरुको मनोबल बलियो हुन जाने सम्भाबना हुन्छ । शान्ति सुरक्षा दिनको लागि भनेर सपथ खाएका प्रहरी जनताकै करबाट तलब लिएर केही बन्दकर्तालाइ कारबाही गर्न नसकेर लाचार भएर उल्टो बन्दकर्ताको साथ दिदै जनतालाई छेक्न थाल्नु ठूलो बिडम्बना हो ।

  • कमसेकम बाटो नछेकी खतरा भएको बारे पूर्ण रुपम सचेत बनाएर यात्रीलाई आफ्नै जोखिम जान दिनु प्रजातन्त्रको मर्म होइन र ?
  • जनताको सुरक्षाको तेस्तै चिन्ता भएको भए यात्रीहरु जम्मा गरेर स्कर्टिङ गरेर गन्तव्यमा पुर्याउने ब्यबस्था गर्न पनि सकिन्थ्यो होला नि।  ललितपुर कति पो ठूलो छ र !

त्रिपुरेश्वरमा पुलिसले बाटो छेकेर ललितपुर प्रबेश गर्न नदिए पछि प्रशुती गृह हुदै बाग्मती तरेर भित्री बाटोबाट पाटन दरबार स्क्यायर पुग्दा पनि कुनै बन्दकर्ता भेटिएन। मोटरसाइकल आदि निस्फिक्री चलिरहेका थिए ।

car_in_lalitpur

lalitpur_motorcycle

taxi_car_want_to_go_to_lalitpur

बन्द भन्ने थाहा पाउदा पाउदै पनि ललितपुर छिर्न पाउनु पर्ने माग गरिरहेका यो माथिको फोफोमा देखिएका कार, ट्याक्सी र मोटरसाइकललाइ पुलिसले रोक्नु को कारण के होला?

किन पुलिस ले बाटो छेकेर बन्द सफल बनाइ रहेको छ त?  (By – Bishow Gurung)

One thought on “पुलिसले पो बन्द गरेछन – खोइ प्रजातन्त्र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *