सिटी सेन्टरमा आगलागी – फिल्म हल भने चालु

आगलागी

कमलपोखरीस्थित ब्यापारिक केन्द्र सिटी सेन्टरमा बुधबार दिउँसो १ बजे भएको आगलागी तीन वटा दमकल, प्रहरी, र सेनाको सहयोगमा करीब एक घण्टा लगाएर नियन्त्रणमा लिइएको थियो । अण्डरग्रउण्डमा रहेको एक जेनेरेटरबाट शुरु भएको आगलागी चाँडैनै नियन्त्रण भएकोले धेरै क्षती हुन नपाएको बताइन्छ ।

फिल्म दर्शक बेखबर

तेस्तो ठूलो आगलागी हुँदा पनि आगलागीको साइरन नाबजाइएको र बिल्डिंगमा भएका मानिसहरुलाई बाहिर ननिकालिएको बताइन्छ । एउटै भाबनामा माथिल्लो तलामा भएको फिल्म हलमा फिल्म सुचारु रुपमा चलिरहेको बताइन्छ ।

city_center_fire

हुन त सिटी सेन्टर भबनमा ठूलो क्षती हुन पाएन तर यदि आगलागी नियन्त्रण हुन नसकेको भए भित्रका मानिसहरुलाई बाहिर निकाल्न नपाएर ठूलो क्षती हुन सक्ने थियो ।

यस घटनाले यस्ता ठूला भबनहरुमा बेलाबेलामा आगलागी भएमा के गर्ने भन्ने बारेमा जानकारी र ‘फायर ड्रिल’ गर्ने गराउने परिपार्टी ब्यबास्था गर्नु अतिनै आबश्यक देखन्छ । (फोटो क्रेडिट- शुरेश दर्पण पोखरेल)

One thought on “सिटी सेन्टरमा आगलागी – फिल्म हल भने चालु

Leave a Reply

Your email address will not be published. Required fields are marked *