प्रचण्डमाथि चियापान कार्यक्रममा हातपात

एकीकृत नेकपा माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा आफ्नै कार्यकर्ताले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि हातपात गरेको खबर आएको छ। भृकुटीमण्डपमा भइरहेको चियापान कार्यक्रमामा प्रचण्डलाई नजिकै गएर शुभकामना दिने क्रममा ती कार्यकर्ताले थप्पड हानेका थिए।

माओवादी कार्यकर्ताको थप्पडले प्रचण्डको चश्मा भूईँमा खसेर  फुटेको बताइएको छ । थप्पड काण्ड पछि भृकुटी मण्डपको सुरक्षा स्थिति अझै मजबुत पारिएको खबर छ ।

कान्तिपुरअनलाइनका अनुसार थप्पड हान्ने कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै आक्रोसित अन्य कार्यकर्ताहरुले थप्पड हान्ने व्यक्तिमाथि हातपात गरेका पनि बताइएको छ ।

maoist_tea_party_invitation_card

एकीकृत नेकपा (माओवादी) ले नेपाल राष्ट्रिय संवत् ११३३ को अवसर पारेर मंसिर १ गते काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदमान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रममा संचारकर्मी एवम् अन्य महानुभावहरुलाई निमन्त्रणा गरिएको थियो ।

सोसल मिडियाका प्रतिक्रिया

आजकल पत्रकारले चलाउने मिडिया भन्दा सोसल मिडिया अझ बढी शसक्त र छिटो छरितो भएको हुनाले इन्टरनेटको यो जमानामा सोसल मिडियामा आउने प्रतिक्रियाले पनि ठूलो भूमिका खेल्छ । यो थप्पड काण्डमा आएका केही प्रतिक्रियाहरु तल दिइएको छ :

  • यस अघि नेकपा एमालेका कार्यकर्ताको थप्पड खाएपछि झलनाथ खनाल प्रधानमन्त्री बनेका थिए, अहिले उस्तै परिस्थितीमा प्रचण्डले खाएको थप्पडले उनको प्रम हुने पालो आएको हो कि भनेर ठट्टा गर्न थालिएको छ ।
  • प्रचण्डले चड्कन खाएकोमा रेखा थापाको प्रतिक्रिया कसैले लिएनन के भन्थिन कुन्नी … ? (समन लुइँटेल)
  • ऊ बेला रूख हल्लाएर आकाशको तारा झार्ने सपना देखायौ कामरेड…अब कार्यकर्ताले दिउसै तारा देखाईदिने भए..:) #झापड #प्रचण्ड (रबिन्द्र अधिकारी)
  • यो सबै योजनामा छ ! कसको अहिले नभनौ.! मलाई दुनियाले गाली गरुन पिटन मारुन मतलब छैन तर आज सारै दुखि र निरिह छु ! केहि गर्न सक्ने अवस्थामा नि छैन ! यो योजनाको भण्डाफोर हुनेनै छ चाडै ! याद राखौ ! ए माओबादीलाइ सल्बलाएका छौ ! तिम्रो निद हराम हुने छ !…. यो कुनै राम्रो संस्कार होइन ! हामी कोहीपनि दल वा नेपाली यसमा दीपावली गर्न जरुरी छैन! हामी नागरिक यो संस्कार बनाएर सबै नेपालको बदनाम गरेका छौ ! धिक्कार र पुरी घ्रिनागत छ ! कुन दलसंग सम्बंधित कुकुरको त्यसको मुखिया कुकुरलाई घोक्रे ठ्याक नलागायेसम्म यो क्रम रोकीन्न ! जय होस !!! (प्रकाश दाहाल, प्रचण्डपुत्र)
  • नेकपा एमालेका नेता झलनाथ खनालले चड्कन खांदा त्यतिबेला एकीकृत माओवादी अध्यक्ष प्रचण्डले संसदमा, त्यो नेताहरुले प्रतिबद्धता पुरा गर्न नसकेको स्थितिप्रति जनताको आक्रोशको अभिव्यक्ति हो र सहमति हुन नसके जनताले अझ जुत्ता पनि हान्न सक्छन् भनेका थिए। अहिले प्रचण्ड स्वयंले चड्कन खांदा चाहिं त्यो कसरी “प्रतिगामी, अराजक, देशी-विदेशी शक्तिहरुको सुनुयोजित षडयन्त्र भयो?” (बीबीसी नेपाली सेवामा एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटासंग लिएको अन्तर्वार्ता, रबिन्द्र मिश्र मार्फत)
  • प्रचण्ड झापड काण्डमा को/कोले के के लेखे भनेर जान्न दुई घन्टा जति फेसबुक र टि्वटरमा अल्झिएपछि एउटा खतरा कुरा पत्ता लगाएँ मैले, ‘यी फेसबुके र टि्वटेले सक्नेभए आउने चुनावमा राष्ट्रपतिमा पदम कुँवर (प्रचण्डलाई पड्काउने), प्रधानमन्त्रीमा देवीप्रसाद रेग्मी (झलनाथलाई झापड हान्ने ), गृहमन्त्रीमा प्रवेश बस्नेत (सुशीललाई ताक्ने) र बिना विभागीय मन्त्री भए पनि प्रेमराज देवकोटा (झक्कुलाई झपडाउने) लाई जिताउने थिए। धन्न यी फेसबुके र टि्वटेहरुले यहाँ मात्र हल्ला गर्छन्, भोट हाल्नमा ध्यान दिन्नन् र पो नत्र त ठूला नेताको बिजोकै हुने रैछ। (दीपक भट्टराइ, पत्रकार)
  • माओवादीले आयोजना गरेको चियापानस्थलम भृकुटीमण्डपमा एकजना सन्काहा केटाले माओवादी शिर्ष नेताहरुतिर के हात उचालेको थियो, केही मिडियाका लागि त्यो प्रचण्डमाथि थप्पड हानेको रुपमा भारतीय बजारको चटपटेजस्तै विकाउ माल बन्न पुग्यो । विचरा त्यो सन्काहा केटालाई कसले कसरी पठाएको थियो, त्यो त खुल्दै जाला । थप्पड हानेको दावी गर्ने र असान्दर्भिक दृश्य प्रसारण गरेर इन्डियन चटपटे च्यानलकै सिको गर्नेहरु कसैले थप्पड हानेको दृश्य देखाउन सक्ला ? जब कि सबै टेलिभिजनका क्यामेरा चियापान सुरुभएदेखि समापनसम्म प्रचण्डतिर नै सोझिएका थिए । (सुबास शंकर कंडेल)
  • प्रचण्डले चड्कन खाए पछिका प्रतिक्रिया
  • – म त्यो ठाउंमा भएको भए म गोली हान्थे (कालिका एफएममा बोल्दै चितवनका सर्वसाधारण)
    – असभ्य नेता माथि भएको सभ्य कार्यवाही
    – जनताको धर्यको बांध फुट्यो
    – बल्ल खायो मंगले आफ्नै ढंगले
    – राजनितीक बिकृतिको चरम परिणाम
    – ठोक्नै पर्ने थियो ठिक गरयो
    – नेपाली जनताको सन्देश प्रचण्डले पाए
    – प्रचण्ड निदाएका थिए अव बिउझिन्छन्
    – थप झपटको प्रतिक्षा गर्नु
    – चियापानमा झापड खाएको प्रचण्ड चिया देखे तर्सिन्छ
    – पदम कुवंर हिरो हुन्

    (यी प्रतिक्रिया फेसबुक तथा अन्य संचारमाध्यममा आएका हुन) (चिरण शर्मा मार्फत)

prachanda_slapped

प्रचण्डलाई झापड हानेपछि माओबादी कार्यकर्ताको कुटाइ खाएर रगताम्य भएका बाग्लुंगका पदमकुमार कुँवर

2 thoughts on “प्रचण्डमाथि चियापान कार्यक्रममा हातपात

  1. बिचारलाई किन यति सरो kuटेको होला नि मा त माया लग्यो हौ के गर्नु हौ खै हौ हैन हौ के गर्नु हौ नाकबाट रगत नै आयछा खै हौ छिटो दक्तार्कोमा लानु नि हौ.

  2. राम्रो हो किनकि देसका धमिरलाई यस्तै गर्नु पर्छ ;

Leave a Reply

Your email address will not be published.