पूर्बयुबराज पारस थाइल्याण्डमा सुरक्षाको खोजीमा

राजतन्त्रको समाप्ति संगै थाइल्याण्डमा बसाइ सरेका पूर्बयुबराज पारसलाइ थाइल्याण्डमा समेत सुरक्षाको समस्या आएको छ । पारसले थाइल्याण्डस्थित नेपाली दुताबासलाइ लेखेको एक पत्र अनुसार उनलाई "अनेक प्रकृतिका लान्छाना लागायतका मानसिक यातना सहित आर्थिक शोषण देखि ज्यान मार्ने सम्मको हर्कत भएको" छ ।

paras_letter_to embassy

पारसका अनुसार उनी भारतीय मुलाका जस्ता देखिने व्यक्तिहरुबाट समेत असुरक्षित महशुस गर्न थालेका बताउछन। उनले आफ्नो जिउ धनको सुरक्षाको लागि नेपाली दुताबासले थाई प्रहरी र भारतीय दुताबाससंग पनि कुटनीतिक पहल गरिदिओस भनेर अनुरोध गरेका छन् ।

पारस जस्तो व्यक्तिले दुताबाससंग यसरी लिखित रुपमा सुरक्षाको माग गर्नुले उनलाई ठूलै समस्या आएको बुझ्न सकिन्छ । अघिल्लो महिनामा मात्र थाई पुलिसले पारससंग गाँजा भेटिएको आरोपमा पक्राउ (समाचार अंग्रेजीमा) गरेको थियो । एक थाई युबती संग  पक्राउ परेका पूर्बयुबराज यस अघिनै थाई युबतीसंग लहसिएको (समाचार अंग्रेजीमा) समाचार आएको थियो ।

paras_shah_in_birgunj_file_photo

5 thoughts on “पूर्बयुबराज पारस थाइल्याण्डमा सुरक्षाको खोजीमा

  1. अ मलाई नेपाल मा किन बसोबास छोड्नु वयाको नि
    विदेश को ठाउँ मा हजुर ले ……………………………………………………?
    पूर्ण शाह ” किस्मत” नेपाली कान्छो
    हरे भगवान कस्तो प्रोब्लेम ………………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *