आज माघ १ गते सोमबार (जनबरी १४, २०१३)को दिनलाई माघे संक्रान्तिको रुपमा घ्यु, चाकु, तरुल, तीलको लड्डु आदिको भोजन गरेर मनाइन्छ । मकर संक्रान्ति, उत्तरयान वा माघ संक्रान्तिभनेर पनि चिनिने यस पर्वले पूजाआजा बर्जित पौष महिनाको अन्त्य भएको पनि मानिन्छ ।
माघ महिना चिसो महिना भए पनि यस महिनाका अन्तिम दिनहरु न्यानो भइ सक्छन । माघे संक्रान्ति पछि रात भन्दा दिन लामो हुन थाल्छ ।
माघे संक्रान्तिको दिनमा देशभर बिभिन्न मेला लाग्ने गर्दछन । बिशेषगरी नदीको किनारमा लाग्ने मेलामा मानिसहरुको ठूलो घुइचो लाग्ने गर्दछ ।
नुवाकोटको एक गाउँमा यस पर्बको बेलामा लाग्ने साँढे जुधाउने मेला पनि त्यस भेगका मानिसहरुमा बिशेष आकर्षण मानिन्छ ।
- माघे संक्रान्तिको बारेमा अंग्रेजी लेख
- अघिल्लो बर्षका घ्यु चाकु तरुल आदिको फोटो