नेपालका पहिलो अर्बपति विनोद चौधरी

प्रत्येक बर्ष अमेरिकी पत्रिका फोर्बसले सर्वजनिक गर्ने विश्वका अर्बपतिहरुको लामो सूचीमा यस बर्ष पहिलो पटक नेपाली उद्योगपतिको नाम पनि समाबेश भएको छ । नेपाली अर्बपति विनोद चौधरीको नाम १ हजार ४ सय २६ जना अर्बपतिहरुको यस लिस्टमा पर्नु भारत बाहेक दक्षिण एसियामानै नयाँ किर्तीमान भएको मानिन्छ । उक्त सूचीमा चौधरी १ हजार ३ सय ४२ औं नम्बरका अर्बपति हुन ।

binod chaudhari billionare in nepal

विनोद चौधरीको चौधरी ग्रुप अन्तर्गत ४५ वटा कम्पनी छन् जसले ३० देशमा ६० वटा ब्राण्डका सामग्रीहरुको ब्यापार गर्दछ ।

यस अर्बपतिहरुको सूचीमा अमेरिकाका ४ सय ४२ जना व्यक्तिहरु छन् छन् भने यूरोपका ३ सय ६६ र एसियाका ३ सय ८६ जना रहेका छन् । बिगत चार बर्ष देखि मेक्सिकोका कालोस सिल्म हेलु ७३ अर्ब सम्पत्ति सहित पहिलो नम्बरमा छन् भने ६७ अर्ब डलरका धनी अमेरिकी विल गेट्स दोस्रो् स्थानमा छन् ।

One thought on “नेपालका पहिलो अर्बपति विनोद चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *