२०७० सालको दशैँको साइत र बैदिक मन्त्रहरु

२०७० सालको दशैँका साइतहरु तल दिइएका छन् । दशैंको मुख्य दिन,  विजयादशमीको दिन बिहान देवी अपराजिताको पूजा गरी नवदुर्गालाई विसर्जन गरेर मान्यजनहरूबाट टीका ग्रहण गर्नु उत्तम मानिन्छ । टीका लगाउनको लागि साइत तल दिइएको भए पनि बडा दशैंमा टिका लगाउन साइत नै कुर्नु भने पर्दैन।

  • आश्विन २५ गते शुक्रबार सप्तमी र फूलपाती भित्र्याउने
  • आश्विन २६ गते शनिबार महाअष्टमी र कालरात्रि पूजा
  • आश्विन २७ गते आइतबार महानवमीको पूजाको साइत
  • आश्विन २८ गते सोमबार विजयादशमीका दिन बिहान ९ बजेर २५ मिनेटमा देवी विसर्जन गर्ने साइत छ

टिका लगाउने उत्तम साइत बिहान ९ बजेर ५७ मिनेट जाँदा रहेको छ।

dashain wish

विजयादशमीको दिन बिहान देवी अपराजिताको पूजा गरी नवदुर्गा भवानीको पूजा विसर्जन गर्दा पढ्नुपर्ने मन्त्र:

ॐ जयन्ती मंगलाकाली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।
जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणी ।
जय सर्वगते देवी कालरात्रि नमोऽस्तुते।।

नवरात्रिमा स्थापना गरिएको कलशको जलले अभिषेक गरी पढ्नु पर्ने वैदिक मन्त्र-

ॐ श्रीर्वर्चस्वमायुष्मारोग्यमा भिधात्पवमानं महियते ।
धनं धान्यं पशुं बहुपुत्र लाभं सतम् संवत्सरं दीर्घमायुः ।।
ॐ मन्त्रार्थाः सफला सन्तु पूर्णा सन्तु मनोरथाः ।
शत्रुणां बुद्धि नाशोऽस्तु मित्राणामुदयस्तव ।।
अव्याधिना शरीरेण मनासाच निराधिना ।
पूरयन्नर्थिनामाशस्त्वं जीव शरदां शतम् ।।

मान्यजनले टीका लगाई दिँदा पढ्नुपर्ने मन्त्र

आयुर्दरोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
सौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्ती सुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसिदतु ।
तुष्यन्तु मां सदा देवाः संपद सन्तु सुस्थिराः।।

***

यस अघि पोस्ट गरिएको दशैंका मन्त्र र शुभकामनाहरु (SMS)

Incoming search terms:

  • दशैकाे मन्त्र