नजित्ने भएपछि एमाओवादीले मतगणना बहिष्कार

नजित्ने भएपछि माओवादीले मतगणना बहिष्कार गर्न थालेका छन् । प्रचण्डले चुनाब लडेको काठमाण्डौंको क्षेत्र नम्बर १०, कीर्तिपुर क्षेत्रमा पनि  काँग्रेसका उमेदवारले उनलाई ४००० जति मतले उछिनेपछि रातको दुई बजे एमाओवादी प्रतिनिधि पञ्चलाल महर्जनले बहिष्कार गरेर हिडेका छन् ।

MAOIST

तेस्तै क्षेत्र नम्बर ३ का उम्मेदवार र क्षेत्र नं ६ की प्रतिनिधिले पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको गाड्ना स्थल बाट बाहिर निस्केका छन् ।

क्षेत्र नं  ४ को मतपेटिकामा टाँसेको सिल गोलमाल भएको आरोप माओवादीले लगाए पछि सो क्षेत्रको गाड्नामा यस अघि नै रोक लगाइएको छ।

काठमाडौंमा मात्र नभएर देशभरि नै षडयन्त्र भएको भन्दै प्रचण्ड पुत्रले फेसबुकमा लेखेका छन् (बिहान २:४५मा):

अग्रगमन, परिवर्तन, वृहद् शान्ति सम्झौता बिर्रुद्ध व्यापक चहलखेल भएको कारण यो मतगणना स्थगित गर्न मांग गर्दै हामी देशभरिका मतगणना स्थलबाट बाहिर ।

त्यस्तै वाइसिएल उपत्यका प्रमुख दीपशिखाको फेसबुकस्ट्याटस यस प्रकार छ : "काठमाडौ‌ उपत्यकाका १५ वटै क्षेत्रमा एमाओवादीद्वारा गणना वहिष्कार।"

यस अघि:
निर्वाचन सम्पन्न भएपछि एक सन्देश विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन सम्पन्न गर्न निर्वाचनमा सहभागी र सहयोग पु-याउने सबैलाई बधाई तथा धन्यवाद दिनुभएको हो । चुनौतीपूर्ण निर्वाचन सफल पार्न निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल एवम् सामाजिक संघ–संस्था सबैको भूमिका प्रशंसनीय र बधाइयोग्य रहेको भन्दै सबैलाई धन्यवाद दिनुभएको छ । अध्यक्ष प्रचण्डले सन्देश वक्तव्यमा संविधानसभाको निर्वाचन छिटपुट घटना बाहेक शान्तिपूर्ण र सफल भएको उल्लेख गर्नुभएको छ ।

PRAKASH DAHAL

election maoist press release

अहिलेको निर्णय प्रचण्डको यो अन्तरर्वार्ताको ठीक बिपरित छ:

बिहान एक पत्रकार सम्मेलन गरेर एक बिस्तृत बक्तब्य निकालियो (तल पत्रकार सम्मेलनको पूर्ण विवरण सहितको भिडियो पनि पोस्ट गरिएको छ)

cpn maoist press statement - detailed

2 thoughts on “नजित्ने भएपछि एमाओवादीले मतगणना बहिष्कार

Comments are closed.