रेखा थापाको राउटे भेट अनुभब, उनकै शब्दमा

नेपाली अभिनेत्री रेखा थापा अहिले सुर्खेतको राउटे बस्तीमा उनीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर भेटघाट र अध्ययन गर्दैछिन । रेखा थापा फाउन्डेसन नाम गरेको एक संस्था खडा गरेर सो मार्फत समाजसेवामा सक्रिय हुन लागेकी अभिनेत्रीको राउटे जाती संगको भेटघाट अनुभब उनकै शब्दमा तल प्रस्तुत छ:

जब म सुर्खेत को ५२ परिवार बसोवास गर्ने राऊटे जाती को आँगन मा पुगेँ, तब मेरो शरीरमा एक प्रकार को ऊत्साह पैदा भयो, रेखा थापा फ़ाउन्डेशन को सुरुवात अवस्थामा जुन मेरो सोचाई र बुझाई थियो राउटे बस्ती त्यो भन्दा फरक रहेछ । उनीहरुलाई जब मैले प्रतक्ष देखें र बुझें तब मैले सुनेको भन्दा घेरै फरक पाएँ । म २१ औ शताब्दी को एऊटा बिकशित मानव र २१ औ शताब्दीकै र सुर्खेत शहरको छेऊमै रहेर पनि अबिकशित मानव जाति वीच आकाश र धर्ती वीचको जस्तै फरक लाग्ने त्यो अतुलनिय भिन्नता देख्दा मेरो मन भित्री हृदय देखिनै रोयो ।

rekha thapa with raute commmunity

फ़ाऊण्डेशन को सुरूवाती अवस्थामा राऊटे जातीको उत्थानको लागी म केही योगदान गर्छु भन्ने मनमा चाहना मात्र थियो भने हिजोवाट यो मेरो सपना संकल्प मा परिणत भएको छ। यो मेरो भाग्य मान्नुपर्छ जुन दिन म राउटे जातीको वस्तीमा छिरेकी थिएँ सोही दिन संयोगले उहाहरूको कुलपूजा गरने दिन रहेछ । पहिला त मेरो फ़ाउन्डेशन को टीम मेम्वरलाई उक्त वस्तीमा प्रवेश गर्नवाट वन्चित गरिएछ र पनि म उक्त स्थानमा पुग्नासाथ म लगायतको टीमलाई दैवीक शक्ति ले वरदान दिए झैँ लाग्ने गरि उहाँहरु को बस्तिमा सम्मान सहित छिर्ने अवसर मिल्यो। उहाँहरूको पुजा हेर्नलाई सालदेखी प्रतिछ्यारत गाउलेलाई पनि प्रवेश नदिई मलाई त्यो अबसर दिएको मा स्थानीयहरु पनि चकित भएको कुरा थाहा पाउदा म पनि छक्क परें। यो पल मेरो जीवनकै उपलब्धि भएको कुरा मैले महसुश गरेकी छु ।अझ सुखद कुरा त के भने, हरेक वर्ष मनाईने ऊहा़ंहरु को कुलपुजा भएकै दिन मेरो foundation ले प्रवेश पाउनु राम्रो हुने सुरुवातको संकेत हो भन्ने मैले ठानेकी छु ।

राउटे समूह को दयनिय अवस्थाको समाधान के होला भनेर बुझ्ने क्रममा अनायासै ममा के भाबना उत्पन्न भएर आयो र मैले मेरो नजिक उभिरहनु भएका राउटे दाइलाइ उहा को गालामा माया र सम्मान को किस गरें ।

rekha thapa kissing a raute

त्यो किन गरें, म त्यो शब्द मा लेख्न सक्दिन, जो मानिससंग त्यो भाबना बुझन सक्ने मन छ, उसलाई मैले बुझाई रहनु पर्छ जस्तो मलाई लाग्दैन । अझै, मलाई उहाहरुले राउटे समूह को छोरी र सदस्य बनाएर जुन माया र सम्मान दिएकोमा म आफुलाई धेरैनै भाग्यवानी मानिस रहेछु भन्ने महसुश भएको छ । हिजो को दिन बाट मैले सुदुरपश्चिममा मेरो नयाँ परिबार पाएको छु, मेरो बा, आमा, दाजु, भाइ, दिदी, बहिनीहरु र त्यो मेरो परिवारलाई अब कसरी राम्रो गर्ने भन्ने मेरो जीबन को अति नै महत्वपूर्ण जिम्बेबारी हो र त्यो म पूर्ण रुपमा अन्तरात्माबाट पूरा गर्ने छु ।

rekha thapa with raute women

अन्तमा रोचक कुरा त के भने, एउटा राउटे दाइले त मलाई चिन्नुहुने  रहेछ भन्या !  उहा ले मेरो फिल्म सुर्खेतमा गएर हेर्नु भएको थियो रे, तर फिल्म को नाम चाही भुल्नु भएछ र पनि म त्यो पल धरै नै खुशी भएँ । म आँफु कलाकार भएको मा धेरै गर्व महसुश पनि भएर आयो किनकी मेरा लाखौ सुभचिन्तकहरु मध्ये त्यो राउटेदाई आज मेरो लागी करोडौ सुभचिन्तकहरु बराबर थिए । अन्तमा "झिम झिम सानु नझिमकाउ परेली भुतुकइ हुन्छु म" बॊल को गीत उहाहरु ले गाउनु भयो र हामी सबै परिवार संगै नाचेर फेरि चाडै भेट्ने र बाचा का साथ् आएको छु । यो यात्रा लाइ अझैँ सुमधुर बनाउन र नया राउटे समूह हरु संग को भेटघाट को लागि आज म महेन्द्रनगरमा छु ।

रेखा थापा फ़ाऊण्डेशन सदैब यहाँहरु को सुझाब र सल्लाह प्रति सदैब आभारी रहने छ !

rekha thapa handing over rice to raute

7 thoughts on “रेखा थापाको राउटे भेट अनुभब, उनकै शब्दमा

  1. गूद जोब रेखा जी तपाइको कार्य सफलता को कामना गर्दक्षौ …कामरेड रेखा तपाइको सवा गर्ने हातहरु मा …मा पनि हात milauxu

  2. रेखा जी यो त सुरुवात मात्र हो. राउटे हरु को लागि गर्न सकिने र गर्नु पर्ने काम हरु अझ धेरै नै छन्…तर काम गर्दा उनि हरु को रिति रिवाज र चाल चलन लाई भुल्न पनि हुदैन जसरि तपाई ले किस गर्दा राउटे हरु रिसाए तर जे होस् एउटा राम्रो काम को सुरुवात भएको छ. सफलता को शुभकामना…चाहिने सहयोग को लागि हामी पनि तयार छौँ.

  3. i’m so glade about to your social work. it’s very defficult for lots of peoples to spend whole their time with the unrichest person. but now you have prooved them & innagurated a foundation for the poor & the weakest people.in my openion you r like a god

  4. Rakha ji tapai ko pahal ramero lego .mero jogbudha ka rawate ka 6ora 6ori ko bhabisa ramero hos ra tapai li bhadai 6a.

  5. बधाई छ रेखा जी हजुर ले एकदम राम्रो काम गर्नु भयेछ हजुर को चाहना भगवान ले पुरा गरोस

  6. Rekha thapa ji hamro arghakhanchi siddhara ma pani durgam chhetra ho yaha pani kunai sanstha kholdinu vanna chahnxu

Comments are closed.