खैनी, बिडी, चुरोट, लाइटर, मोबाइल लान नपाइने जेलमा बन्दुक चै लान पाइने रैछ

युनिस अन्सारीको भाग्य त बलियै रहेछ | खैनी, बिडी, चुरोट, लाइटर, मोबाइल आदि केहि लान नपाइने नेपालको सबै भन्दा सुरक्षित सेन्ट्रल जेलमा अहमद खान भन्ने एक भारतीय नागरिकले गोली हान्दा पनि हातमाबायाँ हातमा गोली लागेर घाइते मात्र भएका छन् |

एक वर्षअघि उनलाई मार्न आएकाहरुले उनलाई पुलिसले समातेको कारण हत्या गर्न नसके पछि जमिम शाहको हत्या गरेको प्रहरीको प्रतिवेदनमा लेखिएको छ | सोहि प्रतिबेदन अनुसार नक्कली भारतिय रुपैयाको कारोबारमा संलग्न भएको आरोपमा उनी पक्राउ परेपछि सिंहदरबार प्रभाग हिरासतमा एक पटक र काठमाडौं जिल्ला अदालत लैजाने क्रममा चारपटक हत्याको प्रयास भै सकेको छ।

नेशनल टेलिभिजनका संचालक अन्सारीको सम्बन्ध अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग भएको बताईए पनि सो को पुष्टि हुन भने सकेको छैन |

yusufansari-1

फोटो – अन्सारी दुई जना पाकिस्तानी नागरिक का साथ २०१० जनबरीमा | ती मध्य एउटा पाकिस्तानी नागरिक २५ लाख भन्दा बढी बराबरको नक्कली भारु र ३.७ केजी हेरोइन का साथ समातिएको थियो (फोटो – नभेश चित्रकार)

2 thoughts on “खैनी, बिडी, चुरोट, लाइटर, मोबाइल लान नपाइने जेलमा बन्दुक चै लान पाइने रैछ

Leave a Reply

Your email address will not be published.