महजोडीको महजात्रा २०७१को प्रार्थना गीत

राजनीतिक/सामाजिक कुराहरूलाई व्यंग्य गर्न माहिर चर्चित हाँस्यव्यंग्य कलाकार महजोडी अर्थात, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको महजात्रा २०७१ अहिले काठमाण्डौंमा चलिरहेको छ । करीब सात वर्षको अन्तराल पछि मन्चमा फर्किएका यि हास्य कलाकारहरु यही शुक्रबारबाट प्रज्ञा भवनमा हास्य कार्यक्रम प्रस्तुत गरिरहेका छन ।

maha jatra 2071

महजात्रा २०७१को शुरुमा प्रस्तुत गरिने प्रार्थना गीत यहाँ साभार गरिएको छ :

इश्वर तिमीले जगत बनायौ
चन्द्र बनायौ सूर्य बनायौ
यति सुन्दर पृथ्वी बनायौ
पृथ्वीमै सुन्दर नेपाल बनायौ
यही नेपालमा हिमाल खन्यायौ
पहाड खन्यायौ तराई खन्यायौ
एउटा राम्रो नेता दिनलाई किन तिमीले टाउको कन्यायौ
एउटा राम्रो नेता द्या भए
नेपाल राम्रो हुन्थ्यो
नेपाल धनी भएको भए हाम्रो
नाकै कत्रो हुन्थ्यो
लौका जत्रो हुन्थ्यो
नेपालमै काम पाए
अरब को पो जान्थ्यो…………… .

आमा बाउको काखमै बसी
हाँसी हाँसी खान्थ्यो
एउटा राम्रो नेता द्या भए
तिम्रो के पो जान्थ्यो
उसिनेर खान आलु बनायौ
भुटेर खान भटमास बनायौ
नेपाल हाँक्ने डाइभरहरुलाई किन तिमीले बदमास बनायौ …………..

ईश्वर तिमीले रुख बनायौ
पात बनायौ डाँठ बनायौ
नेपालका टाउकेहरुलाई
किन तिमीले स्वाँठ बनायौ ……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *