तेरिया मगरलाई भोट कसरी गर्ने ? (अन्तरबार्ता)

भारतको टेलिभिजन कार्यक्रम डान्स इण्डिया डान्स लिट मास्टर च्याम्पियनमा टप फाइभमा पुग्न सफल रुपन्देही रुद्रपुरकी तेरिया मगर तीनदिन घर बसेर फेरि भारत फर्केकी छिन् (आएको दिन लेखिएको समाचार, अंग्रेजीमा)। उनी बिहीबार रुपन्देही पुग्दा भैरहवा र बुटवलमा भव्य स्वागत भयो । फाइनल प्रतियोगिताको लागि भोट माग्न जिटिभीका कर्मचारीसहित नेपाल आएकी उनी शनिबार फेरि भारत फर्केकी छिन् ।

भिडियो: तेरियाले बिभीन्न समयमा भनेका कुराहरु:

अन्तरबार्ता

एयरपोर्टमा विमान चढ्नै लाग्दा मिलन तिमिल्सिनाले टेरियासँग गरेको कुराकानी ।

भारतमा पुगेर धूम मच्चाउन पाउँदा कस्तो लागिरहेको छ ?

धेरै रमाइलो लागिरहेको छ । निकै खुशी छु । मलाई सबैले माया गर्नुभएको छ । यसपाली घर आउँदा झन धेरै माया पाएँ । खुशी लागेको छ । आफ्नो फेमेलीलाई भेट्न पाएँ । सबैबाट सम्मान पाएँ । म बुटवल आएको थाहा पाएर धेरैजना आउनुभएको थियो भेट्नलाई ।

कार्यक्रम प्रस्तुत गर्ने ठाउँसम्म कसरी पुग्न सफल भइयो ?

पहिले इन्डियाका मान्छेहरुले डान्सको भिडियो मागे । मैले आफ्नो डान्सको भिडियो पठाएँ । उनीहरुलाई डान्स मन परेछ । अनि मलाई अडिसनमा बोलाए । म अडिसनमा गएँ । अडिसनमा सेलेक्ट भएँ । फेरि मेघा अडिसनमा गएँ । त्यहाँ पनि सेलेक्ट भएँ । त्यहाँबाट टप सिक्स्टिनमा पुगेपछि धेरै खुशी भएँ । त्यसपछि फेरि टप टेनमा परें । टप फाइभमा पर्छु या पर्दिन भन्ने खुल्दुली थियो । त्यहाँ पनि परें । मलाई एकदमै खुशी लागिरहेको छ अहिले ।

भारतका कलाकार र निर्णायकहरुले तिम्रो प्रस्तुति देख्दा के भने ?

मलाई धेरै माया गरे । मेरो प्रस्तुति मन पराए । उनीहरुलाई नेपाल र नेपाली धेरै मन पर्छ रे । नेपाल सुन्दर जग्गा हो भनेर भन्छन् । अनि नेपालमा हिमाल, पहाड, जंगल, नदी, झरना सबै कुराहरु छन् भनेर प्रशंसा गर्छन् । उनीहरुले मेरो देशको बारेमा यसरी प्रशंसा गर्दा मलाई पनि गर्व लाग्छ ।

टप फाइभसम्म पुगिसकेकी छौ । अब पहिलो हुने सम्भावना कस्तो छ ?

सम्भावना देखेको छु । सोचेको छु फस्ट हुन्छु । जनताले अहिलेजस्तै सपोर्ट गर्नुभयो भने, भोट गर्नुभयो भने म पक्कै फस्ट हुनेछु ।

तिमीलाई फस्ट बनाउन नेपालीहरुले के गर्नुपर्छ ?

मलाई माया गर्नुपर्छ । भोट गर्नुपर्छ । नेपालीहरु जहाँ हुनुहुन्छ, म सबैलाई आग्रह गर्छु कि मलाई धेरैधेरै भोट गर्नुहोला । मलाई डिआईडी लिटिल मास्टरको विनर बनाउनुहोला ।

कसरी गर्नुपर्छ भोट ?

यहाँ क्लिक गर्नुहोस । मेरो नाम आउँछ, फोटो आउँछ । त्यहाँ भोट नाउ लेखिएको ठाउँमा क्लिक गरेर तपाई‌ले आफ्नो नाम, इमेल, फोन नम्बर राखेर सवमिट गर्नुभयो भने भोट जान्छ । अनि कोही नेपाली भारतमा हुनुहुन्छ भने उहाँहरुले फोनमा मिस कल गरेर पनि भोट गर्न सक्नुहुन्छ १८००८६६६००७ मा । ०७ चाहिँ मेरो कोड नम्वर हो । (भारतीय नम्बरबाट मात्र मिस कल गर्न सकिन्छ ।)

उपाधि जितेपछि के गर्ने योजना छ ?

म फस्ट भएपछि के गर्छु…..खै अहिले त थाहै छैन । तर म फस्ट भएँ भने मेरो नेपालको नाम रोशन गर्न सक्छु । अनि विश्वमा आफ्नो फेमेली र आफ्नो देश चिनाउन सक्छु ।

********

रुपन्देहीमा :

काठमान्डूमा

फोटाहरु

teriya ko sammaan

फोटो – तेरियाको सम्मानमा उर्लेको जनसागर

teriya magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *